अमेरिकाले अफगानिस्तानमा आर्थिक संकट उत्पन्न गराउँदैछ : तालिबान

अफगानिस्तानको आर्थिक कारोबारमा रोक लगाइएकोमा आपत्ति जनाउँदै तालिबानका नेता तथा अफगानिस्तानका उपप्रधानमन्त्री मुल्ला अब्दुल घानी बरादरले अमेरिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले भनेका छन्, 'जब देशमा आर्थिक संकट बढिरहेको छ तब विश्व मौन छ ।'

सम्बन्धित सामग्री

अफगानिस्तानमा चरम खाद्य संकट : दुई करोडभन्दा बढी मानिस भोकमरीबाट ग्रस्त

वैशाख २३, काबुल (अफगानिस्तान) । अफगानिस्तानमा चरम खाद्य संकट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसंख्या देशको कुल जनसंख्याको आधाभन्दा बढी हो ।   करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।   गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ । अफगान अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि जनाताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ । मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले काबुलमा ३७६, १३९ मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ । विश्लेषकहरूले औंल्याएअनुसार धेरैजसो अफगानीहरूका लागि ईद संसारभरका मुस्लिमहरूले ईद (उल फित्र मनाउने) भएकाले आफ्नो परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु ठूलो संघर्षपूर्ण रह्यो । इस्लामिक इमिरेट्स अफ अफगानिस्तान नियन्त्रित सरकारलाई अन्तरराष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ । अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तरराष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ । जसले गम्भीर आर्थिक संकट, गरिबी र स्वास्थ्य सेवालगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ । रासस/एएनआई

अफगानिस्तानका जनतालाई मानवीय सहयोग, तालिवान सरकारलाई नेपालले मान्यता नदिने

अफगानिस्तानमा ३१ साउनदेखि तालिवानले सत्ता नियन्त्रणमा लिएसँगै व्यापक मानवीय र आर्थिक संकट बढेको छ। मानवीय संकटलाई ध्यानमा राख्दै नेपालका तर्फबाट निजी क्षेत्रबाट सहयोग उठाएर नेपाल सरकारले औषधी, लत्ताकपडा, घरायसी सामान...

अफगानिस्तानका उपप्रधानमन्त्री बारादरले यसकारण गरे अमेरिकाको कठोर आलोचना

अफगानिस्तानमा तालिबान सरकारका उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बारादरले अमेरिकाको कठोर आलोचना गरेका छन् । अफगानिस्तानको बैंकिङ सम्पत्ति रोक्का गर्ने अमेरिकाको निर्णयमा विश्वले मौनता कायम गरेकोमा उनले निन्दा गरे । देशमा आर्थिक संकट बढिरहेको बेलामा संसार चुप भएको उनले बताए ।  काबुलमा पत्रकारहरूसँग कुरा गर्दै बारादरले अफगानिस्तानमा आर्थिक कठिनाइ बढिरहेको र आर्थिक चुनौतीले क्षेत्र र संसारलाई नै प्रभावित पार्ने बताए ।  अफगानिस्तानसँग अमेरिकाले अन्य देशसँग जस्तै सम्बन्ध हुनुपर्ने उनको भनाइ छ ।  अफगानि...

अफगाननिस्तानमा चरम आर्थिक संकट

एजेन्सी, १४ मंसिर । तालिबानले शासन गरेको अफगानिस्तानमा बेरोजगारीको कारण उच्चदरमा आर्थिक संकट बढीरहेको छ । त्यहाँका नागरिकहरुले धेरै मुस्किलसँग जीवन गुजारा गरिरहेका छन् । टोलो न्युजको अनुुसार तालिबान अधिकारीहरुले देशमा भएका व्यक्तिहरुको आर्थिक र मानविय संकट कम गर्न अन्तराष्ट्र्रिय समुदायसँग आह्वान गरेका छन् । इस्लामित अमीरातको प्रवक्ताको अनुसार तालिबानले अन्तराष्ट्र्रिय समुदाय मध्येमा सबैभन्दा पहिलो […]

अफगानिस्तानमा महँगीले जनजीवन अस्तव्यस्त

गत अगस्टमा तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि अमेरिकाले अफगान सरकारको सम्पत्ति रोक्का गर्‍यो। यसले अत्यावश्यक वस्तुको भाउ निकै बढ्यो र अगानीको क्रय शक्तिमा गिरावट ल्यायो।काबुल निवासी नूरजादाले अमेरिकामा अफगानिस्तानको सम्पत्ति रोक्का गरेपछि बजार भाउ ह्वात्तै बढेको बताइन्। यसअघि ५० किलोको पीठोको बोराको मूल्य १‚२०० अफगानी थियो। अहिले बढेर २‚३०० अफगानी भएको छ।नूरजादाले अमेरिकाले अफगानिस्तानमा आर्थिक संकट बढाएको आरोप लगाइन्। उनले तालिबान सरकारप्रति अमेरिकाको व्यवहारले सामान्य अ

अफगानिस्तानमा बेरोजगारहरुको सङ्ख्यामा अत्यधिक वृद्धि

अफगानिस्तानमा बेरोजगारहरुको सङ्ख्यामा अत्यधिक बृद्धि भएको पाइएको छ । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेर शासन सञ्चालन गर्न थालेपछि बेरोजगारहरुको सङ्ख्यामा बृद्धि भएको हो । त्यसैगरी रोजगारी भएकाहरुले पनि लामो समयदेखि मासिक तलव तथा अन्य सेवा सुविधाहरु नपाएको गुनासो गरेका छन् । अफ्गान सेनामा कार्यरत अक्रामुद्धीनले पछिल्लो सात महिनादेखि आफुले नियमित तलव नपाएको बताए । तालिवान विद्रोहीहरुले सत्ता कब्जा गर्नु अगाडीदेखि नै देशको ढुकुटीमा आर्थिक संकट परेकाले सेनाका कर्मचारीलाई समेत तलव