तनहुँमा सोमवार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ब्यास नगरपालिका-५ स्थित कन्टार भन्ने स्थानमा पोखराबाट दमौलीतिर आउँदै गरेको ग १ ख ४२१५ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् भने उनीहरूलाई उद्धारपछि अस्पताल पठाइएको छ ।
बस अनियन्त्रित भई पृथ्वी राजमार्गबाट करीब १२ फिट तल खस्न गई दुर्घटना भएको बताइएको छ ।