थप १७७ जनामा कोरोनाको संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा १७७ जना कोरोनाको संक्रमित थपिएका छन् । ३ हजार १ सय २६ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट १४४ जनामा र एन्टिजेन विधिबाट ३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । यस्तै ४१ जना अस्पतालबाट डिस्चार्जसमेत भनेका छन् । सो अवधिमा कोरोनाको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

सम्बन्धित सामग्री

थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२४ जनामा गरिएको नमुना परीक्षणमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा १६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल नेपालमा एक हजार ७४० जना संक्रिय संक्रमित रहेका छन् ।

थप ३४७ मा कोरोना संक्रमण, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोनाको संक्रमण देखिएको छ । ३ हजार ८८८ को नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ३०३ र एन्टिजेन विधिमार्फत् ४४ मा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ ।पछिल्लो समय संक्रमण बढेसँगै नेपालमा २४ घण्टाभित्र काेनाको सक्रिय संक्रमित ३ हजार १७७ पुगेका छन् ।  सो अवधिमा ९५ जना डिस्चार्जसमेत भएका छन् ।

थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८३८ को नमुना परीक्षण गरिएकोमध्ये आरटी पिसिआर विधिबाट ३८४ र एन्टीजेन विधिबाट ७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या २ हजार ८४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । सो अवधिमा कसैको पनि मृत्यु भएको छैन ।

थप ३५७ जनामा कोरोनाको संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५७ मा कोरोनाको संक्रमण देखिएको छ । ३ हजार ३२८ जनामा गरिएको नमुना परीक्षणमा आरटी पीसीआर विधिबाट २६८ जनामा र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना पुष्टि भएको हो ।यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या १९८२ पुगेको छ । सो अवधिमा ६२ जना निको समेत भएका छन् । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन ।

थप १२१ मा कोरोनाको संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ । ३ हजार ४५ जनाको नमुना परीक्षण गर्दा आरटी पिसिआर विधिबाट १०४ र एन्टिजेन विधिमार्फत १७ जनामा कोरोना पुष्टि भएको हो ।सबैभन्दा धेरै संक्रमित काठमाडौँमा भेटिएका छन् । यहाँ ७२ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या बढेर ६७८ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन ।

थप ९८ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोनाको संक्रमण देखिएको छ । कूल २१ सय ५४ जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ८३ र एन्टीजेन विधिबाट १५ जनामा कोरोनाको संक्रमण देखिएको हो । यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ ।यस्तै, यो अवधिमा २७ जना निकोसमेत भएका छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

थप ४० जनामा कोरोना संक्रमण

नेपालमा थप ४० जनामा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत् ३४ जना र एन्टीजेन विधिमार्फत् थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । यस्तै, सो अवधिमा १९ जना निकोसमेत भएका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।आइतबार ५३ जनामा कोरोना पुष्टि भएको थियो ।

थप २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २५४ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, शनिबार १६ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १५० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ […]

थप ७ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४३७ जनाको नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, शुक्रबार १६ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १६४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ […]

थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १ हजार ७५७ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६२ हजार ५७० पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६ हजार ८६७ जना पुगेको छ । यस्तै निको हुनेको कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ भने