नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश

काठमाडौँ,२१ कार्तिक । नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांशको प्रस्ताव गरेका हुन् । नौ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ […]

सम्बन्धित सामग्री

नेपाल बैंक र वाणिज्य बैंकले घोषणा गरे लाभांश

दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ ।...

आरबिबी मर्चेन्ट बैंकिङको लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबिबी मर्चेन्ट बैंंकिङ लिमिटेडले आव ०७८/०७९ को नाफाबाट ७ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सातौँ वार्षिक साधारणसभाले लाभांशसहित...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ३३ प्रतिशत लाभांश पारित

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद ३ प्रतिशत र बोनस शेयर ३० प्रतिशत) सहितको आव २०७७/०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। साधरणसभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले […]

राष्ट्रिय वाणिज्य बैंकको १६औं वार्षिक साधारणसभा : ३३ प्रतिशत लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद तीन र बोनस सेयर ३० प्रतिशत) सहित आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरू पारित गरेको छ । चुक्ता पुँजीको तीन प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस सेयर सेयरधनीहरूलाई प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको हो । लाभांश वितरणपछि बैंकको कूल चुक्ता पुँजी १३ अर

१ वाणिज्य बैंक सहित २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज पुस १९ गते सोमबार २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस १९ गतेसम कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । सिभिल बैंक Civil Bank Limited  ले पुस ३० गते शुक्रबार बालुवाटार स्थित आम्रपाली ब्यांक्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  बैंकले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।बैंकको सभामा सञ्चालक समितिको प्रतिवेदन २०७७/७८ पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने,  आ.व. २०७८/७९ (२०२१/२२) को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्ताव पेश हुने छ । त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग एक आपसमा गाभ्न गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने , नियामकबाट थप समशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन्  ।त्यस्तै रिलायन्स फाइनान्सले  Reliance Finance  ले पनु पुस ३० गते नै साधारणसभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

दुई ओटा वाणिज्य बैंक सहित ४ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुस ६, काठमाडौं । दुई ओटा वाणिज्य बैंक सहित ४ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ । नेपाल एसबिआई बैंक, एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न मंगलवारसम्म शेयर कायम गर्नुपर्ने छ । ती चार ओटा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारितका लागि वार्षिक साधारण सभा आह्वान गरिसकेका छन् । उक्त सभा प्रयोजनका लागि पुस ७ गते अर्थात् बुधवार बुक क्लोज गर्ने भएसँगै पुस ६ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । नेपाल एसबिआई बैंकले यस वर्ष ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न पुस २० गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । त्यस्तै, एनएमबि बैंकले यस वर्ष १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले पुस पुस २२ गते २६औं वार्षिक साधारण सभा मार्फत पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भने पुस ७ गते (एक दिन मात्र) बुक क्लोज गर्ने भएको छ । छिमेक लघुवित्तले भने यस वर्ष २७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश पुस २३ गते २०औं वार्षिक साधारण सभा मार्फत पारित गराउने तयारी गरेको छ । कम्पनीले सभा प्रयोजनका लागि पुस ७ गतेदेखि सभा हुने दिनसम्मनै बुक क्लोज गर्ने भएको छ । गणपति लघुवित्तले यस वर्ष १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले पुस १७ गते पाँचौ वार्षिक साधारण सभा मार्फत पारित गर्दैछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा ती चार ओटै कम्पनीहरुको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पुस ६ गतेसम्मका शेयरधनीहरु मात्र योग्य हुनेछन् ।

सिभिलबाहेक सबै बैंकले घोषणा गरे शेयर धनीलाई लाभांश, कुन बैंकको कति ?

