भन्सार एजेन्टमा २ दशकदेखि सिण्डिकेट : १७० जनाको भरमा २० खर्बको व्यापार, पटक-पटक परीक्षा स्थगित !

काठमाडौं। भन्सार विभागले नाका बढेअनुसार भन्सार एजेन्टको आवश्यकता रहेको भन्दै गत वर्ष २०७७ चैत १६ गते ६६० जना भन्सार एजेन्टका लागि दर्खास्त आह्वान गरेको थियो । उक्त संख्यामा भन्सार एजेन्ट भर्नाका लागि दर्खास्त आह्वान गर्दा ९ हजार २३ जनाले आवेदन दिएका थिए । त्यसको परीक्षा यहि शनिवार (२८ फागुन)का लागि तय गरिएको थियो ।  भन्सार एजेन्टका लागि आवेदन माग गर्दा संविधान अनुसार समावेशी नभएको भन्दै पाटन उच्च अदालतमा रिट परेको थियो । रिटमा भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश दिन माग गरिएको थियो । पाटन उच्च अदालतले आगामी ६ चैतमा दुवै पक्षलाई छलफलमा बोलाएर अन्तरिम आदेश दिने वा नदिने निर्णयमा पुग्न उपयुक्त देखिएको भन्दै तत्कालका परीक्षा स्थगित गर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । गत बिहीवार दिइएको अल्पकालीन अन्तरिम आदेशपछि भन्सार विभागले पनि शनिवारका लागि तोकिएको परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगति गरिएको जानकारी गराइसकेको छ । अब चैत ६ गते उच्च अदालत पाटनमा दुवैपक्षबीच छलफल भएपछि गरिएको निर्णय अनुसार अघि बढ्ने भन्सार विभागका प्रवक्ता पूण्यविक्रम खड्काले बताए ।  छिमेकी मुलुक भारतमा भन्सार एजेन्ट नियुक्तिका लागि हरेक वर्ष परीक्षा हुने गरेको छ । जापानले पनि वर्षेनी परीक्षा लिने गरेको छ । अष्ट्रेलियाले दिने भन्सार एजेन्टको इजाजतपत्र ३ वर्षका लागि मात्रै मान्य हुने व्यवस्था छ । मलेशियाले त निश्चित चुक्ता पूँजी भएका कम्पनीलाई मात्रै इजाजत पत्र दिने व्यवस्था गरेको छ ।  ‘हामीले हाम्रा कुरा उच्च अदालतमा राख्ने हो ।’ खड्काले भने, ‘अदालतले दुवै पक्षको कुरा सुनिसकेपछि गरेको निर्णय अनुसार अघि बढ्ने हो ।’ उसो त भन्सार एजेन्टको परीक्षा पहिलो पटक स्थगित भएको होइन । यसअघि पनि पटक पटक परीक्षा तालिका सार्वजनिक गर्दै स्थगित हुँदै आएको एजेन्टको तयारी गरिरहेकाहरू बताउछन् । विक्रम सम्वत २०२५ सालदेखि भन्सार एजेन्ट राख्ने व्यवस्था भएकोमा पछिल्लो समय करीब दुई दशक अघि मात्रै नयाँ एजेन्ट राखिएका थिए । २०५७ सालमा ५६ जना नयाँ एजेन्ट राखिएको भन्सारको तथ्याङ्क छ ।  भन्सार विभाग प्रवक्ता खड्काका अनुसार ती ५६ जना सहीत अहिले १७० जना एजेन्टले काम गरिरहेका छन् । एजेन्टले पनि आफ्ना बढीमा २ जना प्रतिनिधि राख्न पाउने व्यवस्था अनुसार करिब साढे ३ सय प्रतिनिधिले भन्सार जाँचपासमा काम गरिरहेका छन् । पुराना ऐन अनुसार राखिएका एजेन्टमा कम्प्युटर ज्ञानको अभाव रहेको र शैक्षिक योग्यता समेत नपुग रहेको भन्सार विभागकै अधिकारीहरू बताउँछन् । आवश्यकताका आधारमा एजेन्ट नियुक्त गर्न खोज्दा पनि विभाग सफल हुन सकिरहेको छैन । विभागले यसअघि २०६९ सालमा पनि भन्सार एजेन्टको भर्नाका लागि आवेदन माग गर्दै विज्ञापन गरेको थियो । त्यतिबेला पनि पुराना एजेन्टले चलखेल गरेर परीक्षा हुन नदिएको भन्सार एजेन्टको तयारी गरिरहेका एक विद्यार्थीले बताए । पछिल्लो समय गत वर्ष २०७७ चैत १६ मा भन्सार एजेन्टका लागि अन्तिमपटक विज्ञापन गरिएको हो । त्यसै विज्ञापनलाई लिएर सर्वोच्च र पाटन उच्च अदालतमा रिट परेका थिए । सर्वोच्च अदालतले तत्काल परीक्षा सञ्चालन नगर्नु भन्दै