विद्युतीय भुक्तानीले देखाएको बाटो

स्मार्टफोन तथा इन्टरनेटको बढ्दो पहुँच, बैंक वित्तीय संस्था र विभिन्न वालेट कम्पनीको सेवा विस्तार तथा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने सरकारी नीतिका कारण मोबाइलबाट भुक्तानी गर्ने प्रवृत्ति निकै बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को तथ्यांकले मोबाइल बंैकिङ कारोबार ४२ प्रतिशत तथा क्यूआर कोडमार्फत भुक्तानी १०७ प्रतिशत र मोबाइल वालेटको प्रयोग १४ प्रतिशतले बढेको छ । यसले बिस्तारै नगदरहित कारोबारलाई सम्भव बनाउँदै लगेको देखिन्छ भने भोलिका दिनमा डिजिटल इकोनोमीको बाटो खुल्नेसमेत देखिन्छ ।  विद्युतीय भुक्तानीमा युवा वर्गको आकर्षण देखिएको छ भने पुरानो पुस्ता यसको प्रयोगमा हिचकिचाइरहेको अवस्था पनि छ । यसबाट हुने कारोबार शतप्रतिशत सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने हो भने पुरानो पुस्ता पनि यसमा अभ्यस्त हुने देखिन्छ । २०८० असारमा मोबाइल बैंकिङमार्फत २ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ, क्यूआरमार्फत ३० अर्ब १४ करोड रुपैयाँ तथा वालेटमार्फत २० अर्ब ३२ करोड रुपैयाँ कारोबार भएको छ । एक वर्षको अवधिमा मोबाइल बैंकिङका प्रयोगकर्ता ३० लाख थपिएका छन् । २०७९ असारमा १ करोड ८३ लाख जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८० असारमा २ करोड १३ लाख पुगेका छन् । यस्तै वालेटका प्रयोगकर्ता १ करोड ३६ लाखबाट १ करोड ८९ लाख पुगेका छन् । यसरी तथ्यांक बढ्दै जानुको कारण प्रविधिको प्रयोगले सहजता भइरहेको छ भनेरै हो ।  अहिले नेपालमा जसरी बैंक तथा वित्तीय संस्थाले प्रविधिको प्रयोगलाई जोड दिएका छन्, त्यसैगरी सबै सेवाप्रदायक कार्यालयले पनि त्यसलाई अँगाल्न सक्नुपर्छ । अनि मात्र देशमा एउटै खाले संयन्त्रको विकास हुन्छ । यतिमात्र होइन, कनेक्ट आईपीएस, आरटीजीएस, पोस, र ईकमर्सको प्रयोग पनि बढ्दो छ । यी सबै विद्युतीय भुक्तानीकै माध्यम हुन् । एटीएम मेशिनबाट पैसा निकाल्नेको संख्या पनि बढ्दो छ । यद्यपि यो विद्युतीय भुक्तानीको माध्यम भने मानिन्न किनकि यसबाट नगद निकालेर कारोबार गरिन्छ । विद्युतीय कारोबारले समयको बचत हुन्छ र लागत पनि कम गर्छ । तर, नेपालको आफ्नै पेमेन्ट गेटवे नहुँदा अन्तरबैंक कारोबारका लागि विदेशी गेटवे प्रयोग गर्नुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकले आफ्नै गेटवे बनाउने भनी तयारी थालेको पनि वर्षौं बितिसक्यो । यसमा विलम्ब हुँदा अन्तरबैंक कारोबारका लागि पैसा विदेशिइरहेको छ ।  अर्को, आफ्नै गेटवे हुँदा विद्युतीय भुक्तानी केही सस्तो बनाउन सकिन्छ । यसो भयो भने नगद कारोबार बिस्तारै हट्दै जानेछ । नोट छपाइका लागि लाग्ने खर्चसमेत यसले जोगाउनेछ । पारदर्शिताका लागि विद्युतीय कारोबार महत्त्वपूर्ण हुन्छ । मोबाइल बैंकिङलाई प्रभावकारी बनाउन सक्ने हो भने गरीबी निवारणमा समेत योगदान पुग्ने तथ्य केही अफ्रिकी देशले प्रमाणित गरिसकेका छन् ।  अहिले विद्युतीय भुक्तानी गर्दा असफल हुने, इन्टरनेटको शुल्क महँगो, तथा प्रविधिको प्रयोगको अज्ञानता आदि कारणले स्मार्टफोनको व्यापकताको दाँजोमा विद्युतीय भुक्तानी बढ्न सकेको छैन । त्यसैले आफ्नै गेटवे बनाउनेदेखि कारोबार शुल्क घटाउनेसम्मका काम गरेर विद्युतीय भुक्तानी बढाउन सकिन्छ ।  नेपालमा जसरी बैंक तथा वित्तीय संस्थामा नयाँ प्रविधिको प्रयोग बढ्दो छ, त्यसैगरी सरकारी निकायले भने नयाँ प्रविधिमा सक्रियता देखाएको पाइँदैन । अझै पनि कैयन् सरकारी कार्यालयमा कर्मचारीले रजिस्टरमा हाजिरी गर्ने प्रचलन छ । पक्कै पनि प्रविधिको प्रयोगमा एकैखालै प्रणालीको आवश्यकता पर्छ । यस्तो प्रणाली सबैका लागि एउटै हुन्छ । कागजमा जस्तो यसमा व्यक्तिले आफूले चाहेजस्तो मिलाउन सक्ने सम्भावना अलि कम हुन्छ । व्यक्तिको साटो प्रणाली हावी हुने हुँदा अनुशासनको विकास भई लक्ष्य प्राप्तिमा मद्दत पुग्छ । अहिले नेपालमा जसरी बैंक तथा वित्तीय संस्थाले प्रविधिको प्रयोगलाई जोड दिएका छन्, त्यसैगरी सबै सेवाप्रदायक कार्यालयले पनि त्यसलाई अँगाल्न सक्नुपर्छ । अनि मात्र देशमा एउटै खाले संयन्त्रको विकास हुन्छ, गफ होइन काम गरेको देखिन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले गरिरहेको प्रविधिको प्रयोग सबैका लागि उदाहरणीय बन्नुपर्छ । 

सम्बन्धित सामग्री

बैतडीका तीन पालिकामा विद्युतीय भुक्तानी सेवा सुरु

काठमाडौँ,२१ असार । बैतडीका तीन स्थानीय तहले विद्युतीय भुक्तानी सुरु गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेका हुन् । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्न सुरु गरिएको दोगडाकेदार गाउँपालिकाका लेखा अधिकृत पदम कार्कीले जानकारी दिए । चेकमार्फत कारोबार झन्झटिलो हुँदै […]

बैतडीका तीन पालिकामा विद्युतीय भुक्तानी सेवा सुरु

बैतडीका तीन स्थानीय तहले विद्युतीय भुक्तानी सुरु गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेका हुन् ।  स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्न सुरु गरिएको दोगडाकेदार गाउँपालिकाका लेखा अधिकृत पदम कार्कीले जानकारी दिए।  चेकमार्फत कारोबार झन्झटिलो हुँदै आएकामा अब भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिनेको खातामा जम्मा हुनेछ ।  महालेखा नियन्त्रक कार्यालयले आगा

बैतडीका तीन पालिकामा विद्युतीय भुक्तानी सेवा सुरु

काठमाडाैँ- बैतडीका तीन स्थानीय तहले विद्युतीय भुक्तानी सुरु गरेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेका हुन्। स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुवात तथा विद्युतीय भुक्तानी गर्न सुरु गरिएको दोगडाकेदार गाउँपालिकाका लेखा अधिकृत पदम कार्कीले जानकारी दिए। चेकमार्फत कारोबार झन्झटिलो हुँदै आएकामा अब भुक्तानी गर्नुपर्ने रकम […]

बैतडीका तीन पालिकामा विद्युतीय भुक्तानी सेवा सुरु

बैतडी– बैतडीका तीन स्थानीय तहले विद्युतीय भुक्तानी सुरु गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेका हुन् । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्न सुरु गरिएको दोगडाकेदार गाउँपालिकाका लेखा अधिकृत पदम कार्कीले जानकारी दिए ।  चेकमार्फत कारोबार झन्झटिलो हुँदै आएकामा अब […]

