काठमाडौं : प्रशिक्षक पुवुदु दसानायकेले आजबाट नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरे पनि क्यान र खेलाडीको विवादका कारण प्रशिक्षण प्रभावित हुने जोखिम बढेको छ।दसानायके काठमाडौं आइपुगेसँगै बन्द प्रशिक्षण सुरु हुन लागेको छ र त्यसका लागि ३० खेलाडीलाई प्रारम्भिक चरणमा बोलाइए पनि कारबाहीमा परेका चारसहित अन्य १० खेलाडी होटलको रिपोर्टिङ टाइममा उपस्थित नभएको जनाइएको छ।क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासन