कोरोनाको संक्रमण दर घट्यो, परीक्षण गरेका एकतिहाइभन्दा कममा पोजिटिभ

कोरोनाको संक्रमण दर घट्दै गएको पाइएको छ । गत हप्ताको तुलनामा संक्रमणदर औसतमा ४ प्रतिशतले कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  अहिले संक्रमणदर पीसीआरमा ४१.२ प्रतिशत छ । अघिल्लो हप्ता ४७.२ प्रतिशत थियो । ​एन्टिजेनको भने ०.३ प्रतिशत बढेर ३२.९ छ ।  औसतमा हेर्दा संकमणदर घटेको मन्त्रालयको भनाइ छ ।  पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ नमूना परीक्षणमध्ये ३०४९ पीसीआर र ४९१ जनामा एन्टिजेन पोजिटिभ ...

सम्बन्धित सामग्री

दुई सातामै चार गुणा बढ्यो कोरोनाको संक्रमण दर

१५ असार, काठमाडौं । पछिल्ला केही दिनयता कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एन्टीजेन र पीसीआर गरी १ हजार ६ सय २० नमुना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भयो । जुन कुल परीक्षणमध्ये ३ दशमलव ४६ प्रतिशत हो । १ असारमा संक्रमणदर ० दशमलव ६४ प्रतिशत मात्र […]

नेपालमा कोरोनाको संक्रमण दर बढेर चार प्रतिशत पुग्यो, दुई सय ६१ संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२० नमुना परीक्षण गरिदा ६२ नमुनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोनाको संक्रमण दर बढेर चार प्रतिशत पुग्यो, दुई सय ६१ संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२० नमुना परीक्षण गरिदा ६२ नमुनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेमा संक्रमण दर ७२, निको हुने दर ९३ प्रतिशत

नेपालगञ्ज – बाँकेमा बिहीबारको कोरोनाको संक्रमण दर ७२ प्रतिशत रहेको छ । निको हुने दर यो भन्दा बढी रहेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार, संक्रमण दर ७२.५ प्रतिशत र निको हुने दर ९३.९ प्रतिशत रहेको छ । यहाँका तीन वटा ल्याबमा एक सय ८२ जनाको परीक्षण गर्दा […]

