प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सडक सङ्घर्ष उत्रिएको छ ।
समूहले शुक्रवार राजधानीमा जनप्रदर्शन शुरू गरेको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाद्वारा जारी संविधानमाथि भएको अन्याय विरुद्ध नेकपाले देशव्यापीरूपमा सङ्घर्षको कार्यक्रम जारी राखेको हो ।
सडक प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ ।
तस्वीर सबै : विश्वास खनाल/लोकान्तर डटकम