तालिबानलाई सार्क बैठकमा ल्याउनका लागि पाकिस्तानको जोड, अन्य सदस्यले मानेनन्

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकहरूको बैठक यही शनिवार बस्नुपर्नेमा तालिबानलाई सहभागी गराउने विषयमा विवाद भएपछि रद्द गरिएको छ ।  भारतीय समाचार संस्था एएनआईका सूत्रहरूका अनुसार, पाकिस्तानले न्युयोर्कमा हुने यस बैठकमा अफगानिस्तानका प्रतिनिधिका रूपमा तालिबान नेतालाई समावेश गराउनुपर्ने माग राख्दा अन्य सदस्यले आपत्ति जनाए । आम सहमति नबनेपछि बैठक रद्द गरिएको छ ।  सार्कका अन्य सदस्य बैठकमा अफगानिस्तानको प्रतिनिधिको कुर्सी खाली राख्न चाहन्थे । तर तालिबान प्रतिनिधिलाई पनि समावेश गर्नुपर्ने भनी पाकिस्ता...