मसाल महामन्त्री सिंहद्वारा क्रान्तिकारी माओवादीका महासचिव वैद्य सम्मानित

काठमाडौं । दार्शनिक सौन्दर्य चिन्तक, साहित्य समालोचक तथा राजनीतिज्ञ मोहन वैद्य ‘किरण’ ‘शमी साहित्य साधना सम्मान’बाट पुरस्कृत हुनुभएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव वैद्यलाई सम्मान गर्नुुभयो । उक्त सम्मानको राशि रु एक लाख एक हजार १०१ रहेको छ । नेपाली भाषा, साहित्य, संस्कृति र समग्र वाङ्मयको उत्थानमा योगदान पुु-याउने विशिष्ट साधकलाई प्रत्येक वर्ष उक्त सम्मान प्रदान गरिँदै आइएको छ । हालसम्म सो सम्मानबाट गणेशबहादुर प्रसाईं, मंगलकुमार नेपाल, प्राडा मोहनहिमांशु थापा, वसन्तकुमार शर्मा नेपाल, तेजेश्वरबाबु ग्वंगः, कृष्ण जोशी, घनश्याम राजकर्णीकार, ठाकुर पराजुली, गोपीकृष्ण शर्मा, विनोद अश्रुुममाली र माधव भण्डारी सम्मानित भइसक्नुुभएको छ । प्रतिष्ठानले नेपाली भाषा, कला तथा साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पुु-याउने विभिन्न स्रष्टालाई ‘शमी साहित्य साधना सम्मान’, ‘शमी युवा प्रोत्साहन पुरस्कार’, ‘सम–समता लैंगिक अध्ययन पुरस्कार’ र ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ प्रदान गर्दै आएको छ । ‘मार्क्सवादी समालोचना’ सार्वजनिक कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव वैद्यद्वारा लिखित ‘मार्क्सवादी समालोचना’ पुस्तकको विमोचन गरिएको थियो । मसालका महामन्त्री सिंहले उक्त पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा वैद्यले २०७० सालयता लेख्नुुभएका १४ वटा आलेखलाई समावेश गरिएको छ । समालोचनाका क्षेत्रमा यो पुस्तक वैद्यको पाँचौ पुस्तक हो । पुुस्तकमा समावेश गरिएकामध्ये १३ आलेख विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । मुख्यतः तीन खण्डमा छुुट्ट्याइएको सो पुस्तकको पहिलो खण्डमा ‘सैद्धान्तिक परिप्रेक्ष’, दोस्रो खण्डमा ‘समालोचक र समालोचकीय दृष्टि’ तथा तेस्रो खण्डमा ‘कृतिकृत समीक्षा’को व्याख्या गरिएको छ । कार्यक्रममा मसालका महामन्त्री सिंहले राजनीतिक नेतृत्व व्यक्तिगत लाभहानीको पछाडि लाग्दा विश्वबाटै कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको उल्लेख गर्दै उहाँले कम्युनिष्ट पार्टीमा लागेदेखि नै आस्था, विचार तथा व्यवहारको निरन्तरता वैद्यको विशेषता भएको बताउनुुभयो । “उहाँ (वैद्य)को नेपाली राजनीतिमा महत्वपूर्ण योगदान छ, उहाँ कहिल्यै ढुलमुुल हुनुुभएन, निरन्तर लाग्नुुभयो, आफ्नो विचार, सिद्धान्त र व्यवहारमा विचलन आउन दिनुुभएन, उहाँ राजनीतिज्ञ मात्र नभई अग्रणी साहित्यकार पनि हो”, महामन्त्री सिंहले भन्नुुभयो । पुस्तकका लेखक वैद्यले राजनीतिक चेतना ...

