अफगानिस्तानमा बढिरहेको तालिबान वर्चस्वलाई लिएर विभिन्न देशको आपत्ति

एजेन्सी। अफगानिस्तानमा निरन्तर बढिरहेको तालिबानको वर्चस्वलाई लिएर अमेरिका, रुस र भारतसहित विभिन्न देशले आपत्ति जनाएका छन्। हाल अफगानिस्तानमा तालिबानले देशको ८५ प्रतिशत भागमा कब्जा जमाएको बताएको छ। तालिबानका प्रवक्ता सुशील शाहीले साउथ चाइना मर्निङ पोस्टलाई अन्तर्वार्तामा यस्तो बताएका हुन्। बढ्दो तालिबानी वर्चस्वलाई लिएर आतंकवाद मौलाउने भन्दै विभिन्न देशले आपत्ति जनाएका छन्।

सम्बन्धित सामग्री

अमेरिकाले अफगानिस्तानमा आर्थिक संकट उत्पन्न गराउँदैछ : तालिबान

अफगानिस्तानको आर्थिक कारोबारमा रोक लगाइएकोमा आपत्ति जनाउँदै तालिबानका नेता तथा अफगानिस्तानका उपप्रधानमन्त्री मुल्ला अब्दुल घानी बरादरले अमेरिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले भनेका छन्, 'जब देशमा आर्थिक संकट बढिरहेको छ तब विश्व मौन छ ।'

बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्रीको पुत्ला दहन

राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको हो ।अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजिएकोमा उनले आपत्ति जनाए । ्प्रदर्शनको क्रममा, इमरान खान मुर्दावाद, म

तालिबानलाई सार्क बैठकमा ल्याउनका लागि पाकिस्तानको जोड, अन्य सदस्यले मानेनन्

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकहरूको बैठक यही शनिवार बस्नुपर्नेमा तालिबानलाई सहभागी गराउने विषयमा विवाद भएपछि रद्द गरिएको छ ।  भारतीय समाचार संस्था एएनआईका सूत्रहरूका अनुसार, पाकिस्तानले न्युयोर्कमा हुने यस बैठकमा अफगानिस्तानका प्रतिनिधिका रूपमा तालिबान नेतालाई समावेश गराउनुपर्ने माग राख्दा अन्य सदस्यले आपत्ति जनाए । आम सहमति नबनेपछि बैठक रद्द गरिएको छ ।  सार्कका अन्य सदस्य बैठकमा अफगानिस्तानको प्रतिनिधिको कुर्सी खाली राख्न चाहन्थे । तर तालिबान प्रतिनिधिलाई पनि समावेश गर्नुपर्ने भनी पाकिस्ता...

अफगानिस्तान : पञ्जशीरका लडाकूसँग वार्ता गर्न खोज्दै तालिबान

अफगानिस्तान कब्जामा लिएको कट्टरपन्थी तालिबान समूहले पञ्जशीर प्रान्तका आफूविरोधी लडाकू समूहसँग वार्ता गर्ने बताएको छ।लडाइँमार्फत पञ्जशीर नियन्त्रणमा लिँदा निकै कठिनाइ र हताहती ब्यहोर्नुपर्ने भएपछि तालिबानले वार्ताको माध्यम अपनाउन लागेको हो।तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले पञ्जशीरका लडाकूहरूलाई ‘आफ्ना भाइहरू’ भन्दै वार्तामा बस्न आह्वान गरेका हुन्। पञ्जशीरका मानिसहरूले केही आपत्ति जनाएको भन्दै उनले वार्ता गर्न आफूहरूको एक प्रतिनिधिमण्डल बनाइएको जानकारी पनि दिएका छन्।तालिबानले अफगा

तालिबानले काबुल कब्जा गरेपछि अमेरिकाले भन्यो– अफगान मिसन सफल भयो

बीबीसी।तालिबान लडाकुले आइतबार अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि अमेरिकाले आफ्नो अफगानी मिसन सफल भएको जनाएको छ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले अफगान मिसन सफल भएको दाबी गर्दै यसलाई भियतनाम युद्धसँग तुलना गरेकोमा आपत्ति समेत जनाए। अफगानिस्तानमा अलकायदा र तालिबानमाथि २० वर्षदेखि सैनिक कारबाही गर्दै आएको थियो। यसका वाबजुद तालिबानले काबुल कब्जा गरेका छन्। ४६ वर्षअघि अमेरिका यसैगरी भियतनामबाट फर्किएको थियो।