भारी वर्षाले जहाज अवतरण प्रभावित

सोमबारदेखिको भारी वर्षाका कारण मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणप्रभावित भएको छ । भिजिबिलिटी कम हँुदा काठमाडौंमा अवतरण गर्नुपर्ने विमानहरू प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विहान साढे ६ बजे मौसम सफा भए पनि ८ बजेबाट भिजिबिलिटी कम भएसँगै जहाज अवतरणहरू प्रभावित भएको हो । मंगलबार २५ सय मिटरसम्म भिजिबिलिटी झरेको थियो । बाक्लो बादल र वर्षाका कारण काठमाडौंमा विमान अवतरण गर्न नसकेको हो ।

सम्बन्धित सामग्री

भिजिब्लिटी कम हुँदा आन्तरिक उडान प्रभावित

काठमाडौं । आइतबारदेखिको भारी वर्षाले भिजिब्लिटी (दृश्यात्मकता) कम पछि काठमाडौं विमानस्थलबाट हुन आन्तरिक उडान प्रभावित बनेको छ । मौसम खराबीले उडान प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । जहाज अवतरण हुन पाँच किलोमिटर भिजिब्लिटी आवश्यक पर्ने भएपनि विहानदेखि तीन देखि चार किलोमिटर मात्र भिजिब्लिटी रहेको विमानस्थलका अधिकृत केशव भट्टराईले जानकारी दिए । सोमबार विमानस्थलले […]