कुमारी बैंकको लाभांश घोषणा

कुमारी बैंक Kumari Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद लाभांश गरि कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल बैंकको चुक्ता पुंजी १३ अर्ब ८७ करोड रहेको छ ।

सम्बन्धित सामग्री

कुमारी सामूहिक लगानी योजना अन्तर्गतका दुवै म्युचुअल फण्डले लाभांश दिने

२८ साउन, काठमाडौं । कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेका छन् । १५ साउन बिहीबार बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैंठकले दुवै सामूहिक लगानी योजनाको आर्थिक वर्ष २०७९/८० को कमाइबाट इकाइधनीलाई प्रतिफल घोषणा गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत […]

नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश

काठमाडौँ,२१ कार्तिक । नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांशको प्रस्ताव गरेका हुन् । नौ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ […]

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ । बैंकको आज आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा समेतबाट लाभांश वापत बैंकको चुक्ता पूँजीको १४.९५ प्रतिशत नगद लाभांश रु.१,५८,८२,८७,११३.७६ (लाभांशमा लाग्ने कर समेत) र ६ प्रतिशतका दरले हुने रु.६३,७४,३९,६४४.३२ बराबरको बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशतले हुने जम्मा रु.२,२२,५७,२६,७५८.०८ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।  हाल बिओके र ग्लोबल आईअमेई बैंक मर्जर प्रक्रियामा छन्  । यस सँगै बिओके लाभांश घोषणा गर्ने चौथो वाणिज्य बैंक बनेको छ  । यस अघि सिटिजन्स, कुमारी, र एनसीसीले लाभांश घोषणा गरिसकेका छन्  ।

एनसीसी बैंकको लाभांश घोषणा

एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार बैंकले वितरण योग्य रकमबाट शेयरधनीहरुलाई हालको चुक्ता पूँजी एघार अर्ब तेह्र करोडको ३.३६६३ प्रतिशतले हुन आउने सैंतीस करोड पचास लाख बराबरको बोनश शेयर र चुक्ता पूँजीको ७.६३३७ प्रतिशतले हुन आउने पचासी करोड तीन लाख चौसठ्ठी हजार पाँच सय बयासी रूपैया नगद लाभांश गरि कुल ११.२९६७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ। हाल एनसीसी बैंक र कुमारी बैंक मर्जर प्रक्रियामा छन् ।यस सँगै एनसीसी बैंक लाभांश घोषणा गर्ने तेस्रो वाणिज्य बैंक बनेको छ । यस अघि सिटिजन्स र कुमारीले लाभांश घोषणा गरिसकेका छन् ।

कुमारी बैंकको लाभांश घोषणा, बोनस नदिने

कुमारी बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–०७९ को  मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १२.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। बैंकले आर्थिक बर्ष २०७८-०७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।  उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३ सय २६ रुपैयाँ रहेको छ ।  हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् ।  मर्जर प्रक्रियामा रहेको कारण बैंकको कारोबार रोक्का रहेको छ ।

लाभांश घोषणा : वाणिज्यभन्दा कम छैनन् विकास बैंक

२९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । अधिकांश वाणिज्य बैंकहरुले शेयरधनीहरुका लागि लाभांश घोषणा गरिरहेकै समयमा विकास बैंकहरुले पनि शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेका छ […]

१६ बैंकको लाभांश घोषणा, कुन बैंकले कति दिँदैछन् ?

१६ वाणिज्य बैंकले तिहार अघि नै लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई लाभांश घोषणा गर्नेहरूमा नबिल, हिमालयन, सानिमा, नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स्, नेपाल बंगलादेश, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टड बैंक रहेका छन् । यस्तै, कुमारी बैंक, नेपाल बैंक, एनआईसी एशिया, सिद्धार्थ, एभरेष्ट, ग्लोबल आईएमई, बैंक अफ काठमाडौं र एनएमबी बैंकले समेत तिहार अघि नै आफ्नो लाभांश घोषणा गरेका छन् । हालसम्मकै उच्च लाभांश घोषणा गर्नेमा नबिल बैंककुल २७ वाणिज्य बैङ्कहरूम

बैंकको लाभांश घोषणा : नबिलको धेरै, कुमारी देखियो कमजोर !

१८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट बैंकहरुले आफ्नो शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । तिहार अघिसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ । सम्भवतः गत वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा नै नबिल बन्नेछ । नबिल बैंकले हरेक वर्ष आकर्षक लाभांश […]

कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश दिने

कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७÷०७८८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को मुनाफबाट दोहोरो अंकमा लाभांश वितरण गरेको बैंकले गत आर्थिक वर्षको मुनाफबाट भने एकल अंकमा झरेको छ ।बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र […]