कोरोना संकटले च्यापेको नेपाली वित्तीय क्षेत्र

कोरोना महाव्याधि (कोभिड–१९) का कारण विगत अढाइ वर्षदेखि विश्व मानवीय जगत् आतंकित, त्रस्त र भयभीत मात्र होइन, समग्र अर्थतन्त्र नै प्रभावित भइरहेको छ । विश्वभर यसले लाखौंको ज्यान लिइसकेको छ भने नेपालमा हालसम्म ११ हजार ६७० जनाले ज्यान गुमाउन पुगे । अहिले कोरोनाको नयाँ उत्परिवर्तित रूप ओमिक्रनसहितको महाव्याधिको तेस्रो लहरले नेपाललाई गाँज्न थालेको छ । यसपटक कोरोनाको यो नयाँ उत्परिवर्तित रूपको आतंक निकै तीव्र पनि देखिएको छ । त्यसको संकेततर्फ विज्ञहरूले बेलैमा औंल्याएका हुन्, भारतीय क्षेत्रमा केही महीनापहिल्यै देखिइसक्दा समेत नेपालले बेलैमा सतकर्ता अपनाउन सकेन । यसबाट के अनुमान हुन्छ भने पहिलो र दोस्रो लहरको भयावहबाट पनि हामीले कुनै गतिलो पाठ सिकेका रहेनछौं । यतिखेर दक्षिणको सीमा नाकाबाट भित्रिनेहरूको भीड थामी नसक्नुछ । तिनका व्यवस्थापन पनि लथालिङ छन् । पहिलेका एकान्तवासका संरचनाहरू पनि भताभुंग भइसकेका रहेछन् । लागेको के रहेछ भने अब दोस्रो लहरपछि तेस्रो लहर आउँदैन वा नेपालबाट कोरोना नै सकियो । त्यसैले यसको व्यवस्थापनसित जोडिएकाहरूले त्यसको आवश्यकता देखेनन् । नत्र त्यस्ता संरचनाहरू अहिल्यै त्यसरी भताभुंग भइहाल्नु नपर्ने हो । त्यस्ता संरचना त स्थायी खाले हुनुपर्ने हो । जस्तो सीमानाकाबाट प्रवेश हुनेहरूको स्वास्थ्य चेकजाँच, तिनको परीक्षण, क्वारन्टाइन र बसोवासपछि सुरक्षित तवरले आआफ्ना गन्तव्य प्रस्थानको कार्यलाई गएको अढाइ वर्षमा निरन्तरता दिइनुपथ्र्यो । अहिले पनि गर्न नसकिने होइन । किनभने भारतीय क्षेत्रमा ओमिक्रन भेटिएको केही साताभित्रै नेपालमा कोरोनाको संक्रमण तीव्र हुन थालेकाले हामीले यसको व्यवस्थापनमा जहिल्यै सतर्कता अपनाउनुपर्छ भन्ने पाठ सिक्नैपर्ने भएको छ । तर, यो पाठ सिक्नुपर्ने जिम्मेवार निकायहरूले चाहिँ सिकेनन् वा सिक्नै चाहेनन् । अब यो विपद् हाम्रो जीवनसितै उठबस गर्ने सम्भावनालाई नकार्न सकिँदैन । त्यसैले सरकार, संघीय होस् कि स्थानीय अब सबैको ध्यान सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरूको कोरोना संक्रमणको अवस्थितिको कडा निगरानी गर्नु नै प्रमुख रहनुपर्छ । त्यहाँ कोरोना परीक्षणका लागि स्थायी र बलियो संरचनाहरूको उपस्थितिको खाँचो देखिएको छ । यतिखेर अरू सबै काम छाडेर भए पनि त्यसको व्यवस्थापनमा चनाखो हुने हो भने यसको नियन्त्रण व्यवस्थित गर्न सकिन्छ र कोरोनाको पैmलावटको चेनलाई धेरै हदमा नियन्त्रण गर्न सकिन्छ । तर, हाम्रा सीमा नाकाहरूमा रहेका स्वास्थ्य पूर्वाधारका हालको संरचना हेर्दा भने त्यो निकै टिठलाग्दो भेटिएको हुँदा त्यसमा बेलैमा सुधारको खाँचो पनि देखिएको छ । १० दशमलव ५ प्रतिशतको ब्याजदरमा पनि बैंक निक्षेप आकर्षित नहुनु भनेको बैंकहरूको मौजुदा निक्षेप नीतिमाथि आम नागरिकको भरोसा कम हुँदै जानु हो । यसैले अब सरकारले नै ब्याज आयमा छूट दिने नीति ल्याउनैपर्छ । यसै परिप्रेक्ष्यमा केरोना विपद्ले थलिएको नेपालको वित्तीय क्षेत्र विगत केही समयमा केही लयमा आउँदै गर्दा यसको तेस्रो लहरको चेपुवामा पो पर्ने हो कि भन्ने त्रास थपिएको छ । विगतका दुई लहरपछि केही शान्त अवस्थामा रहेका बेला सरकारले बन्दाबन्दीका नियन्त्रणमा देखाएको खुकुलोपनसितै आर्थिक कार्यकलापहरू पनि चलायमान हुन थालेकै थिए । केन्द्रीय बैंकले वित्तीय क्षेत्रका सेवाग्राहीहरूका लागि ल्याएको कतिपय राहतका व्यवस्थाहरू पनि गएको पुस मसान्तमा सकिएका थिए । बैंकहरूले तोकिएको क्षेत्रमा लगानी नगर्दा हुने जोखिमको राहत (जस्तै ः हर्जाना लाग्ने व्यवस्थाको राहत आदि ) भने आगामी असारसम्म कायम छन् । तर, अब तेस्रो लहरको चेपुवामा बैंक वित्तीय क्षेत्र पुनः पर्ने देखिएकाले सम्भवतः केन्द्रीय बैंकले यो क्षेत्रलाई पनि पुनरवलोकन गर्नुपर्ने हुन्छ । हालको कोरोनाकालीन अवस्थामा एसएमआईएस क्षेत्रमा तोकिएको १५ प्रतिशतको लगानीको सीमासमेत बैंक वित्तीय क्षेत्रले पुर्‍याउन नसक्ने अवस्था आएकाले त्यसको पनि पुनरवलोकनको खाँचो छ । खासगरेर, आर्थिक कार्यकलापहरू नै रोकिएका अवस्थामा जस्तै : पर्यटन व्यवसाय र त्यससित जोडिएका होटल, रेस्टुराँलगायत क्षेत्रमा केही गतिविधि बढ्दै