नारायणी इस्पातको सञ्चालन नाफा बढ्यो

काठमाडौं । केएल ग्रूप अन्तर्गतको नारायणी इस्पात प्राइभेट लिमिटेडले वित्तीय वर्ष २०२२ मा ९ अर्ब रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ ।  रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार नारायणी इस्पातले वित्तीय वर्ष २०२१ मा ५ अर्ब ६० करोड रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । वित्तीय वर्ष २०२२ मा भने कम्पनीको सञ्चालन नाफा ६५ दशमलव ७९ प्रतिशतले बढेर ९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।   नारायणी इस्पातले केयर रेटिङ्स नेपालबाट १ अर्ब ५१ करोड रुपैयाँ बराबरको दीर्घाकालीन कर्जा र ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जासहित कुल ५ अर्ब ४ करोड रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको थियो । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाको लागि डबल बी र अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ पुनर्पुष्टि गरेको छ ।  सन् २०१८ को जुलाईबाट सञ्चालनमा आएको नारायणी इस्पातको उद्योग बाराको चटापिप्रामा रहेको छ । कम्पनीको अध्यक्षमा विकासकुमार केएल रहेका छन् भने कम्पनीको सञ्चालकमा केएल ग्रूप अफ कम्पनिजका अध्यक्ष सत्यनारायण केएल पनि रहेका छन् ।  कम्पनीले ‘नारायणी स्टिल्स’ ब्रान्डमा १५ ओटा आन्तरिक हार्डवेयर ट्रेडिङ आउटलेट र देशभर १२९ स्थानमा रहेका डिलर/वितरकहरूमार्फत टीएमटी बार्स विक्री गर्दै आएको छ ।

सम्बन्धित सामग्री

नारायणी डेभलपमेन्ट बैंकको नोक्सानी बढ्यो

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू.५९ लाख ९८ हजार नोक्सानी ब्यहोरेकोमा चालू आवको सोही अवधिमा बढेर रू. १ करोड ६६ लाख पुगेको हो । चालू आवमा कम्पनीको अन्य सञ्चालन खर्च बढेकाले र  सञ्चालन नाफा ऋणाात्मक भएकाले नोक्सानी बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको अन्य सञ्चालन खर्च ८८ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको अन्य सञ्चालन खर्च रू. ५२ लाख ३७ हजार रहेकोमा चालू आवमा बढेर रू. ९८ लाख ९७ हजार पुगेको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवमा रू. ५९ लाख ९८ हजार ऋणात्मक रहेकोमा चालू आवमा बढेर रू.१ करोड ६६ लाख पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. २६ करोड २४ लाख रहेको छ भने चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ११ करोड ७९ लाख र शेयर प्रिमियममा रू.१ करोड १ लाख सञ्चित गरेको छ । त्यसैगरी रिटेन्ड अर्निङ भने रू. २५ करोड ८ लाख ऋणात्मक रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात रू. ८५ दशमलव ७१,तरलता अनुपात ३१ द्यशलमव ९० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ५३ दशलमव २३ रहेको छ ।