बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण ठप्प

काठमाण्डाै - बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर हुस्सुका कारण यति भिजिबिलिटी नभएको विमानस्थलले जनाएको छ । भिजिबिलिटी नहुँदा कुवेतबाट काठमाण्डाै आएको जजिरा एयरलाइन्सका दुईवटा जहाज सिमरामाथिको आकाशमा घुमिरहेका छन् । हुस्सु हटेलगत्तै विमानस्थलबाट उडान र अवतरण नियमित हुने विमानस्थलले ज...

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो एयरक्राफ्ट हिमालय एअरलाइन्स्

एयरलाइन्सले बिहान १३ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) काठमाडौंबाट उडान भरेर १३ः४४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा अवतरण गरेको थियो।...

हिमालय एअरलाइन्सको एअरबस पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

हिमालय एअरलाइन्सको एयरबस ए३२० ९एन–एएलभी आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा सफलतापूर्वक अवतरण गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हिमालयन एअरलाइन्सको एअरबसले प्रदर्शनी उडान गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सले आज दिउँसो १ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) काठमाडौँबाट उडान भरेर १ बजेर ४४ मिनेट हुँदा […]

त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, उडान प्रभावित हुने

१५ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखिएको लोकलाइजर परीक्षणका लागि बिहीबार क्यालिब्रेसन उडान हुँदैछ । विमानस्थलका अनुसार रन–वेको अन्तिम भागतर्फ हालसालै लोकलाइजर (आईएलएसको एक पक्ष) जोडिएको छ । सोही उपकरणको परीक्षणका लागि एरो थाइले क्यालिब्रेसन उडान गर्न लागेको हो । विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार लोकलाइजर जडानपछि विमानस्थलमा अवतरण सहज हुनेछ । क्यालिब्रेसनका कारण […]

थाइल्यान्डको थाई स्माइल एअरवेजद्वारा बैङ्कक–काठमाण्डौ सिधा उडान सुरु

काठमाण्डाै - थाइल्यान्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एअरवेजले बैङ्कक–काठमाण्डौ–बैङ्कक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो । बैङ्ककबाट हिजो त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमान यात्रु लिएर बैङ्कक फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कम्पनीले दुईतर्फी दैनिक एक उडान भर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई स्माइलले आवश्यक सबै प्रक्रिया पुर्याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको छ । नेपालका लागि था...

थाई स्माइल एयरवेजले सुरु गर्यो बैंकक–काठमाडौं सिधा उडान

थाइल्याण्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले आजदेखि बैंकक–काठमाडौं–बैंकक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टिआइए० भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो ।बैंककबाट दिउँसो काठमाडौं विमानस्थल अवतरण गरेको विमान यात्रु लिएर गन्तव्यतिर फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कम्पनीले दुईतर्फी दैनिक एक उडान भर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई स्माइलले आवश्यक सबै प्रक्रिया पु¥याएर हप्ताको सातै दिन उडान भर्ने अनुम

धनगढी उडेको विमान २० मिनेटमै आकस्मिक अवतरण

श्री एयरलाइन्सको विमान बुधबार त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । काठमाडौंबाट धनगढीका लागि उडान भरेको विमानको बायाँ इन्जिनमा समस्या आएपछि डाइभर्ट गरेर सुरक्षित अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले बताए ।विमानमा ८७ जना यात्रु सवार थिए जसमा ७७ वयष्क, ३ बालबालिका, ३ अशक्त र ४ जना चालक दलका सदस्य रहेका थिए […]

भिजिबिलिटी कम भएर रोकिएका सबै उडान र अवतरण सुचारु

काठमाडौं : बाक्लो हुस्सु र कुहिरोका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा बाह्य उडान सुचारु भएको छ। मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भिजिबिलिटी बढेसँगै खुलेको हो।विमानस्थल खुलेसँगै काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमान अवतरण भएका छन्। विभिन्न देशबाट आएका विमानहरू अवतरण हुन नसकी आकाशमै होल्डमा थिए।त्रिभुवन विमानस्थल स्रोतका अनुसार अहिले आन्तरिक उडान तथा अवतरण पनि सुरु भइसकेको छ।अन्तर्राष्ट्रियतर्फ कतारको दोहा र दुबईबाट आएका

बिहानैदेखि बन्द विमानस्थल खुल्यो, सुरु भयो उडान र अवतरण

खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । दोहा र दुवईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान सुरु भएको छ ।   आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द रहेको थियो । विमानस्थल बन्द ह

मौसमका कारण उडान प्रभावित

शनिबार बिहान काठमाडौंको भिजिविलिटी कम हुँदा हवाई उडान तथा अवतरण प्रभावित भएको छ । मौसममा आएको परिवर्तनका कारण शनिबार अन्तर्राष्ट्रिय उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।कम भिजिविलिटीका कारण ६ वटा विमान उपत्यकाको आकाशमा होल्डमा परेको र एउटालाई डाइर्भट गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । दुबईबाट काठमाडौं अवतरणका लागि आएको फ्लाई […]