खोटाङको साकेला गाउँपालिकाले अशक्त लाभग्राहीहरुलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिक रुपमा अशक्तलाई लक्षित गर्दै गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।एसबिआई बैंकसँगको सहकार्यमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट मंगलबारदेखि अशक्तलाई लक्षित गर्दै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो । मात्तिमबिर्ताका ९० जना वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई