निरासाका कुरा गरेर मुलुकमा अस्थिरता फैलाउन खोजिँदैछः परराष्ट्रमन्त्री साउँद

धनगढी – परराष्ट्रमन्त्री एनपी साउँदले निरासाका कुरा गरेर मुलुकमा राजनीतिक अस्थिरता फैलाउने प्रयास भइरहेको बताएका छन्। धनगढीमा आज कैलाली उधोग वाणिज्यले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री साउँदले एकथरी मान्छले निराशाको कुरा गरेर अस्थिरता फैलाउन खोजिरहेका बताए। उनले मुलुकको अर्थतन्त्र सरकारको नियन्त्रणमा रहेको बताउँदै आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार क्रियाशिल रहेको उल्लेख गरे। […]

सम्बन्धित सामग्री

‘मन्त्री आफैँ युद्धग्रस्त मुलुकमा पुगेर गरिएकाे नागरिकको उद्धार साहसिक कार्य’

सत्तारुढ कांग्रेसले परराष्ट्रमन्त्री एनपी साउद आफैँ युद्धग्रस्त मुलुक इजरायलको भूमिमा पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको जनाएको छ।  पुस १२ देखि १४ गतेसम्म बसेको...

परराष्ट्रमन्त्री खड्का र युरोपेली सांसदको टोलीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली सांसदको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शुक्रबार भेटवार्ता गरेको छ । युरोपेली संसदकी उपाध्यक्ष इभलिन रेग्नरको नेतृत्वको भ्रमण टोलीले बिहान परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेको हो । भेटवार्तामा नेपाल र युरोपेली युनियनबीच पर्यावरण, जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, लगानी र विकासशील मुलुकमा स्तरोन्नति हुन नेपालले गरेको तयारीलगायत दुई पक्षबीच […]

‘तत्काल स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन’

१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री एवं कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्य प्रदिप ज्ञवालीले मुलुकमा तत्कालै स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेको बताएका छन् । महामारी नियन्त्रणमा लिन वतमान संरचना र कानुन नै पर्याप्त भएकाले सरकारले यसतर्फ नसोचेको उनले बताए । पत्रकार कनकमणि दीक्षितसँगको एकघण्टा भन्दा लामो भिडयो वार्ताबका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान महामारी, खोपको […]

सर्वोच्चको फैसला र हाम्रो व्यवहारबीच तालमेल मिलेन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला र व्यवहारबीच तालमेल नमिलेको बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले सर्वोच्चका आदेशसँग हाम्रा व्यवहारहरु कति मेल खान्छन् भन्ने समिक्षा गर्नु जरुरी रहेको बताउनुभयो । सरकारले प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनमा जान गरेको निर्णयलाई सर्वोच्चले उल्ट्याइदिएपछि सरकार असन्तुष्ट बनेको हो । बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछिका बैठकहरु अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो । उहाँले सुरुका बैठकहरुमा अत्यावश्यक र जनजीवसंग सरोकार राख्ने विधेयकहरु प्रस्तुत गर्न नदिएकोमा बताउनुभयो । उहाँले फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधिसभा पुर्नस्थापना भएको र यसलाई पार्टी र सरकारले स्वीकार गरेको तर सुरुवातका बैठकहरुमा राम्रो संकेत नदेखिएको बताउनुभयो । उहाँले सदनलाई व्यक्तिका अतिरिक्त आकांक्षा भन्दा अग्रगामी एजेण्डामा केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुरुका केही बैठकहरु जसरी अघि बढे तीनीहरुले राम्रो संकेत भने गरेनन् । सदनका बैठक नचलेका बेला सरकारले अध्यादेश ल्याउन सक्ने र ती अध्यादेश संसदको पहिलो बैठकमा प्रस्तुत गर्नुपर्ने संबैधानिक व्यवस्था छ । तर हामी यस्तो अवस्थामा पुग्यौं अत्यावश्यक र ज्यादै जनजीवन संग सरोकार राख्ने विधेयकहरु समेत सदनमा प्रस्तुत हुन सकेन ।’ उहाँले आफू सम्बद्ध राजनीतिक दल र सरकार आफ्नो अनुकुल फैसला आउँदा विजयोत्सव र प्रतिकुल आउँदा झुक्याएर बस्ने गल्ति नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘अदालत स्वतन्त्र छ फैसला गर्नका लागि । मैले प्रतिनिधित्व गर्ने राजनीतिक दल र वर्तमान सरकार फैसला आउँदा न लड्डु खाएर खुसीयाली मनाउँछ न झोक्याएर नै बस्छ । हामी दुवै मुद्दा हारेका छौ तर अदालतलाई कुनै आपेक्ष लगाएका छैनौँ ।’ उहाँले अन्तरविरोधहरु देखिए पनि संविधान नमान्ने र देशको अस्तित्वलाई चुनौति दिने प्रवृत्तिलाई समाप्त पार्दे सिंगो राष्ट्रलाई एकठाउँमा ल्याउने काम भएकाले राजनीतिक हिसावले अब मुलुक द्वन्द्वमुक्त भएको बताउनुभयो । उहाँले मुलुक विकाससिल मुलुकमा अंकित हुने चरणमा पुगेको, मेलम्चीको पानी सुन्दरीजल आएको र अर्को हप्ताबाट काठमाण्डौको धारामा पानी आउन थाल्ने, सुनकोशी डायर्भसनले तराईलाई सुन फल्ने देश बनाउने चरणमा पुर्याउने, नागढुंगा सुरुङ मार्गको निर्माण ...

वर्षौंसम्म थन्क्याएर राखेका धूलो परेका फाइललाई निकालेर हेरिन्छ : मन्त्री ज्ञवाली

गुल्मी, ११ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना गरेकाले मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताउनुभएको छ । उहाँले दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको बताउनुभएको बताउनुभयो । नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० रेसुङ्गा नगर कमिटी... The post वर्षौंसम्म थन्क्याएर राखेका धूलो परेका फाइललाई निकालेर हेरिन्छ : मन्त्री ज्ञवाली appeared first on Purbeli News.

आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारे : मन्त्री ज्ञवाली

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना भएको बताएका छन् । मन्त्री ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताहरुले घेराबन्दीमा पारेर समस्या खडा भएपछि मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताए। मन्त्री ज्ञवालीले दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको समे बताए ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रेसुङ्गा नगर कमिटी गुल्मीले आज तम्घासमा आयोजना गर