भन्सार एजेन्टको परीक्षा स्थगित

काठमाडौं। यही जेठ २२ गतेलाई तोकिएको भन्सार एजेन्टको परीक्षा स्थगित बनेको छ। अर्थमन्त्रालय अन्तर्गतको भन्सार विभागले दिएको जानकारीअनुसार परीक्षा स्थगित भएको हो। विभागले कोरोना महामारीको दोस्रो लहरका कारण परीक्षा स्थगित भएको जानकारी दिएको छ। परीक्षाको अर्को मिति तोक्दा १५ दिनको समय दिने बताइएको छ।

सम्बन्धित सामग्री

शनिवार हुने तय भएको भन्सार एजेन्टको लिखित परीक्षा रोक्न अदालतको आदेश

उच्च अदालत पाटनले फागुन २८ गतेको लागि तय भएको भन्सार एजेन्टको लिखित परीक्षा रोक्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले शनिबार हुन लागेको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको हाे ।क्रिष्टिना थैवले भन्सार विभागले प्रकाशित गरेको सूचना समावेशी नभएकाले परीक्षा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेकी थिइन् । सो को सुनुवाई गर्दै अदालतले  ‘भन्सार एजेन्टको दरखास्त आह्वान गर्दा नेपालको संविधानको धारा ४२ बमोजिम समानुपातिक समावेशी सिद्धान्तको आधारमा सूचना निकाल्नु पर्नेमा सो बमोजिम प्रकाशित भएको नेदेखिदा भन्सार एजेण्टको परीक्षा दुवै पक्ष बीच छलफल नभए सम्मलाई स्थगित गर्नु’ भन्ने आदेश दिएको हो । अदालतले चैत्र ६ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।भन्सार विभागले भन्सार एजेण्टको परिक्षा  फागुन २८ गते दिउँसो २ बजे हुने गरि तय गरेको थियो ।  विभागले ४५ वटा परीक्षा केन्द्र तोकेको थियो । विभागले हरेक परिक्षा केन्द्रमा २०० विद्यार्थी रहने तय गरेको थियो । एउटा केन्द्रमा भने २२३ विद्यार्थी रहने तय भएको थियो । दोहोरो आवेदन दिएका १८ जना आवेदकको आवेदन विभागले रद्द गरेको थियो । यस हिसाबमा कुल ९ हजार २३ जना परीक्षार्थी कायम भएका थिए। विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो ।

स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षाको नयाँ मिति तय

स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते हुने भएको छ । भन्सार विभागले सूचना जारि गर्दै फागुन २८ गते दिउँसो २ बजे परिक्षा संचालन गर्ने जनाएको हो ।यसअघि कोरोना महामारीका कारण परीक्षा स्थगित भएको थियो। भन्सार विभागले माघ २९ का लागि निर्धारण गरेकोमा लिखित परीक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरिएको थियो । विभागले अब  नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) बमोजिम लिखित परीक्षा सञ्चालन गर्ने जनाएको छ ।यसअघि २०७७ चैत १६ गते सूचना जारी गरी पिभागले २०७८ जेठ २२ गतेका लागि परीक्षा तोकेको थियो । तर, अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले रिट खारेज गरिसकेपछि विभागले लामो समय लगाएर परीक्षाको तयारी गरेको थियो । त्यसपछि पुनः कोरोनाको महामारीका कारण परीक्षा रोकिएको थियो। विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो । नयाँ लाइसेन्सका लिन ९ हजार परीक्षार्थीले फाराम भरेका छन् ।

एजेन्ट परीक्षामा भन्सार विभागको गोलमाल !

७ पुस, काठमाडौं । शुक्रबार भन्सार विभागले फैलिँदो कोरोना संक्रमणलाई मध्यनजर गर्दै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको जानकारी दियो । तर, अचम्म चाहिँ के छ भने भन्सार विभागले भन्सार एजेन्ट लिखित परीक्षाको मिति र समय नै किटान गरेको थिएन । झण्डै ९ हजार आवेदकहरु अहिले परीक्षा मिति र समय कुरेर बसेका छन् । गत […]

रोकिएको भन्सार एजेन्टको लिखित परीक्षा कहिले होला ?

