महिला क्रिकेट खेलाडी सम्मानित

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कप (यू–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशको अर्थ मन्त्रालयले सम्मान गरेको छ । कैलालीको धनगढीमा हालै सम्पन्न भएको सुदूरपश्चिम मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जितेको थियो । आइतबार अर्थमन्त्री रामजीप्रसाद बरालले मन्त्रालयमै बधाई ज्ञापन गर्दै सम्मान गरेका हुन् । खेलाडीलाई सम्मानपत्रसहित फूलको माला र अबिरले सम्मान गरिएको थियो ।