माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड चयन

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । सोमबार बसेको केन्द्रीय कमिटिको बैठकले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।प्रचण्डलाई अध्यक्ष चयन गर्नको लागि नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले त्यसलाई समर्थन गरेका थिए । माओवादीको आइतबार सम्पन्न महाधिवेशनले केन्द्रीय कमिटि गठन गरेको थियो। माओवादीमा केन्द्रीय कमिटिले प्रदधिकारी चयन गर्ने ब्यबस्था छ ।  केन्द्रीय कमिटिको बैठकले १५ सदस्यीय पदाधिकारी चयन गर्ने छ । जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने छन् ।