बैतडी : बैतडीको मेलौली नगरपालिकाका गाउँटाेलमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ।नगरपालिकाले हाल अभियानकै रुपमा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरूका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको हो।भत्ता वितरणका लागि नगरपालिकाका प्रमुख भीम बहादुर चन्द 'भूकम्प' गाउँटोलमा खटिएका छन्।नगरका ज्येष्ठ नागरिक र असक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू नागरिकको गाउँ टोलमा पुगेको नगर प्रमुख चन्दले बताए।वृद्धवृद्धा तथा अपांगता