विराटनगरमा ल्यान्ड हुन नसकेको जहाज काठमाडौंमा १० फन्का मारेपछि सकुशल अवतरण

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ । फर्किएको जहाजले काठमाडौंमा १० फन्का मारेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सकुशल अवतरण गरेको हो । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो । ल्यान्डिङ गियरमा समस्या भएपछि […]

सम्बन्धित सामग्री

काठमाडौं अवतरण गर्न नसकेको नेपाल एयरलाइन्सको विमान भैरहवा वा पोखरा किन गएन ?

६ माघ, काठमाडौं । शुक्रबार त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम भएसँगै उडान/अवतरण प्रभावित भयो । सोही क्रममा नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४१६ को ए३२० न्यारोबडी जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्दा भारतको कोलकता डाइभर्ट भयो । यो खबर अनलाइनखबरमा प्रकाशित भएसँगै सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट एउटै प्रश्न र जिज्ञासा ओइरियो, ‘जहाज किन भैरहवा वा […]

बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलमा उडान अवतरण ठप्प

काठमाण्डाै - बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान ठप्प भएको छ । बिहानैदेखि हुस्सु लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । अवतरण हुन नसकेपछि दिल्लीबाट आएका दुई वटा तथा क्वालालाम्पुर र सारजाहबाट आएका एक, एकवटा जहाज अहिले आकाशमा घुमिरहेका छन्  । आन्तरिकतर्फको उडान पनि ठप्प छ । मौसम खुलेपछि मात्रै उडान र अवतरण सुरु हुने विमानस्थलले जनाएको छ । जहाजहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ ...

बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण ठप्प

काठमाण्डाै - बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर हुस्सुका कारण यति भिजिबिलिटी नभएको विमानस्थलले जनाएको छ । भिजिबिलिटी नहुँदा कुवेतबाट काठमाण्डाै आएको जजिरा एयरलाइन्सका दुईवटा जहाज सिमरामाथिको आकाशमा घुमिरहेका छन् । हुस्सु हटेलगत्तै विमानस्थलबाट उडान र अवतरण नियमित हुने विमानस्थलले ज...

बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण नेपालगञ्ज डाइभर्ट

रुपन्देही । बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ । काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको जहाज सुर्खेतको भेरी आसपासमा लागेको कुहिरोका कारणले विमानस्थलमा अवतरण हुन नसकेको हो । सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयर सुर्खेतका प्रमुख अनिल पन्तले बताए । ‘भेरी नदीको आसपासमा […]

बुद्ध एयरको जहाज काठमाडौमा आपतकालिन अवतरण गर्यो

काठमाडौँ । ७७ जना यात्रु बोकेर विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियरमा समस्या आएपछि अवतरण नगरी काठमाडौँमा अवतरण गरेको छ । उक्त विमान केही बेरअघि मात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । नागरिक उड्डयन प्राधिकरणका निमित्त प्रमुख राजकुमार क्षेत्रीले ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगरमा अवतरण हुन नसकेको र समस्या भएको अवस्थामा उपलब्ध […]

विराटनगरमा अवतरण हुन नसकेको बुद्ध एयरको जहाज काठमाडौंमा अवतरण

काठमाडौं । विराटनगरमा अवतरण हुन नसकेको बुद्ध एयरको जहाज काठमाडौंमा अवतरण भएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेको जहाज काठमाडौं फर्किएको हो ।  जहाज केही समय काठमाडौंकै आकाशमा होल्ड भएको थियो ।  “भर्खर जहाज सुरक्षित ल्यान्ड भएको छ । के भएको हो हामी बुझ्ने प्रयास गरिरहेका छौं,” बुद्ध...

विराटनगरमा बस्न नसकेको बुद्ध एयरकाे जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण

विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण भएको छ ।

विराटनगरमा अवतरण गर्न नसकेको बुद्ध एयरको विमान काठमाडौंको आकाशमा घुमेको घुम्यै

काठमाडौं : बुद्ध एयरको विमानमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ।ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। जहाज काठमाडौंको आकाशमै होल्ड भएको छ।काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो।

भारी वर्षाले जहाज अवतरण प्रभावित

सोमबारदेखिको भारी वर्षाका कारण मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणप्रभावित भएको छ । भिजिबिलिटी कम हँुदा काठमाडौंमा अवतरण गर्नुपर्ने विमानहरू प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विहान साढे ६ बजे मौसम सफा भए पनि ८ बजेबाट भिजिबिलिटी कम भएसँगै जहाज अवतरणहरू प्रभावित भएको हो । मंगलबार २५ सय मिटरसम्म भिजिबिलिटी झरेको थियो । बाक्लो बादल र वर्षाका कारण काठमाडौंमा विमान अवतरण गर्न नसकेको हो ।