मुख्यमन्त्री कार्कीले गरे लेटाङ-बुधवारे सडकको शिलान्यास

सुन्दरहरैँचा : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९ दशमलव ६० किलोमिटर लामो मोरङ लेटाङ–६ नं बुधबारे सडकको शिलान्यास गरेका छन्।पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको सडकको शिलान्यास गरेका हुन्। पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबीसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले शिलान्यास समारोहमा बताए।उन