आदेश दिएपछि स्थगित गरिएको परीक्षा पछि सर्वोच्चकै आदेश अनुसार फागुन २८ गतेको लागि मिति तय भएको थियो । सर्वोच्चमा रिट परेकै बेला पाटन उच्च अदालतमा परेको रिटको फैसला परीक्षा हुनु २ दिन अघि मात्रै भएपछि २८ गतेका लागि तोकिएको परीक्षा पनि स्थगित भएको छ । अहिले ७ लाख रुपैयाँ धरौटी र वार्षिक ७ हजार रुपैयाँ तिरेर भन्सार एजेन्टको अनुमति नविकरण हुँदै आएको छ । नयाँ एजेन्ट नियुक्तका लागि विभागले पटक पटक आवेदन माग गरेपनि परीक्षा लिन सकिरहेको छैन । अन्य देशमा ६/६ महीनामै परीक्षा, नेपालमा २ दशकसम्म पनि असम्भव छिमेकी मुलुक भारतमा भन्सार एजेन्ट नियुक्तिका लागि हरेक वर्ष परीक्षा हुने गरेको छ । जापानले पनि वर्षेनी परीक्षा लिने गरेको छ । अष्ट्रेलियाले दिने भन्सार एजेन्टको इजाजतपत्र ३ वर्षका लागि मात्रै मान्य हुने व्यवस्था छ । मलेशियाले त निश्चित चुक्ता पूँजी भएका कम्पनीलाई मात्रै इजाजत पत्र दिने व्यवस्था गरेको छ ।  नेपालमा भने जम्मा १७० जना एजेन्टको सिन्डिकेट रहेको छ । नयाँ एजेन्टको परीक्षा हुनै नदिन उनीहरूले चलखेल गर्दै आएको परीक्षाको तयारी गरिरहेकाहरू बताउँछन् । उनीहरूले परीक्षा नै हुन नदिन चलखेल मात्रै गर्दैनन्, नयाँ एजेन्ट हुन चाहनेहरूलाई अरुनै पेशा व्यवसाय गरेर खान धम्की समेत दिने गरेको एक परीक्षार्थीले बताए । कसरी लाभ पाउँछन् भन्सार एजेन्टले? भन्सार ऐन २०६४ मा कुनैपनि आयात/निर्यात हुने मालवस्तु भन्सार कार्यालयबाट वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि सम्बन्धित आयात/निर्यातकर्ताको प्रतिनिधि राख्ने व्यवस्था गरिएको छ ।  यहि रफ्तारमा आयात बढीरहे नेपालको व्यापार २० खर्ब रुपैयाँ नाघ्ने अनुमान छ । तर यतिका व्यापार हुने देशमा भन्सार एजेन्टको संख्या भने १७० जना मात्रै छन् । जस अनुसार एउटा एजेन्टको भागमा औषत १० अर्ब रुपैयााको व्यापार हुने देखिन्छ । त्यसका लागि भन्सार विभागबाट अनुमति लिनुपर्ने व्यवस्था सोही ऐनको दफा ५१ मा गरिएको छ । यसरी अनुमति लिएर भन्सार एजेन्ट तोकिएका व्यक्तिले आयात तथा निर्यात गर्दा एउटा सवारी साधनको काम गरेबापत २ हजारदेखि १० हजार रुपैयाँसम्म कमिशन लिने गरेको एक व्यवसायीले बताए । सवारी साधनमा आयात तथा निर्यात भइरहेको वस्तुको परिमाण घोषणा गर्दा धेरै सामानलाई थोरै देखाएर अनधिकृत आम्दानी गर्न पाइने भएकाले पनि नयाँ एउजे‍न्टलाई रोक्न ठूलै चलखेल हुने गरेको एक परीक्षार्थीले बताए । २० खर्बको व्यापार जाँचपासमा १७० जना मात्रै एजेन्ट ! गत आर्थिक वर्षमै करीब १७ खर्ब रुपैयाँको आयात निर्यात व्यापार गरेको भन्सार विभागले चालू आर्थिक वर्षको ७ महीनामै करीब १३ खर्ब रुपैयाँको आयात निर्यात व्यापार गरिसकेको छ । यहि रफ्तारमा आयात बढीरहे नेपालको व्यापार २० खर्ब रुपैयाँ नाघ्ने अनुमान छ । तर यतिका व्यापार हुने देशमा भन्सार एजेन्टको संख्या भने १७० जना मात्रै छन् । जस अनुसार एउटा एजेन्टको भागमा औषत १० अर्ब रुपैयााको व्यापार हुने देखिन्छ । सरकारले चोभार, टिमुरे लगायतका ठाउँमा सुख्खा बन्दरगाह निर्माण गरिरहेको छ । कतिपय बन्दरगाहा त निर्माण सकिएर सञ्चालनको अन्तिम तयारीमा छन् । तिनै बन्दरगाहाको लागि समेत भन्सार एजेन्ट चाहिने हुनाले थप एजेन्ट माग गरिएकोमा पुराना एजेन्टकै जोडबलमा अनेकौ बाहाना झिकेर परीक्षा हुन नदिएको सरोकारवालाको आरोप छ ।

