नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विभिन्न १६५ वटा सडक शिलान्यास गर्ने भएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममार्फत एकैसाथ १ सय ६५ वटा सडकको शिलान्यास गर्न लागेका हुन् । संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका पर्ने गरी १६५ वटा सडक शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।निश्चित मापदण्डका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरू छनोट गरिएको थियो ।