सिंगटी हाइड्रो इनर्जीको आईपीओ डिम्याट खातामा

वैशाख १४, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर डिम्याट खातामा आएको छ । मेरो शेयरमा एसएचइएल को स्टक संकेतबाट उक्त कम्पनीको आईपीओ आएको हो । कम्पनीले चैत ६ गतेदेखि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये १ लाख ५४ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँट गरेको हो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो । उक्त आईपीओ गत चैत २७ गते बाँडफाँट गरिएको थियो । कम्पनीको आईपओ बाँडफाँट गर्दा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।  कम्पनीको शेयरले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १०० देखि ३०० सम्म पाउने देखिएको छ । कम्पनीको आव २०७६/ ७७ को प्रतिशेयर नेटवर्थ रू. १०० भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिन्छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन  गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।