गठबन्धनमा विरोधाभाष : वडामा खोइरो खनेकै पार्टीलाई मेयर–उपमेयरमा भोट माग्नुपर्ने बाध्यता

नेकपा एमालेलाई हराउने एकसुत्रीय एजेण्डा लिएर गठबन्धन गर्दै चुनावमा जाने तयारी गरेका सत्तारुढ ५ दलमा तल्लो स्तरमा भने भद्रगोल देखिएको छ । गठबन्धनको किचलोका कारण मनोनयन दर्ता पनि उत्साहजनक हुन पाएन ।कतिपय पालिकामा गठबन्धन गर्नुपर्छ भन्ने मनसाय राखेका काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जसपाका कार्यकर्ताहरू कुन वडामा कसले उम्मेदवार बनाउने वा कुन पालिकाको प्रमुख वा अध्यक्ष तथा उपप्रमुख वा उपाध्यक्ष लिने भन्ने समयमै निर्क्यौल नहुँदा द्विविधामा थिए ।मनोनयन दर्ताका दिन एमालेले वडावडाबा