गर्दा यस लहरले ती क्षेत्र पुनः नराम्ररी प्रभावित हुने भय छ । अहिले सरकारले पूर्ण बन्दाबन्दी नै त गरेको छैन तथापि बजारको भीडभाडमा भने सरकारी सूचना हुँदाहुँदै पनि कमी आएको देखिँदैन । सवारी साधनहरूमा देखिएको भीडभाडमा स्वास्थ्य मापदण्डको अनुपालना भएको देखिँदैन । मास्कको प्रयोग पनि पातलो छ । ओमिक्रनको संक्रमणबाट हुने मृत्युदर पहिलेको कोरोना भेरियन्टका तुलनामा कम भएकाले पनि यसपटक आम मानिसमा पहिलेजस्तो त्रास नदेखिएको हो । तर, त्यो कमीचाहिँ खोपको कारण हो भनेर आम नागरिकमा चेतना पुगेको देखिएन । नागरिकमा यस्तो त्रास कम हुनु राम्रै उपलब्धि भए पनि संक्रमण दर तीव्र भएकाले यसको आगत प्रभाव के हुन्छ अहिल्यै यसै भन्न सकिँदैन । त्यसैले बैंक वित्तीय क्षेत्रले पनि समयमै सचेतता अपनाउनु नै बढिया हो । बैंक वित्तीय क्षेत्र भनेको पनि सेवाग्राहीहरूमा प्रत्यक्ष सम्पर्कमा रहेर कार्यकलाप गरिने क्षेत्र भएकाले खासगरेर फ्रन्टडेस्कमा काम गर्नेहरूलाई यसको बढी जोखिम हुनेहुन्छ । त्यसैगरी नगद कारोबारमा बढी जोखिम हुने भएकाले फ्रन्टडेस्कमा काम गर्नेहरूका लागि पूर्ण सुरक्षाका व्यवस्था मात्र होइन, तिनले चनाखोसमेत हुनुपर्ने हुन्छ । संस्थाले पनि तिनका स्वास्थ्यका लागि जोखिमको थप सुरक्षा गर्नुपर्ने हुन्छ । यसका लागि भीडभाड कम गर्ने उपायहरूको खोजी आवश्यक छ । नगद कारोबारका वैकल्पिक उपायहरूलाई प्राथमिकता दिनु आवश्यक छ । त्यसैगरी केन्द्रीय बैंकले त्यस्तो सेवा दिने संस्थाहरूको सेवालगायत तिनले लिने सेवा शुल्कमा पनि निगरानी बढाउनुपर्ने हुन्छ । तिनले निःशुल्कै सेवा दिऊन् भन्ने आशय होइन । केन्द्रीय बैंक वा सम्बद्ध वित्तीय संस्थाहरूले तिनका प्रशासनिक खर्चहरू बेहोरिदिने व्यवस्था गर्न नसकिने होइन । यो कालमा कर्जा विस्तारमा सम्भावनाहरू निकै न्यून हुने देखिन्छ भने हाल वित्तीय संस्थाहरूमा तरलता अभावका कारण पनि चाहेजति कर्जा विस्तारको सम्भावना छैन । तर, कर्जा असुली पक्षमा भने केन्द्रीय बैंकले पुनः राहतको व्यवस्था अर्थात् म्याद थपजस्ता उपायहरू (ब्याज छूट होइन) ल्याउनु पर्ने हुनसक्छ । त्यसो भयो भने बैंकहरूको आयमा असर पक्कै पर्नेछ जसका कारण हालको मुनाफामा थप चाप पर्ने देखिन्छ । विगतमा कोरोनाकालीन समययमा केन्द्रीय बैंकले असल कर्जामा समेत अतिरिक्त जगेडा राख्नुपर्ने नीति लिएको थियो, जसले गर्दा बैंक वित्तीय संस्थाहरूको ठूलो रकम जोखिम कोषमा गएका कारण मुनाफामा प्रत्यक्ष असर परेकै हो । अब त्यो झनै बढ्नेछ । त्यसैले यो अतिरिक्त जगेडा कोषसम्बन्धी व्यवस्थामा पनि पुनरवलोकनको खाँचो देखिएको छ । यसैगरी हाल बैंकहरूमा निक्षेप परिचालन आकर्षित हुन सकेको छैन । १० दशमलव ५ प्रतिशतको ब्याजदरमा पनि बैंक निक्षेप आकर्षित नहुनु भनेको बैंकहरूको मौजुदा निक्षेप नीतिमाथि आम नागरिकको भरोसा कम हुँदै जानु हो । यसैले अब सरकारले नै ब्याज आयमा छूट दिने नीति ल्याउनैपर्छ । यसैगरी यो कोरोनाको संक्रमण कालमा बैंकहरूमा गएर निक्षेप राख्नका लागि विगतमा ५० हजारभन्दा कम रकम बैंकले नलिने गलत नीति बैंकहरूले ल्याएका कारण पनि नागरिकको बैंकप्रतिको विश्वासमा कमी आएको हो । अब त्यस्तो गलत नीति राखिनु हुँदैन भने प्रविधिका माध्यमबाट पनि निक्षेप जम्मा हुने व्यवस्थापट्टि कामहरू हुनुपर्छ । एटीएमबाट पैसा निकाले जसरी मेशिनहरूबाटै निक्षेप जम्मा गर्ने काम विदेशतिर पाइन्छन् । त्यसो गर्दा बैंक कर्मचारीहरूसितको प्रत्यक्ष सम्पर्कविनै निक्षेप जम्मा गर्न सकिन्छ । यसैगरी बैंकको कतिपय काम घरै बसेर पनि गर्न सकिने हुँदा केन्द्रीय बैंकले अब वर्क फ्रम होमको निर्देशिका पनि ल्याउनुपर्छ । त्यस विधिबाट आउनसक्ने सम्भावित साइबर सुरक्षाको जोखिम न्यूनीकरणका लागि कामहरू गर्नुपर्छ । उदाहरणका लागि, नेपालकै स्ट्यान्डर्ड चार्टर्ड बैंकले विगतको कोरोनाकालीन समयमा ७५ प्रतिशत कर्मचारीहरूले वर्क फ्रम होम प्रणालीबाटै काम गरेका थिए । त्यसको अनुभव पनि केन्द्रीय बैंकले लिन सक्छ । अब यो संक्रमणकालीन समयमा वित्तीय सेवाहरू प्रविधि मैत्री हुनु त जरुरी छ नै तर त्यसैको आडमा सेवाग्राहीका लागि त्यस्तो सेवा महँगोचाहिँ हुनु हुँदैन । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