बैतडीका तीन स्थानीय तहमा विद्युतीय भुक्तानी सेवा सुरु

बैतडी । बैतडीका तीन स्थानीय तहले विद्युतीय भुक्तानी सुरु गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेका हुन् । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्न सुरु गरिएको दोगडाकेदार गाउँपालिकाका लेखा अधिकृत पदम कार्कीले जानकारी दिए । चेकमार्फत कारोबार झन्झटिलो हुँदै आएकामा […]

बैतडीको दशरथचन्द नगरपालिकमा विद्युतीय भुक्तानी सेवा सुरु

बैतडी– बैतडीमा पहिलो पटक विद्युतीय भुक्तानी ‘क्यास लेस’ सेवा  सुरु भएको छ । ‘क्यास लेस’ को अवधारणा अन्तर्गत दशरथचन्द नगरपालिकाले विद्युतीय भुक्तानी सुरु भएको हो । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ९सुत्र० मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्ने बैतडीको पहिलो पालिका बनेको नगरपालिकाका लेखापाल रामबहादुर चन्दले जानकारी दिए ।  यस्तै विद्युतीय भुक्तानी गर्ने […]

बैतडीमा विद्युतीय भुक्तानी सेवा सुरु

काठमाडौँ,८ असार । बैतडीमा पहिलो पटक विद्युतीय भुक्तानी ‘क्यास लेस’सेवा सुरु भएको छ । ‘क्यास लेस’को अवधारणा अन्तर्गत दशरथचन्द नगरपालिकाले विद्युतीय भुक्तानी सुरु भएको हो । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्ने बैतडीको पहिलो पालिका बनेको नगरपालिकाका लेखापाल रामबहादुर चन्दले जानकारी दिए । यस्तै विद्युतीय भुक्तानी गर्ने […]

बैतडीमा पहिलो विद्युतीय भुक्तानी सेवा सुरु

बैतडी : बैतडीमा पहिलोपटक विद्युतीय भुक्तानी ‘क्यास लेस’ सेवा सुरु भएको छ। ‘क्यास लेस’को अवधारणा अन्तर्गत दशरथचन्द नगरपालिकाले विद्युतीय भुक्तानी सुरु गरेकाे हो।स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुवात तथा विद्युतीय भुक्तानी गर्ने बैतडीको पहिलो पालिका बनेको नगरपालिकाका लेखापाल रामबहादुर चन्दले बताए। यस्तै विद्युतीय भुक्तानी गर्ने सुदूरपश्चिमको सातौँ स्थानीय तह समेत दशरथचन्द नगरपालिका बनेको छ।उनले भने, 'विद्युतीय भुक्तानी प्रण

विद्युतीय भुक्तानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि

काठमाडौँ । इन्टरनेटको सहज पहुँच तथा नगद बोकेर हिँड्नुपर्ने झन्झट नभएका कारण विद्युतीय भुक्तानी गर्नेको सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको छ । दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरुपमा विद्युतीय भुक्तानी गर्न सकिने भएपछि कारोबारको मात्रामा वृद्धि भएको हो । सर्वसुलभरुपमा उपलब्ध भएको क्युआर कोड भुक्तानीका कारण नागरिकको जीवनसमेत सहज भएको छ । नगद नै नभए पनि […]

विद्युतीय भुक्तानी भनेको के हो ? यस्तो छ विद्युतीय भुक्तानी सम्बन्धी व्यवस्था

कम्प्युटर, मोबाइल, कार्ड जस्ता उपकरणहरूको प्रयोग गरी इन्टरनेटका माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन्छ । विद्युतीय भुक्तानीमा नगद, चेक आदिको प्रयोग गरिन्न । नेपालमा इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, कार्ड, क्यूआर पेमेन्ट लगायतका माध्यमबाट विद्युतीय भुक्तानीहरु हुने गरेका छन् । नेपालमा विद्युतीय भुक्तानी सम्बन्धी काम गर्ने संस्थाहरू भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा […]