७ वैशाख, पोखरा । पोखरा महानगर प्रमुख पद नेकपा एकीकृत समाजवादीले पाउने केन्द्रीय गठबन्धनले निर्णय गरेपछि पोखराका कांग्रेस कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएको छ । महानगरमा कांग्रेसले आफ्नो दाबी छोडेको छैन । पोखरा एकीकृत समाजवादीलाई दिने निर्णयको विरोधमा महानगर कमिटीले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी नै गरेको छ । जिल्ला नेतृत्वले मेयर, उपमेयर सिफारिस प्रक्रिया रोक्न निर्देशन […]