संसदीय छानबिन समिति बैठकमा प्रहरीबाट प्राप्त सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टबारे अध्ययन हुँदै

काठमाण्डाै - पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानबिन समितिको बैठक सुरू भएको छ । सिंहदरबारमा भइरहेको बैठकमा प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट खोलिएको छ । बैठकमा बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने विषयमा प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टबारे अध्ययन हुँदैछ । यसअघि अर्थ मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने भन्दै फुटेज डिलिट भइसकेको जनाएको थियो । त्य...

सम्बन्धित सामग्री

संसदीय छानबिन समिति, सीसीटीभी फुटेजको फरेन्सिक रिपोर्ट हेरिने

काठमाडौं : बजेटमा करका दर परिवर्तन गरेको र अर्थ मन्त्रालयको सीसीटिभी फुटेज गायब बनाएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानबिन समितिको बैठक बस्दैछ। आज विहान  ८ बजे बस्ने बैठकमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हिजो फुटेजको फरेन्सिक रिपोर्ट बुझाएको त्यो सिलबन्दी तोडेर समिति सदस्यले आज अध्ययन गर्नुहुनेछ&rsq

आज पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्दै संसदीय छानबिन समिति

काठमाडौँ - बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समिति समितिको आज बैठक बस्दैछ । बुधबार सिंहदरबारमा बस्ने समितिको बैठकमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाइएको छ। समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव, सहसचिव र अन्य...

आज पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्दै संसदीय छानबिन समिति

काठमाडौँ - बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समिति समितिको आज बैठक बस्दैछ । बुधबार सिंहदरबारमा बस्ने समितिको बैठकमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाइएको छ। समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव, सहसचिव र अन्य...

राजीनामा होइन, संसदमा स्पष्टिकरण दिने तयारीमा अर्थमन्त्री शर्मा

विवादित अर्थमन्त्री शर्माले आफूविरुद्ध उठेका प्रश्नहरूबारे आज संसदमा स्पष्टिकरण दिने भएका छन् । अनाधिकृत व्यक्तिलाई प्रवेश दिलाएर बजेटमा राजश्वका दरहरू हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री शर्माको चौतर्फी राजीनामा माग गरिएको छ ।यसै सन्दर्भलाई लिएर शर्माले संसदमा आफ्ना कुरा राख्ने नेकपा मओवादी केन्द्रका एक नेताले जानकारी दिए । 'उहाँले राजीनामा दिनुहुन्न, बरू आफूविरुद्ध उठेका विषयहरूमा संसदमा स्पष्टिकरण दिने कार्यक्रम रहेको छ ,' ती नेताले बिजपाटीलाई बताए । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा शर्माले आफ्ना कुरा राख्ने भएका हुन् । बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन अनाधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएको भन्दै शर्माको आलोचना भएको हो । सूचनाको हक प्रयोग गरेर मागिएको सोही दिनको सीसीटीभी फुटेज डिलेट भएको भन्दै मन्त्रालयले जारी गरेको विज्ञप्ति पनि विवादमा परेको छ । मन्त्री शर्माले आफूले गलत नगरेको भन्दै स्पष्टिकरण दिंदै आएका छन् । उनीविरुद्ध छानबिनका लागि संसदीय समिति गठन गर्नेबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री शेरबादुर देउवाबीच छलफल भएको थियो । संसदीय छानबिन समिति गठन गर्न सभामुख अग्निप्रसाद सापकोटा पनि तयार रहेको समाचार विवरणहरू आइरहेका छन् ।

सीसीटीभी फुजेट डिलिट गरेर सरकारले प्रमाण नष्ट गर्न खोजेको लोसपा सांसदकाे आरोप

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने विषयमा तत्काल संसदीय छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।  सांसद कर्णले सो घटनाको सम्बन्धमा देश र जनताका लागि पनि यथार्थ कुरा बाहिर ल्याउन सरकारले...

