५.१ प्रतिशतले बढ्यो आन्तरिक कर्जा

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल आन्तरिक कर्जा ५.१ प्रतिशतले बढेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८ प्रतिशतले बढेको थियो ।  वार्षिक बिन्दुगत आधारमा २०७८ असोज मसान्तमा यस्तो कर्जा २९.७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ७.८ प्रतिशतले बढेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ४.२ प्रतिशतले बढेको थियो ।  वार्षिक बिन्दुगत आधारमा २०७८ असोज मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ३०.७ प्रतिशतले ...

सम्बन्धित सामग्री

बढ्यो आन्तरिक कर्जा

चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल आन्तरिक कर्जा चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ४.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा यस्तो कर्जा ८.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ६.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा यस्तो दाबी २१.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.७ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको सात महिनामा कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो दाबी २०.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जा र निक्षेप परिचालन बढ्यो

चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल आन्तरिक कर्जा २.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा यस्तो कर्जा ८.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा यस्तो दाबी ३१.० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ३.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी २.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.२ प्रतिशतले बढेको छ ।

बढ्यो आन्तरिक कर्जा

आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल आन्तरिक कर्जा १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा यस्तो कर्जा ८.९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा यस्तो दाबी २९.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.६ प्रतिशतले बढेको छ । २.८ प्रतिशतले बढ्यो निक्षेप परिचालन

नारायणी इस्पातको सञ्चालन नाफा बढ्यो

काठमाडौं । केएल ग्रूप अन्तर्गतको नारायणी इस्पात प्राइभेट लिमिटेडले वित्तीय वर्ष २०२२ मा ९ अर्ब रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ ।  रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार नारायणी इस्पातले वित्तीय वर्ष २०२१ मा ५ अर्ब ६० करोड रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । वित्तीय वर्ष २०२२ मा भने कम्पनीको सञ्चालन नाफा ६५ दशमलव ७९ प्रतिशतले बढेर ९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।   नारायणी इस्पातले केयर रेटिङ्स नेपालबाट १ अर्ब ५१ करोड रुपैयाँ बराबरको दीर्घाकालीन कर्जा र ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जासहित कुल ५ अर्ब ४ करोड रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको थियो । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाको लागि डबल बी र अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ पुनर्पुष्टि गरेको छ ।  सन् २०१८ को जुलाईबाट सञ्चालनमा आएको नारायणी इस्पातको उद्योग बाराको चटापिप्रामा रहेको छ । कम्पनीको अध्यक्षमा विकासकुमार केएल रहेका छन् भने कम्पनीको सञ्चालकमा केएल ग्रूप अफ कम्पनिजका अध्यक्ष सत्यनारायण केएल पनि रहेका छन् ।  कम्पनीले ‘नारायणी स्टिल्स’ ब्रान्डमा १५ ओटा आन्तरिक हार्डवेयर ट्रेडिङ आउटलेट र देशभर १२९ स्थानमा रहेका डिलर/वितरकहरूमार्फत टीएमटी बार्स विक्री गर्दै आएको छ ।