लामो समयदेखि भन्सार एजेन्टको नयाँ लाइसेन्सको परीक्षा रोकिएको छ । अदालतमा रिट निवेदन परेपछि रोकिएको परीक्षा रिट खारेज भईसकेपनि पनि सूचारु हुन सकेन । तर, भन्सार विभागले भने यसलाई प्राथमिकतामै राखिएको बताएको छ ।२०७७ चैत १६ गते सूचना जारी गरी २०७८ जेठ २२ गतेका लागि तोकिएको भन्सार एजेन्टको लिखित परीक्षा रोकिएको थियो । परीक्षाका लागि मिति तोकिँदा परीक्षा हुने दिनभन्दा न्यूनतम १५ दिन अगाडी अर्को सूचना जारी गरिने विभागले जनाएको छ ।आँखिर किन भयो ढिला ?अहिले भन्सार विभागले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का बताउँछन् । उनका अनुसार रिट खारेज भएपछि नै विभागले भन्सार एजेन्टको परीक्षा सम्बन्धि प्रक्रियालाई तीव्रता दिएको छ ।यस विषयमा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहने समितिले पनि काम गरिरहेको छ । समितिका संयोजकसमेत रहेका विभागका उपमहानिर्देशक अच्युत सिवाकोटीका अनुसार पाठ्क्रम तर्जुमा, प्रश्नपत्र तयार, प्रश्नपत्र जाँच गर्ने जनशक्ति, परीक्षा केन्द्र तोक्ने, सुरक्षाको प्रवन्ध मिलाउने लगायतका काम अहिले समितिले गरिरहेको छ ।यसअघिःभन्सार एजेन्टको लाइसेन्स परीक्षा स्थगितउनले तयारीमा समय खर्चिनु परेकाले केही ढिलाई भएको र जतिसक्दो चाँडो परीक्षा सञ्चालन गर्ने गरी विभागले काम अघि बढाईरहेको छ । उनले एकाध महिनाभित्रै सूचना जारी हुन सक्ने संकेत गरेका छन् ।कति छन् परीक्षार्थी ?लिखित परीक्षा र अन्तर्वार्तामा पास भएपछि ७ लाख रुपैयाँ धरौटी राखी एजेन्ट लाइसेन्स लिन सकिने प्रावधान छ । विभागले २० वर्षपछि ६६० जना भन्सार एजेन्ट थप गर्न लागेको हो ।विभागका अनुसार ९ हजार परीक्षार्थी सहभागी हुँदैछन् । यी मध्ये ६६० जनाले मात्रै भन्सार एजेन्टको लाइसेन्स पाउँनेछन् । ९ हजार परीक्षार्थीका लागि न्यूनतम् ५० वटा परीक्षा केन्द्र आवश्यक देखिएको उपमहानिर्देशक सिवाकोटी बताउँछन् । उनका अनुसार अहिले परीक्षा केन्द्रका लागि काठमाडौँभित्र कलेजहरु भाडामा लिने गरी खोजी कार्य सुरु गरिएको छ ।यो पनिःधेरै पढेका भन्सार एजेन्ट आउने भएपछि डरायो महासंघ, योग्यता घटाउन माग

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

बीस वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकैपटक ६६० एजेन्टका लागि एजाजत खुला गरिएको थियो।

भन्सार एजेन्टको परीक्षा स्थगित

भन्सार एजेन्टको परीक्षा स्थगित भएको छ । भन्सार विभागले एक सूचना जारी गर्दै भन्सार एजेन्ट छनौटको लिखित परीक्षा स्थगित भएको जनाएको छ ।कोभिड-१९ बाट सृजित असामान्य परिस्थितीको कारण लिखित परीक्षा स्थगित गर्नु परेको विभागले भनेको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि लिखित परीक्षा स्थगित गरिएको छ । भन्सार विभागले अर्को परीक्षा हुनुभ...

भन्सार विभागले स्थगित गर्‍यो भन्सार एजेन्टको लिखित परीक्षा, अब कहिले हुन्छ ?

भन्सार विभागले रिक्त रहेको भन्सार एजेन्ट पद पूर्तिका लागि पूर्वनिर्धारित लिखित परीक्षा स्थगित गरेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै विभागले परीक्षा स्थगित गरेको शुक्रवार जनाएको छ ।  यसअघि आगामी जेठ २२ गतेका लागि भन्सार एजेन्टको लिखित परीक्षाको मिति तोकिएको थियो ।  अब परीक्षा कहिले हुन्छ भन्ने अनिश्चित छ । निषेधाज्ञा लम्बिँदै गएमा यो परीक्षाको समय पनि लम्बिँदै जाने छ ।  विभागले परीक्षा सञ्चालन हुनु १५ दिन अगाडि सूचना निकालेर परीक्षाको मिति तोकिने जनाएको छ ।  यस्तो छ सूचना