९ ओटा कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि, कुन-कुनको बढ्यो ?

वैशाख २१, काठमाडौं । मंगलवार ९ ओटा कम्पनीहरुको शेयरमूल्य उच्च दरले वृद्धि भएको छ । सबैभन्दा बढी समता लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी, विशाल बजार कम्पनीको शेयरमूल्य ९ दशमलव ९९, सपोर्ट लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९८ प्रतिशत, राधी विद्युत् कम्पनीको ९ दशमलव ९० प्रतिशत, रु रु जलविद्युत् परियोजनाको ९ दशमलव ९० प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९ दशमलव ८२ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव ७३ प्रतिशत र पञ्चकन्या माईहाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ६८ प्रतिशतका दरले वृद्धि भएको हो ।  यी नौओटै कम्पनीको शेयर मूल्यमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।   यी नौ ओटा कम्पनीमध्ये दुई ओटा कम्पनीले भर्खरै मात्रै आईपीओ निष्कासन गरेर कारोबारमा आएका हुन् । यसकारणले गर्दा पनि लगानीकर्ताको आर्कषण बढेको हो । त्यसैगरी कतिपय कम्पनीहरु बजार बढेसँगै कम शेयर मूल्यका कम्पनीहरुको शेयर खरीद गरेकाले पनि शेयर मूल्य बढ्न टेवा पुगेको हो ।  रु रु जलविद्युत् कम्पनीको शेयर कारोबारमा आएको मंगलवार दोस्रो दिन हो । कम्पनीको शेयरमूल्य अघिल्लो करोबार दिनको तुलनामा ९ दशमलव ९० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४२२ पुगेको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज रू. ११८ दशमलव ८४ देखि ३५६ दशमलव ५२ तोकेको छ । नेप्से पहिलो करोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।  त्यसैगरी, सिंगटी हाइड्रो इनर्जीको पनि कारोबारमा आएको मंगलवार पाँचै दिन हो । शेयरमूल्य बढ्ने आशाले कम्पनीको शेयरमा खरीदकर्ता धेरै भएसँगै शेयरमूल्य बढेको हो ।  त्यस्तै, महिला लघुवित्तको शेयर मंगलवार ३१औं कारोबार दिनसम्म आइपुग्दा पनि लगानीकर्ताले महँगोमा शेयर खरीद गरिररहेका छन् । कम्पनीले चालू आवको तेस्रो त्रैमासमा उल्लेख्य मुनाफा आर्जन गरेको र प्रतिशेयर आम्दानी राम्रो भएकाले भविष्यमा राम्रो लाभांशको अपेक्षाले महँगोमा शेयर खरीद गर्ने धेरै भएका हुन् ।  कतिपय कम्पनीको शेयर भने अल्पकालिन रुपमा लगानी गरी ठूलो रुपमा उठाएर केहि प्रतिशत प्रतिफल पाएपछि विक्री गर्ने भएकाले कम शेयरमूल्य भएका कम्पनीको शेयर मूल्य बढेको हो ।  मंगलवार सर्वाधिक बढ्ने ९ ओटा कम्पनीहरु :                                                          स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)