अर्थमन्त्रीले नभई बिचौलिया ब्यापारी दिपक भट्टले लेखेका थिए बजेट

जेठ १५ गते बजेट प्रस्तुत भएपछि नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले राखेको ‘पोष्ट बजेट डिस्कशन’मा अर्थमन्त्री जनार्दन शर्माले बजेट ‘मैले लेखेको होइन’ भनेका थिए । लगत्तै, सच्याएर उनले भनिहाले, ‘यो तपाईहरुले नै लेखेको सरह हो, किनकी सबै क्षेत्रका सुझाव संकलन गरेर मैले नै लेखेको हुँ ।’तर, वास्तवमै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अर्थमन्त्री शर्माले नभई अरुले नै लेखेको खुलेको छ । जेठ ३० गते अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा पूर्वनासु रघुनाथ घिमिरेलाई अर्थमन्त्री शर्माले बजेट निर्माणमा प्रवेश गराएको भन्दै समाचार आयो । घिमिरेले बजेटमा राजस्व, कर र भन्सारका दर हेरफेर गरे । यो त जेठ १४ गते रातीको घटना भयो ।बजेट लेखनको काम सुरु भएदेखि नै एउटा ठूलो ब्यापारिक घरानाले काम गरिरहेको थियो भन्ने दाबी स्रोतले गरेको छ । बजेट बनाउन अर्थमन्त्रीले घिमिरेसँगै ल्याएका अर्का व्यक्ति त झन नेपाली नागरिक नै नभई भारतीय नागरिक भएको समेत स्रोतले बताएको छ । ती भारतीय नागरिक ब्यापारी दिपक भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्गको फाइनान्सियल डाइरेक्टर हुन् ।पूर्वनासु घिमिरेले ललितपुरको सानेपास्थित बिचौलिया ब्यापारी दिपक भट्टको घरमा बसेर भट्टकै आदेश अनुसार प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री (मेडिकल कलेजका व्यवसायी) उमेश श्रेष्ठको सहयोगमा बजेटका मूलभूत विषय ‘ड्राफ्ट’ गरेका थिए । दिपक भट्ट र राज्यमन्त्री श्रेष्ठको घर सानेपामा नजिक नजिकै छ ।साथमा बेला बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा छोरा जयवीरलाई दिएर पुग्ने गर्थिन् भन्ने दाबी पनि स्रोतको छ ।एमालेको पनि ‘मौन समर्थन’अर्थमन्त्रीले केही स्वार्थ समूहलाई पोस्ने गरी करका दर हेरफेर गरेको, स्वदेशी उद्योगहरुलाई मास्ने गरी आयातमा भन्सार छुट दिएको लगायतका सम्बन्धमा बिजपाटी डटकमले निरन्तर समाचार लेखेको थियो । जेठ ३० गते अन्नपूर्ण दैनिकमा बजेट नै पूर्व नासुले चलाएर ‘फाइनल’ गरेको समाचार आएपछि प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गर्यो ।बजेट भाषण हुने दिन बिहानको राती (राती १२ बजे) अर्थमन्त्रीले पूर्व नासुलाई मन्त्रालयमा बोलाउनुको अर्थ के थियो भने, सूचना चुहावट हुन्छ भनेर बजेट भाषण हुने दिन (मध्य राती १२ बजेको समयमा) मात्रै करका दरहरुलाई अन्तिम रुप दिईने गरिन्छ । त्यसैका लागि उनले पूर्व नासु घिमिरेलाई मन्त्रालयमा ल्याएका थिए ।यो पनिःराज्यमन्त्री उमेश श्रेष्ठको घरमा अर्थमन्त्रीसहित प्रधानमन्त्रीका छोराको ‘ककटेल पार्टी’जेठ ३१ गते एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समाचारमा आएको विषय के हो र त्यस दिनको सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने सहित छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग पार्टीको तर्फबाट संसदमा राखे । सचिव योगेश भट्टराईदेखि नेता खगराज अधिकारी र गोकुल बाँस्कोटासम्मले अर्थमन्त्रीको जवाफ मात्र मागेनन्, राजीनामा नै मागे । तर, ऋषी धमलासँगको एउटा अन्तरर्वातामा अर्थमन्त्री शर्माले सीसीटीभी फुटेज हेर्न दिन्न नै भनिदिए ।‘सीसीटीभी फुटेज हेर्ने ती को हुन् ? एमालेले चाहँदैमा सीसीटीभी फुटेज देखाउनुपर्छ भन्ने के छ ?’ धमलासँग अर्थमन्त्रीले भनेका थिए । त्यसपछि क्रमशः संसदमा एमालेको स्वर पनि मलिन हुँदै गयो । सीसीटीभी फुटेज देखाउनुपर्ने र छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने मागबाट एमाले ‘ब्याक’ भयो । किनकी, बजेटमार्फत फाइदा पाउने, कुनै घरानालाई लाभ दिलाएर आफू पनि फाइदा लिने, दलका नेताहरुलाई पनि लाभको हिस्सा पुर्याउने ती व्यक्ति दिपक भट्ट नै थिए । उनी एमालेका अध्यक्ष केपी ओली र अरु नेताहरुसँग पनि उत्तिकै घनिष्ट सम्बन्ध भएका व्यक्ति हुन् । ओली सरकारले नै उनका दाइ सुशिल भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गरेको थियो । त्यसैले, दिपक भट्टले नै सीसीटीभी फुटेज माग्ने र संसदीय छानबिन समिति बनाउने मागबाट पछि हट्न एमालेका अध्यक्ष ओलीलाई नै ‘कन्भिन्स’ गराए । त्यहीँ कारण एमालेले सीसीटीभी फुटेज र संसदीय छानबिन समितिको माग छोडिदियो ।यति मात्रै होइन, असार २ गते संसदमा बजेटबारे अर्थमन्त्री शर्माले जवाफ दिने कार्यक्रम नै बहिष्कार गरेर बजेट सजिलै पास गर्न सहयोग गरिदियो । उपभोक्ता हित संरक्षण मञ्चले जेठ १४ गते साँझ ६ बजेदेखि १५ गते बिहान सम्मको सीसीटीभी फुटेज उपलब्ध गराउन माग गर्दै अर्थमा पत्र पठाएको थियो । उक्त पत्रको जवाफ दिँदै असार १९ गते आइतबार अर्थ मन्त्रालयले ‘फुटेज डिलिट भयो’ भनिदियो ।

सीसीटीभी फुटेज खै ? मेटियो !

१९ असार, काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज सुरक्षित नरहेको बताएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै आएको थियो । अर्थमन्त्री शर्माले एमालेको आरोपको खण्डन गरे पनि सीसीटीभी फुटेजबारे भने मन्त्रालय बोलेको थिएन । […]