दैलेख – वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय दैलेखले नमुना मतदान गराएको छ । बदर मत रोक्न नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बताउनुभयो ।
मतदान केन्द्र तोकिएको त्रिवेणी सङ्गम मावि चुप्राको प्राङ्गणमा नमुना मतदानको व्यवस्था मिलाइएको थियो । इच्छुक स्थानीयवासीलाई पालैपालो महिला र पुरुषको छुट्टाछुट्टै घेरामा लामबद्ध भएको नमूना मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तैनाथ थिए ।
नागरिकले आफ्नो मतको सदुपयोग गर्न जानुन् भनेर नमुना मतदान गराइए...