सम्बन्धित सामग्री

प्रचण्डजीहरु नै प्रतिगमनकारी हो : मोहन वैद्य

२३ कात्तिक,काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रतिगमन गरेको आरोप लगाएका छन् । बुधबार काठमाडौंस्थित शान्तिवाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त सभामा उनले प्रचण्डहरुले नै मौलिक हक उपयोग गर्न नदिएर प्रतिगमन गरिरहेको बताएका हुन् । ‘हामी बहिस्कारवादीलाई किन […]

नागरिकताको विषयलाई गठबन्धन र एमालेले राजनीति गरेः सिपी गजुरेल

निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन्।...

क्रान्तिकारी माओवादीसहित ४ दलले चुनाव बहिष्कार गर्ने

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् । चार दलको संयुक्त बैठकले बहिष्कार गर्ने निर्णय गरेको […]

क्रान्तिकारी माओवादीसहित ४ दलले चुनाव बहिष्कार गर्ने

६ असोज, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् । चार दलको संयुक्त बैठकले बहिष्कार गर्ने […]

नागरिकता विधेयकविरुद्ध ६ वामपन्थी दलको प्रदर्शन

साना ६ वामपन्थी दलले नागरिकता विधेयक विरुद्ध प्रदर्शन गरेका छन् । राजधानीको नयाँ बानेश्वरमा ती दलले विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी, माओवादी कम्युनिष्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चाका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो । शुक्रबार संसद बैठकमा सरकारले विधेयक पारित गर्ने तयारी गरेसँगै उनीहरू सडकमा उत्रिएका हुन्। तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

नेकपा (क्रान्तिकारी माओवादी)समर्थित विद्यार्थीको विरोध प्रदर्शन (फोटो फिचर)

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)समर्थित विद्यार्थीहरूले आज काठमाडौँको असनमा निर्वाचनको विरोध गर्दै मसाल जुलुस निकालेका छन्। मसाल जुलुस निकाल्ने १६ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

नयाँ बानेश्वर क्षेत्रमा तनावः दर्जन बढी प्रहरी र आन्दोलनकारी घाइते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा...

वैद्य नेतृत्वको माओवादीका केन्द्रीय सदस्यसहित ९ जना पक्राउ

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कृष्णभक्त महर्जनसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ललितपुरमा मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पुल्चोकस्थित मन्त्री क्वार्टर आसपासमा निषेधित क्षेत्र तोडेर मसाल जुलुस निकाल्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सो क्रममा भएको झडपमा एक प्रहरी जवान समेत घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । एमसीसीको विरोधमा क्रान्तिकारी माओ

प्रतिनिधि सभा विघटन प्रतिगमनउन्मुख फासीवादी कदम : २३ दल

काठमाडौँ । नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी) लगायत २३ राजनीतिक दल तथा सङ्घसंस्थाले प्रतिनिधि सभा विघटनको परिघटनालाई प्रतिगमनउन्मुख फासिवादी कदम बताएका छन् । २०७७ पुस १५ गते राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा बसेको २३ दलको बैठकद्वारा गरिएको निर्णयमा भनिएको छ– प्रधानमन्त्री केपी शर्मा मन्त्रिमण्डलको सिफारिसमा पुस ५ गते राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरिनु “प्रतिगामीउन्मुख फासीवादी कदम हो भन्ने सहमति भयो” । एवम् प्रकारले बैठकले प्रतिनिधि सभा विघटनलगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी पुस १९ गते नयाँ बानेश्वरमा विरोधसभा सम्पन्न गर्ने निर्णय गरिएको राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले बताउनुभयो । शर्माका अनुसार पुस १९ गते दिउसो १२ बजे माइतीघर मण्डलामा जम्मा भएर जुलुससहित नयाँ बानेश्वर पुग्ने छ; र, त्यहाँ विरोधसभा सम्पन्न गरिने छ । बैठकमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा, नेकपा (क्रान्तिकारी–माओवादी) का सिपी गजुरेल, नेकपा (माले) का डम्बर श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका धनकुमारी सुनार, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी, नेकपा (संयुक्त) का चन्द्रदेव जोशी, नेकपा (बोल्सेभिक) का रविन्द्र श्रेष्ठ, नेकपा (माक्र्सवादी) का रामहरि पोख्रेल, नेकपा (माओवादी–केन्द्र) का राजन तिमल्सिना, नेकपा माक्र्सवादी (पुष्पलाल) का अच्युतराज ज्ञवाली, एमसिसी खारेज अभियानका नारायण शर्मा, माक्र्सवादी एकता अभियानका राजेन्द्र रेग्मी, राष्ट्रिय जागरण मञ्चका गुणराज लोहनी र नेपाल सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) भावना विद्रोहीलगायतको हस्ताक्षर रहेको छ ।

