चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल आन्तरिक कर्जा चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ४.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा यस्तो कर्जा ८.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ६.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा यस्तो दाबी २१.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.७ प्रतिशतले बढेको छ ।