असोजसम्म थप १ करोड खोप आउँछ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने बताएका छन् । हालसम्म १ करोड ८ लाख ६० हजार खोप प्राप्त भएको बताउँदै उनले १ महीनाभित्र त्यस बराबरको थप खोप आउने बताएका हुन् । बिहीवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेसम्ममा ४५ लाख ७० हजार ५५३ लाई पहिलो मात्रा र २८ लाख ८ हजार ३६० लाई दोस्रो मात्रा समेत गरी ७४ लाख ५ हजार ९१३ लाई कोभिडविरुद्ध खोप लगाइएको बताए । अघिल्लो सरकारले ४२ लाखलाई मात्र खोप लगाएको तथ्यांक उल्लेख गर्दै उनले सरकारले प्रत्येक दिन डेढ लाखदेखि २ लाखलाई खोप लगाउन थालेको बताए । यस हिसाबले असोजसम्ममा कुल जनसंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने उनको दाबी थियो । कुल ३ करोड ३६ लाख ७१ हजार डोज खोप खरीदका लागि प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले माघसम्ममा कुल ३ करोड २३ लाख खोप ल्याउने लक्ष्य लिएको बताए । लक्ष्यअनुसार उक्त संख्यामा खोप आपूर्ति भएमा नेपालमा उक्त अवधिसम्म कुल ५ करोड २२ लाख डोज आपूर्ति हुने जानकारी गराए । उनले कोभिड संक्रमणको अवस्था र त्यसको न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका थिए । सांसद्हरूले संक्रमण दर बढ्दै गएको र दशैंतिहार मुखैमा आएकोमा आवतजावत बढ्ने बताउँदै दशैंतिहार अघि नै धेरैभन्दा धेरैलाई खोप लगाउनुपर्ने बताएका थिए । बैठकमा एमाले सांसद् खेमप्रसाद लोहनीले भने, ‘चैत मसान्तसम्ममा धेरै ढिलो हुन्छ, चैत भन्यो असार जान्छ । त्यसकारण ४ महीनामा सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्नुपर्छ ।’ बैठकमा नेपाली कांग्रेसका सांसद् गगन थापाले सरकारले प्रशंसायोग्य काम गरिरहेकोमा व्यवस्थापनमा भने समस्या रहेको बताएका थिए । निषेधाज्ञा खुकुलो हुँदै गएपछि पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार मात्रै २४ घण्टाको अवधिमा १० हजार ८ सयको पीसीआर परीक्षण गर्दा ३ हजार २६० मा संक्रमण पुष्टि भएको छ भने थप ३२ जनाको कोभिडका कारण मृत्यु भएको छ ।

