रूपन्देही तिलोत्तमा नगरपालिकाको विहानैबाट रोकिएको मतगणना अझै सुरू हुन सकेको छैन । कर्मचारीले मत गणनाको तथ्यांक तलमाथि पारिदिएपछि सुरू भएको विवाद पटक पटक बैठक बसेर पनि टुंगोमा पुगेको छैन । निर्वाचनमा भाग लिएका ७ राजनीतिक दलहरुले मतगणना हेरफेर गर्ने कर्मचारीलाई कारवाही र पुनः मतगणना गर्न माग गरेका छन् । एमालेले उक्त मागलाई मानेको छैन । तिलोत्तमामा चुनावमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी र राष्ट्रिय