कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गराउन पुग्नुभएका एक बिरामीको पेटबाट खाली बोतल निकालिएको छ । पेट दुखेपछि उपचारका लागि बिहीबार अस्पताल पुग्नुभएका धनगढी उपमहानगरपालिका –१४ फूलबारी ‘एच गाउँ’ का ६१ वर्षीय नागरिक जमनसिंह रोकामगरको पेटबाट भोड्का रक्सीको बोतल निकालिएको हो ।