सम्बन्धित सामग्री

सिटिइभिटीका सबै परीक्षा स्थगित

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढेपछि परीक्षा स्थगित गर्ने निर्णय गरिएकाे परिषदका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।उनले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लोकसेवा आयोग लगायतले परीक्षा स्थगित गरेकोले पनि स्थगित गर्न बाध्य भएको बताए। ‘परीक्षा स्थगित गर्ने बाध्यता नै आइपर्‍याे, भोलि गोरखापत्रबाट सूचना पनि जारी गर्छौँ,’उनले भने।परिषदका अनुसार अर्काे सूचना जारी नहुञ्

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायको परीक्षा स्थगित गरेको छ। कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको हो।...

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालयले कोरोना संक्रमण दर बढेपछि सबै परीक्षा स्थगित गरेको छ।विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले पूर्वप्रकाशित तालिका अनुसारको माघ मसान्त सम्मका सबै परीक्षा स्थगित गरिएको जानकारी दिए। उनका अनुसार वर्ष/सेमेष्टरका सञ्चालन भइरहेका परीक्षा र बाकी परीक्षा स्थगित गरिएको छ। त्रिभुवन विश्वविद्यालयले पनि बिहीबार सबै परीक्षा स्थगित गरेकाे थियाे।(हेर्नुहोस सूचना)

पूर्वाञ्चल विश्वविद्यालयको सबै परीक्षा स्थगित

काठमाडौँ, ७ माघ: पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित भएको छ । आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको हो । परीक्षा नियन्त्रक मोहन बस्नेतका अनुसार आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आज हामी बैठक बसिरहेका र नौ गतेदेखि माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय उनले बताए । […]

त्रिविको सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ।

त्रिविका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालययले वार्षिक  तथा समेष्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगित गरेको छ । अर्काे सूचना प्रकाशित नभएसम्मका लागि माघ ९ गतेदेखि सम्पूर्णा परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । त्रिविले बिहीबार विज्ञप्ति...

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं। कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको परीक्षा कोरोना महामारीका कारण जोखिम भएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो। निरन्तर बढिरहेको कोरोना महामारीका कारण परीक्षा स्थगित गर्ने सीसीएमसीको सुझाव, विद्यार्थी संगठन र अभिभावकको मागअनुसार परीक्षा स्थगित भएको छ।

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आज बोर्डले बैठक बसी कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले परीक्षा स्थगित गर्ने निर्णय भएको जनाएको छ । हिजो स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफरिस गरेको खुलाएका थिए । उनले […]

भन्सार एजेन्टको परीक्षा स्थगित

काठमाडौं। यही जेठ २२ गतेलाई तोकिएको भन्सार एजेन्टको परीक्षा स्थगित बनेको छ। अर्थमन्त्रालय अन्तर्गतको भन्सार विभागले दिएको जानकारीअनुसार परीक्षा स्थगित भएको हो। विभागले कोरोना महामारीको दोस्रो लहरका कारण परीक्षा स्थगित भएको जानकारी दिएको छ। परीक्षाको अर्को मिति तोक्दा १५ दिनको समय दिने बताइएको छ।

भन्सार एजेन्टको परीक्षा स्थगित

काठमाडौं। यही जेठ २२ गतेलाई तोकिएको भन्सार एजेन्टको परीक्षा स्थगित बनेको छ। अर्थमन्त्रालय अन्तर्गतको भन्सार विभागले दिएको जानकारीअनुसार परीक्षा स्थगित भएको हो। विभागले कोरोना महामारीको दोस्रो लहरका कारण परीक्षा स्थगित भएको जानकारी दिएको छ। परीक्षाको अर्को मिति तोक्दा १५ दिनको समय दिने बताइएको छ।