पोखरामा सम्पन्न मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय भएको तनहुँको टोलीलाई गृह जिल्लामा आज स्वागतसहित बजार परिक्रमा गराइएको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न खेलमा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय भएको टोलीलाई जिल्ला भलिबल सङ्घ तनहुँले दमौलीमा स्वागत एवं सम्मान गर्दै बजार परिक्रमा गराएको हो ।
पञ्चेबाजासहित दमौलीस्थित अनसनचोक, सफासडक, गणेशमानचोक, मालपोत लाइनमा खेलाडीलाई परिक्रमा गराइएको छ । खेलाडीलाई सम्मान व्यक्त गर्दै जिल्ला खेलकूद विकास समिति तनहुँका...