खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा सामाजिक-आर्थिक प्रभाव : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा सामाजिक-आर्थिक प्रभाव परेको बताए । न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७६औं महासभालाई सम्बोधन गर्दै खड्काले नागरिकको जीवन रक्षाका लागि खोपलाई सार्वजनिक वस्तुका रूपमा घोषणा गरिनुपर्ने बताएका हुन् ।