म्याग्दीका गाउँ–गाउँमा फैलियो कोरोना संक्रमण

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण भयावह रूपमा फैलन थालेको छ । जिल्ला सदरमुकाम बेनीबजारसँग जोडिएकासहित अन्य गाउँमा समेत संक्रमण तीव्र गतिमा फैलिएको छ । बेनी नगरपालिकाका ज्यामरुककोट, रत्नेचौर, भकिम्ली, सिंगा, डम्मरा, पुलाचौर, मंगलाघाट लगायत जिल्लाका सबै स्थानीय तहमा कोरोनाको संक्रमण ह्वात्तै बढेको छ । जिल्लामा दैनिक १ सयभन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीले बताएको छ । जिल्लाका मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा पनि कोरोना संक्रमण बढिरहेको सम्बन्धित स्थानीय तहका प्रमुखहरूले बताएका छन् । कोरोना संक्रमणपछि उपचारका क्रममा बेनी अस्पताल, पोखरा लगायत मृत्यु हुनेहरू पनि अधिकांश ग्रामीण क्षेत्रका छन् । पछिल्लो एक महिनाको अवधिमा गाउँघरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘कोरोना निकै फैलिन थालेको छ,’ उनले भने । त्यस्तै रघुगंगा र धवलागिरि गाउँपालिकामा पनि कोरोना संक्रमणको अवस्था उस्तै छ । गाउँपालिकाका विभिन्न गाउँमा धेरै नागरिक बिरामी परेको र स्वाब परीक्षण गरेका धेरैजसोमा संक्रमण पुष्टि भएको बताइएको छ । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा संक्रमण ह्वात्तै बढेको छ । यहाँ अहिले २६ जना सक्रिय संक्रमित छन् । एकै वडामा दर्जनौंको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, अझै स्वाब संकलन र परीक्षणको दायरा बढ्न सकेको छैन । पछिल्लो साताको अवस्था हेर्दा गाउँमा कोरोना संक्रमण डरलाग्दो रूपमा फैलिएको कोरोना नियन्त्रण अभियानमा सक्रिय बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुँवरले बताए । संक्रमित बढ्न थालेपछि स्थानीय जनप्रतिनिधि चिकित्सकसहित स्वास्थ्य सामग्री, औषधि र पोषिलो खानेकुरा बिरामीको घरदैलोमा पुग्न थालेका छन् । यसले संक्रमितको आत्मबल बढेको पाइएको छ । ‘हामी कोरोना संक्रमितको अवस्था बुझ्ने र उनीहरूलाई स्वास्थ्य परामर्श तथा औषधि प्रदान गर्ने अभियान लिएर संक्रमितको घरदैलोमै पुगेका छैं,’ बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले भने । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले अहिले संक्रमण दर बढ्नुको मुख्य कारण संक्रमित सुरक्षितसँग आइसोलेशनमा नबस्नु पनि एउटा कारण भएको बताए । ‘अहिले संक्रमण दर जे जसरी बढ्दो क्रममा देखिन्छ, यसमा संक्रमित र नागरिकको लापरबाही कारक छ,’ उनले भने, ‘साथै वैशाख महीनामा गाउँघरमा भएका विवाह, धार्मिक कार्यमा मानिसको बढी भीडभाड भएकाले पनि यस्तो अवस्था आएको हो ।’ सरकारले निर्देशन गरेका सबै स्वास्थ्य मापदण्ड र बन्दाबन्दीलाई सहीरूपमा पालना गरे संक्रमण थप फैलिन रोक्न सकिने उनले बताए ।

