सिंगटी हाइड्रोले चैत ६ गतेबाट आईपीओ निष्कासन गर्ने

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आगामी चैत ६ गतेदेखि सर्वसाधारणमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासान अर्थात् आईपीओ बिक्री गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री गर्न लागेको हो ।कम्पनीले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गर्न लागेको हो । […]

सम्बन्धित सामग्री

सिंगटी हाइड्रोले हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात् १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न असार २७ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  कम्पनीले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४५ करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी रू. २ अर्ब ९० करोड पुग्नेछ ।

९ ओटा कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि, कुन-कुनको बढ्यो ?

वैशाख २१, काठमाडौं । मंगलवार ९ ओटा कम्पनीहरुको शेयरमूल्य उच्च दरले वृद्धि भएको छ । सबैभन्दा बढी समता लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी, विशाल बजार कम्पनीको शेयरमूल्य ९ दशमलव ९९, सपोर्ट लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९८ प्रतिशत, राधी विद्युत् कम्पनीको ९ दशमलव ९० प्रतिशत, रु रु जलविद्युत् परियोजनाको ९ दशमलव ९० प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९ दशमलव ८२ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव ७३ प्रतिशत र पञ्चकन्या माईहाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ६८ प्रतिशतका दरले वृद्धि भएको हो ।  यी नौओटै कम्पनीको शेयर मूल्यमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।   यी नौ ओटा कम्पनीमध्ये दुई ओटा कम्पनीले भर्खरै मात्रै आईपीओ निष्कासन गरेर कारोबारमा आएका हुन् । यसकारणले गर्दा पनि लगानीकर्ताको आर्कषण बढेको हो । त्यसैगरी कतिपय कम्पनीहरु बजार बढेसँगै कम शेयर मूल्यका कम्पनीहरुको शेयर खरीद गरेकाले पनि शेयर मूल्य बढ्न टेवा पुगेको हो ।  रु रु जलविद्युत् कम्पनीको शेयर कारोबारमा आएको मंगलवार दोस्रो दिन हो । कम्पनीको शेयरमूल्य अघिल्लो करोबार दिनको तुलनामा ९ दशमलव ९० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४२२ पुगेको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज रू. ११८ दशमलव ८४ देखि ३५६ दशमलव ५२ तोकेको छ । नेप्से पहिलो करोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।  त्यसैगरी, सिंगटी हाइड्रो इनर्जीको पनि कारोबारमा आएको मंगलवार पाँचै दिन हो । शेयरमूल्य बढ्ने आशाले कम्पनीको शेयरमा खरीदकर्ता धेरै भएसँगै शेयरमूल्य बढेको हो ।  त्यस्तै, महिला लघुवित्तको शेयर मंगलवार ३१औं कारोबार दिनसम्म आइपुग्दा पनि लगानीकर्ताले महँगोमा शेयर खरीद गरिररहेका छन् । कम्पनीले चालू आवको तेस्रो त्रैमासमा उल्लेख्य मुनाफा आर्जन गरेको र प्रतिशेयर आम्दानी राम्रो भएकाले भविष्यमा राम्रो लाभांशको अपेक्षाले महँगोमा शेयर खरीद गर्ने धेरै भएका हुन् ।  कतिपय कम्पनीको शेयर भने अल्पकालिन रुपमा लगानी गरी ठूलो रुपमा उठाएर केहि प्रतिशत प्रतिफल पाएपछि विक्री गर्ने भएकाले कम शेयरमूल्य भएका कम्पनीको शेयर मूल्य बढेको हो ।  मंगलवार सर्वाधिक बढ्ने ९ ओटा कम्पनीहरु :                                                          स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सिंगटी हाइड्रो इनर्जीको आईपीओ डिम्याट खातामा

वैशाख १४, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर डिम्याट खातामा आएको छ । मेरो शेयरमा एसएचइएल को स्टक संकेतबाट उक्त कम्पनीको आईपीओ आएको हो । कम्पनीले चैत ६ गतेदेखि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये १ लाख ५४ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँट गरेको हो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो । उक्त आईपीओ गत चैत २७ गते बाँडफाँट गरिएको थियो । कम्पनीको आईपओ बाँडफाँट गर्दा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।  कम्पनीको शेयरले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १०० देखि ३०० सम्म पाउने देखिएको छ । कम्पनीको आव २०७६/ ७७ को प्रतिशेयर नेटवर्थ रू. १०० भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिन्छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन  गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

सिंगटीको आईपीओ भर्ने आज अन्तिम दिन

सिंगटी हाइड्रो इनर्र्जीको आइपीओमा आवेदन दिने आज (मंगलबार १०)   अन्तिम दिन हो । सिंगटीले चैत ६ गतेबाट सय  रुपैयाँ दरको कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्...