राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा मङ्गलबारबाट राष्ट्रिय क्रिकेट टोलीका बन्द प्रशिक्षणमा सूचीकृत खेलाडीहरुको प्रशिक्षण सुरु भएको नेपाल क्रिकेट सङ्घ(क्यान)ले जनाएको छ ।
नेपालले नामीबिया र स्कटल्याण्ड सम्मिलित विश्व क्रिकेट लिग डिभिजन २ को तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । प्रतियोगिताको तालिका भने सार्बजनिक भइसकेको छैन् । बन्द प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेभ व्हाटमोर गत साता नै श्रीलङ्काबाट नेपाल फर्किनुभएको थियो ।