२३ दलीय कार्यगत एकता कायमै रहनेमा नेकपा (मसाल) आसावादी

काठमाडौँ । नेकपा (मसाल) ले २३ दलीय कार्यगत एकता कायमै रहनेमा आशावादी रहेको बताएको छ । आजै नेकपा (क्रान्तिकारी–माओवादी) सहितका चार दलको माझमा “रणनीतिक” संयुक्त मोर्चा गठन गर्ने सहमति भएको सन्दर्भमा पार्टीको यस्तो अवधारणा अगाडि आएको हो । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ पुस १४ गते प्रकाशित प्रेसवक्तव्यमा पार्टीले यस्तो अवधारणा व्यक्त गरेको छ । २३ राजनीतिक दल तथा सङ्घसंस्थामध्येकै चार दलहरू “नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (विप्लव), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका बिचमा “रणनीतिक” संयुक्त मोर्चा कायम भए पनि सहमतिको आधारमा अहिलेको कार्यगत एकता कायमै राख्न प्रयत्न गर्ने मसालले जनाएको छ । प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (विप्लव), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका बिचमा रणनीतिक संयुक्त मोर्चा बनाएको समाचारप्रति नेपाल कम्युनिस्ट पार्टी (मसाल) को ध्यान गएको छ । त्यस सन्दर्भमा सर्वप्रथम हामीले के कुरा प्रस्ट गर्न चाहान्छौँ भने त्यसको अर्थ २३ दलीय कार्यगत एकतामा फुट भएको होइन; र, त्यो कारणले फुट हुनुहुन्न भन्ने पनि हाम्रो निश्चित विचार छ । २३ दलीय बैठकमा भएका छलफलबाट देशका रणनीतिक वा कार्यनीतिक प्रश्नमा हाम्राबिचमा पहिलेदेखि नै कैयौँ मतभेद भएको कुरा स्पष्ट थियो । त्यही प्रकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ओली सरकारबारे पनि हाम्रा बेग्लाबेग्लै सोचाइ रहेका थिए; र, अहिले पनि छन् । सङ्घर्षका रूप के हुने ? र, तात्कालिक रूपमा मुख्य जोड केमा दिने ? त्यसबारे पनि हाम्राबिचमा मतभेद रहने गरेका छन् । ओली सरकारद्वारा संसदको विघटनबारे पनि हाम्राबिचमा मतैक्यता कायम हुन सकेको छैन । हामीमध्ये कतिपय पक्षले संसदको विघटनलाई प्रतिगामी कदम बताउँदै त्यसको पुनस्र्थापनामा जोड दिएका छौँ भने कतिपय पक्षले त्यसलाई प्रतिगामी कदम भनेर विरोध मात्र गर्ने नीति अपनाएका छन्; र, त्यसको पुनस्र्थापनाको विचारलाई अस्वीकार गरेका छन् । कतिपय पक्षले संसदको विघटनलाई प्रतिगामी बताउन पनि अस्वीकार गरेका छन् । अन्य कतिपय प्रश्नमा पनि हाम्राबिचमा गम्भीर प्रकारका मतभेद रहेका छन् । बेग्लाबेग्लै पार्टी वा सङ्गठनका आफ्नाआफ्ना बेग्लाबेग्लै सैद्धान्तिक र राजनीतिक मान्यता ...