गत साता बैंकहरुको निक्षेप १ अर्ब बढ्यो, कर्जा प्रवाह ४ अर्ब बढ्यो

गत साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार माघ २९ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आईपुग्दा पनि बैंकहरुको निक्षेप १ अर्बले बढेर ४३ खर्ब १२ अर्ब कायम भएको छ । यस अवधिमा नेपाल मुद्राको निक्षेप ३ अर्ब बढेको छ भने विदेशी मुद्राको निक्षेप २ अर्ब घटेको छ । त्यस्तै यस अवधिमा कर्जा प्रवाह ४ अर्बले बढेको छ । माघ २९ गते वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आईपुग्दा बैंकहरुको कर्जा प्रवाह बढेर ४१ खर्ब ५९ अर्ब कायम भएको छ । वाणिज्य बैंकहरुले फागुनको लागि ब्याजदर बढाएका छन् । २ महिनासम्म ब्याजदर स्थित राखेका बैंकहरुले फागुनको लागि भने ब्याज बढाएका छन् । बैंकहरुले मुद्दतीमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिएका छन् । बाणिज्य बैंकहरुले ब्याज बढाएपछि विकास बैंक र फाइनान्सहरुले पनि फागुनको लागि ब्याज बढाएका छन्। उता नेपाल राष्ट्र बैंकले तरलतामा चापको स्थिति कायमै रहने अवस्था देखिएको जनाएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा बिहिबार सार्वजनिक गर्दै कर्जा विस्तारको ठूलो अंश आयाततर्फ केन्द्रित भई शोधनान्तर घाटा बढ्दो र विदेशी विनिमय सञ्चिति घट्दो क्रममा रहेसम्म तरलतामा चापको स्थिति कायमै रहने देखिएको जनाएको हो।चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै वाह्य क्षेत्रतर्फ भुक्तानी सन्तुलन घाटामा गएको र साधन परिचालनको तुलनामा कर्जा माग उच्च रहेका कारण बैंकिङ्ग क्षेत्रको तरलतामा दबाब परेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार उच्च रहेकोले तरलता व्यवस्थापनमा दबाब परेको छ । तसर्थ, आन्तरिक एवम् वाह्य क्षेत्र सन्तुलन कायम राख्न सीमित वित्तीय साधनलाई उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमा परिचालन गर्न जोड दिनुपर्ने आवश्यकता रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८÷७९ को पहिलो ६ महिनामा खुला बजार कारोबारका विभिन्न उपकरणहरुमार्फत रु.३५१ अर्ब ७ करोड र स्थायी तरलता सुविधामार्फत रु.३०१५ अर्ब ८९ करोड गरी कुल रु.३३६६ अर्ब ९६ करोड तरलता प्रवाह गरिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा रिभर्स रिपोमार्फत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत रु.३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.२४१ अर्ब ३४ करोड तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६६ करोड ७४ लाख खुद खरिद गरी रु.८० अर्ब २६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी रु.२५१ अर्ब २ करोड तरलता प्रवाह गरिएको थियो । यसरी समीक्षा अवधिमा गत वर्षको सोही अवधिको तुलनामा अमेरिकी डलरको खरिद ६८.५ प्रतिशतले कमी आएको छ ।राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरेको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरेको छ । विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखेको छ।वाह्य क्षेत्र र तरलतामा विद्यमान चापको स्थितिलाई दृष्टिगत गर्दै वाह्य क्षेत्र स्थायित्वसहित समष्टिगत आर्थिक स्थायित्व कायम राख्नेतर्फ मौद्रिक व्यवस्थापनलाई परिलक्षित गरिने राष्ट्र बैंकले जनाएको छ ।नोट: समाचार प्रकाशन भईसकेपछि नेपाल बैंकर्स एसोसिएसनले तथ्यांक अपडेट गरि पुन: उपलब्ध गराएकोले सोहि अनुसार यो समाचार सम्पादन गरिएको छ । यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्राथी छौ | सम्पादक

आन्तरिक कर्जा २६.८ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७७/७८ मा कूल आन्तरिक कर्जा २६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १३.६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्यांकमा आधारित नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २६.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी १२.६ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८.७ प्रतिशतले बढेको थियो । २०७८ असारमा बैंक तथ...

कर्जा प्रवाह बढ्यो

माघ महिनाको सुरुवातदेखि बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढेको छ । नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार गत एक हप्तामा बैङ्कहरूको निक्षेप सङ्कलन पाँच अर्ब रुपियाँले बढेको छ भने कर्जा लगानी २० अर्ब रुपियाँले बढेको छ । अघिल्लो साता पनि निक्षेप सङ्कलन १० अर्बले बढ्दा कर्जा लगानी २१ अर्ब रुपियाँले बढेको थियो । माघ १० गतेसम्ममा बैङ्कहरूको निक्षेप सङ्कलन ३७ खर्ब ८४ अर्ब रुपियाँ पुगेको थियो भने कर्जा लगानी ३२ खर्ब ८८ अर्ब रुपियाँ पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ को छ महिनामा कुल आन्तरिक कर्जा ८.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा यस्तो कर्जा २०.१ प्रतिशतले बढेको छ । सोही अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११ प्रतिशतले बढेको छ ।

आन्तरिक कर्जा ३.९ र निक्षेप ५ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिनामा कुल आन्तरिक कर्जा ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३.६ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ माघ मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३४.३ प्रतिशतले बढेकोमा २०७९ माघ मसान्तमा यस्तो दाबी ५१.३ प्रतिशतले बढेको छ ।