चौरजहारीमा रहेको पीसीआर ल्याब पुन: सञ्चालनमा

जेठ ३, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको पीसीआर मेशिन पुनः सञ्चालनमा आएको छ । चौरजहारी नगरपालिकामा करीब ६ महीनापछि पीसीआर ल्याब पुनः सञ्चालनमा आएको हो । कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिन थालेपछि पीसीआर मेशिन सञ्चालनमा ल्याएको नगरपालिकाले जानकारी दिएको छ । आर्थिक समस्याका कारण बन्द भएको पीसीआर मेसीन ६ महीनापछि मेशिन सञ्चालन शुरु भएको हो । बजेट अभावका कारण किट, जनशक्ति तथा आवश्यक सामग्रीको व्यवस्थापनमा समस्या भएपछि प्रयोगशाला बन्द भएको थियो ।  जिल्लामा पनि नयाँ भेरियन्टसहितको कोरोना भाइरसको लहर तीव्र रूपमा फैलिएपछि प्रयोगशाला पुनः प्रयोगमा ल्याइएको नगर स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले जानकारी दिएका छन् । उनले भने, ‘तत्काल करीब २०० किट खरीद गरेको छ ।’  जिल्लामा संकलन गरिएको स्वाब परीक्षणका लागि सुर्खेत पठाउनु पर्ने बाध्यता भएपछि ल्याब सुचारु गरेको शर्माको भनाइ रहेको छ । अब आसपासका जिल्लाका स्वाब पनि प्रयोगशालामा परीक्षण हुने शर्माले जानकारी दिए  । कोरोनाको संक्रमण दर बढेसँगै नगरपालिका आफैंले किट, पीपीई सेटलगायतका सामग्री र जनशक्ति व्यवस्थापन गरेर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । केही सामग्री र जनशक्ति अभावका कारण प्रयोगशालामा क्षमताको ५० प्रतिशत मात्र नमूना परीक्षण भइरहेको  छ । प्रयोगशालाका लागि कर्णाली प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि निकासा नभएको नगर उपप्रमुख राधा रोकाले बताइन् ।  कोरोना महामारी फैलिएपछि गत वर्ष नगरपालिकाले आफ्नै लगानीमा प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । गत वर्ष १ करोड २३ लाख रुपैयाँ खर्चिएर नगरपालिकाले प्रयोगशाला स्थापना गरेको हो ।

वीरगन्ज महानगरले एन्टिजेनबाट कोरोना परीक्षण गर्ने

वीरगन्ज महानगरपालिकाले पनि अब एन्टिजेन परीक्षण गर्ने भएको छ ।वीरगन्ज महानगरपालिकाले संकलन गरेको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आउन ढिलाइ भएपछि महानगरपालिकाले पनि एन्टिजेन विधिबाट परीक्षण गर्ने भएको हो । कोरोनाको संक्रमण दर उच्च भएपछि नारायणी अस्पतालमा पीसीआर परीक्षण गराउनेको चाप बढेको र वीरगन्ज महानगरपालिकाले अस्पतालमा स्वाब दिन जानेको चाप घटाउन पीसीआर परीक्षणका लागि स्वाब संकलन […]

फेरि कोरोनाको त्रास: सीमा नाकामा स्वास्थ्य सतर्कता

भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेसँगै सीमा नाकाहरुमा सतर्कता अपनाउन थालिएको छ । नेपाल–भारत सीमानाका रुपन्देहीको बेलहियामा पनि सुरक्षा सतर्कता अपनाइएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले भारतमा एकैदिन हजारौंको संख्यामा संक्रमित थपिन थालेपछि सीमाक्षेत्रमा कडाइ गर्न लागिएको बताउनुभयो । भारतको केही राज्यमा कोरोनाको संक्रमण दर तीव्र गतिमा फैलिरहेको छ । रोजगारीको लागि गएका नेपालीहरु पुनः गाउँघर फर्किन थालेकोले सीमाक्षेत्रमा जोखिम बढेको भन्दै नेपाल सरकारले १४ नाकामा हेल्थ डेस्क राखेर उच्च सुरक्षा सतर्कता अपनाएको छ । संक्रमण नेपालमा पनि भित्रिन सक्ने प्रबल सम्भावना रहेकोले बेलहिया नाकामा पनि हेल्थ डेक्स राखेर परीक्षण गर्ने तयारी स्वास्थ्य कार्यालय रुपन्देहीले गरेको छ ।