४ पुस, काठमाडौं । सिभिलबाहेक सबै बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेका छन् । घोषित लाभांश मध्ये यस वर्ष पनि बैंकहरुमा नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक हो । यो बैंकमा […]

२ वाणिज्य बैंक सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज मङ्सिर ९ गते २ वाणिज्य बैंक सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि  मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेका बैंक अफ काठमांडू, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।बैंक अफ काठमाडौँ Bank of Kathmandu Limited ले मङ्सिर २९ गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।    साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  ।  मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।  त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंक Standard Chartered Bank Nepal Limited  ले  मङ्सिर २८ गते मंगलार नयाँ बानेश्वर स्थित आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा गर्न लागेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि  ३.०६ प्रतिशत नगद लाभांश गरि कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोछ। कम्पनीको  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु : सामान्य प्रस्ताव१. आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात, आव २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वार्षिक वितीय विवरणहरू पारित गर्ने ।३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको ३.०६ प्रतिशत (प्रति शेयर रू.३.०६ (अक्षरेपी तीन रूपैयाँ ६ पैसा) का दरले नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।४. आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार वर्तमान लेखापरीक्षक एसआरपाण्डे एण्ड क. चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्तिका लागि योग्य रहेको)विशेष प्रस्ताव :१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत (प्रति १०० शेयरमा १० शेयर) का दरले बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने ।२. बैंकको प्रबन्धपत्रको दफा ५ (क), (ख) र (ग) मा संशोधन स्वीकृत गर्ने ।३. प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै फेरबदल गर्न सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिन स्वीकृत प्रदान गर्ने । त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company ले मङ्सिर १९ गते आइतबार सभा गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १५ प्रतिशतले हुन आउने ३६ लाख २५ हजार ५ सय ८६ कित्ता बोनस शेयर र कर प्रयोजनको लागि ०.८७  प्रतिशतले हुन आउने १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांश गरि कुल १५.८७  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ रहेको छ  ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । त्यस्तै सभामा कम्पनीको हाल कायम रहेको अधिकृत पुंजी बृद्धि गरि रु. ५ अरव कायम गर्ने प्रस्ताव पनि पेश हुने छ । त्यस्तै कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरि संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने प्रस्ताव पनि पेश हुने छ  ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ९ गतेसम्म कायाम शेयरधनीले मात्र  सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : सामान्य प्रस्तावः१. बार्षिक साधारण सभा समक्ष सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत एवं पारित गर्ने ।२. आर्थिक बर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, एकिकृत आयव्यय हिसाव, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनूसुचिहरु सहितको वित्तीय विवरण पारित/स्वीकृत गर्ने ।३. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७१७८ को हिसावकिताव लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने ।४. स्वतन्न सञ्चालक नियुक्तीको अनुमोदन गर्ने ।विशेष प्रस्तावः५. कम्पनीको हाल कायम रहेको अधिकृत पुंजी बृद्धि गरि रु. ५ अरव कायम गर्ने प्रस्तावको स्वीकृति प्रदान गर्ने ।६. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आ.व. २०७६/७७ सम्मको संचित मूनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु. २,४१,७०,५७,०२३/०० को १५ प्रतिशत (खूद) का दरले हुने रु. ३६,२५,५८,५५४/०० बराबरको बोनश शेयर जारी गर्ने र उक्त बोनश शेयरको कर प्रयोजनार्थ रु. १,९०,८२,०२९/०० नगद लाभांश स्वीकृत गर्ने ।७. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चक्ता पंजी बद्धि गर्न स्वीकति प्रदान गर्ने ।८. कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरि संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने ।९. विशेष प्रस्ताव अन्तर्गत नं. ५, ७ र ८ को प्रस्ताव लगायतका निर्णयहरुको कार्यान्वयनको लागि कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन/समायोजन गर्न कम्पनीको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने।१०. सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने । संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको चयनको सम्बन्धमा संस्थापक समुहबाट प्राप्त सञ्चालक मनोनयनको व्यहोरा सभामा जानकारी गराई पारित गर्ने ।

आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडले सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । मंगलबार सम्पन्न छैटौँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को नगद लाभांशसम्बन्धी प्रस्ताव पारित गरिएको लिमिटेडले जानकारी दिएको छ । सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रमुख अतिथि एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत

माछापुच्छ्रे बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १३.३० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । यस संगै माछापुच्छ्रे बैंक  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बनेको छ  ।