थप १२१ मा कोरोनाको संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ । ३ हजार ४५ जनाको नमुना परीक्षण गर्दा आरटी पिसिआर विधिबाट १०४ र एन्टिजेन विधिमार्फत १७ जनामा कोरोना पुष्टि भएको हो ।सबैभन्दा धेरै संक्रमित काठमाडौँमा भेटिएका छन् । यहाँ ७२ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या बढेर ६७८ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन ।

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कोरोनाको संक्रमण बढ्यो

काठमाडौं । केही महिनायता कोरोना संक्रमणदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । भारतबाट घर फर्किने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । चैत महिनामा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना संक्रमित भेटिन थालेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि […]

भारतबाट फर्कनेमा कारोनाको सङ्क्रमण देखिँदै

पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ। भारतबाट फर्कनेमा कोरोनाको संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन्।

थप ३५७ जनामा कोरोनाको संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५७ मा कोरोनाको संक्रमण देखिएको छ । ३ हजार ३२८ जनामा गरिएको नमुना परीक्षणमा आरटी पीसीआर विधिबाट २६८ जनामा र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना पुष्टि भएको हो ।यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या १९८२ पुगेको छ । सो अवधिमा ६२ जना निको समेत भएका छन् । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन ।

थप १७७ जनामा कोरोनाको संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा १७७ जना कोरोनाको संक्रमित थपिएका छन् । ३ हजार १ सय २६ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट १४४ जनामा र एन्टिजेन विधिबाट ३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । यस्तै ४१ जना अस्पतालबाट डिस्चार्जसमेत भनेका छन् । सो अवधिमा कोरोनाको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

चीनमा घट्यो कोरोनाको संक्रमण

एजेन्सी – चीनको सांघाइमा कोरोनाको संक्रमण घटेको पाइएको छ। त्यहाँ गएको २४ घन्टामा त्यहाँका स्थानीय स्तरमै संक्रमित भएकाको संख्या ८२ मात्र रहेको छ। त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा चीनको सांघाइ सहरमा संक्रमित व्यक्तिमध्ये ८२ जना स्थानीय स्तरमै संक्रमित भएकाहरु पाइएका छन्। उता त्यहाँ बाहिरबाट आएका अन्य संक्रमितहरु भने २६३ जना रहेका छन्। ती […]

कोरोनाको संक्रमण दर घट्यो, परीक्षण गरेका एकतिहाइभन्दा कममा पोजिटिभ

कोरोनाको संक्रमण दर घट्दै गएको पाइएको छ । गत हप्ताको तुलनामा संक्रमणदर औसतमा ४ प्रतिशतले कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  अहिले संक्रमणदर पीसीआरमा ४१.२ प्रतिशत छ । अघिल्लो हप्ता ४७.२ प्रतिशत थियो । ​एन्टिजेनको भने ०.३ प्रतिशत बढेर ३२.९ छ ।  औसतमा हेर्दा संकमणदर घटेको मन्त्रालयको भनाइ छ ।  पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ नमूना परीक्षणमध्ये ३०४९ पीसीआर र ४९१ जनामा एन्टिजेन पोजिटिभ ...

अमेरिकामा पछि हट्दै ओमिक्रोन

कोरोनाको ओमिक्रोन भेरियन्टले आक्रान्त पारेको अमेरिकामा पछिल्लो समय कोरोनाको संक्रमण घट्दो रहेको छ । कोरोनाको संक्रमण घट्दो रहेका राज्यहरु बढिरहेका छन् भने डेल्टाको तुलनामा कोरोनाको ओमिक्रोन भेरियन्टबाट सिकिस्त हुने दर पनि निकै कम रहेको छ । र, कोरोनाबिरुद्धको भ्याक्सिन अर्थात् बुस्टर शटले पनि प्रभावकारी रुपमा नै काम गरिरहेको छ । खासगरी बुस्टर शटका कारण अस्पताल […]

प्रदेश १ मा एक सय ६६ सुरक्षाकर्मीमा कोरोनाको संक्रमण

विराटनगर / प्रदेश १ मा कोरोनाको दोस्रो लहर सुरु भएयता हालससम्म एक सय ६६ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको छ । अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षाको नियमित काम कारबाहीसँगै सीमा क्षेत्रमा अवैध आवतजावत रोक्न र कोरोना नियन्त्रणमा सक्रियताका साथ लागेका सुरक्षाकर्मी संक्रमित बनेका हुन् । संक्रमित हुनेमा एक सय ३४ जना नेपाल र ३२... The post प्रदेश १ मा एक सय ६६ सुरक्षाकर्मीमा कोरोनाको संक्रमण appeared first on Purbeli News.

भारतबाट घर फर्कने लहर चल्यो

कञ्चनपुर, बैशाख १७ । भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि महाराष्ट्रलगायत विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ १ हजारभन्दा बढी नेपाल भित्रिरहेका छन्। नेपाल भित्रिरहेकामा जाँच गर्दा कोरोनाको संक्रमण देखा परेको छ। दोस्रो लहरमा तीव्र रुपमा कोरोनाको संक्रमण फैलिरहेका […]

भारतबाट फर्केकामा नयाँ ‘भेरियन्ट’को कोरोना संक्रमण

भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको संक्रमण भएको पुष्टि भएको छ