मुख्यमन्त्री बन्ने भएपछि माधव नेपाल पक्षका सांसद फकाउँदै भीम आचार्य

प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्य माधव नेपाल पक्षका सांसदहरूलाई फकाउन लागि परेका छन् । नेपालको साथ छाडेर एमालेमै बसेका आचार्यले नवगठित नेकपा (एकीकृत समाजवादी)को पक्षमा खुल्न सक्ने सांसदहरूलाई एमालेमै राख्न प्रयास गरिरहेका हुन् । एमालेले आजै आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री बनाउने तयारी गरेको छ । प्रदेश १ मा बहुमतका लागि ४६ सांसद आवश्यक पर्छ । एमाले एक्लैको ५१ सांसद भए पनि एक सभामुख र एक निलम्बित सांसदको मत घटाउँदा ४९ मत छ । यस्तो अवस्थामा ३ भन्दा बढी सांसदले एकीकृत...

सम्बन्धित सामग्री

एमालेकै जिल्ला अधिवेशनमा किन गएनन् भीम आचार्य ?

प्रकाश तिम्सिना/न्युज कारखाना :  सुनसरी, २४ पुस । कुनै समय सीमित कार्यकर्तासँग संगत गर्ने भनेर चिनिएका एमालेका नेता हुन्, भीम आचार्य । सुनसरी एमालेका आचार्य पार्टीका हरेक कार्यक्रम सहभागी हुन्थ्ये । तत्कालीन एमालेमा दुई खेमा माधव नेपाल र केपी शर्मा ओली हुँदा माधव नेपालका सुनसरी मात्रै नभई पूर्वाञ्चलमा उनको दबदबा थियो । तर, आफ्नो शक्ति […]

अखिलबाट उदाएर मुख्यमन्त्री बन्दै राजेन्द्र राई

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधिका रूपमा उनकै जिल्लाबासी शेरधन राई मुख्यमन्त्री थिए। माधव नेपाल पक्षबाट अघि सारिने पात्रमा एमाले सचिव भीम आचार्य थिए। त्यसैले प्रदेशसभा गठनको चार वर्षसम्म राजेन्द्र राई ‘लो प्रोफाइल’ मै रहे।

मुख्यमन्त्री भीम आचार्यलाई ओली समूहबाटै असहयोग, सुनसरीमा लागु भएन ‘जेठ २’

माधव नेपाल समूह परित्याग गरेर केपी शर्मा ओलीको पक्षमा लागेका प्रदेश १ का मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव भीम आचार्य अन्ततः ओली समूहबाटै कोपभाजनको शिकार बनेका छन् । माधव नेपालको साथ छाडेर प्रदेश १ को मुख्यमन्त्री बनेका आचार्यलाई एमाले नेताहरुले नै ‘बहिस्करण’ मा पारेपछि उनको राजनीतिक भविश्यसमेत अन्योलमा परेको छ ।ओली समूहका नेता शेरधन राईलाई राजीनामा गराएर प्रदेश १ को मुख्यमन्त्री बनेका आचार्य यसअघि माधव नेपाल समूहमा आवद्ध थिए । बालकोटमा केपी ओलीसँग भएको छलफलमा आचार्यले आफूलाई शेरधन

माधव नेपाल छाडेका १० जनाको ६ गुट

काठमाडौं, ९ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छाडेर नेकपा एमालेमै रहेका १० जना प्रभावशाली नेताहरुको नवौं महाधिवेशनमा निर्वाचित पद यथावत् रहेको छ । उनीहरु त्यही सुनिश्चिततापछि एमालेमै रहन तयार भए । माधव नेपाललाई नेता मानेर एउटै गुटमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण बिष्ट, […]

संयुक्त बैठक बसेर १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्छौँ : भीम आचार्य

नवौँ महाधिवेशनदेखि तपाईंहरू माधव नेपाल समूहमा हुनुहुन्थ्यो, तर नयाँ पार्टी दर्तामा तपाईंहरूको संलग्नता देखिएन । यो अवस्थामा अहिले तपाईंहरूको परिचय के हो ? संस्थापन पक्षतिर लाग्नुभएको हो या अरू केही ? हामी...

एमाले नेता पाण्डे र आचार्य किन पुगे दिल्ली ?

काठमाडौं । नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला नेकपा एमाले माधव नेपाल समूहका दुई प्रभावशाली नेता भारतको नयाँ दिल्ली पुगेका छन् ।एमाले सचिवसमेत रहेका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार अचानक दिल्ली पुगेका हुन् ।नेता आचार्य र पाण्डे माधव नेपाल निकट मानिन्छन् । पछिल्लो समय एमाले विवाद मिलाउन सक्रिय रहेका दुवै नेता अचानक दिल्ली गएपछि विभिन्न आशंका गरिएको छ । यद्यपि पाण्डे निकट रहेका एमाले केन्द्रीय सदस्य नीरज आचार्यका अनुसार  दिल्लीमा उपचाररत

एमाले फुटाउन हतारमा विश्वासको मत लिन लागियो : भीम आचार्य

नेकपा एमाले फुटाउने उद्देश्यले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिन लागेको एमाले नेता भीम आचार्यले आरोप लगाएका छन् । एमालेमा माधव नेपाल र झलनाथ खनाल समूहमा रहेका आचार्यले प्रधानमन्त्रीलाई विश्वासको मत लिन एक महिनाको समय हुँदाहुँदै अहिल्यै एमाले फुटाउने उद्देश्यले विश्वासको मत लिन लागेको प्रतिक्रिया दिएका हुन् ।  ‘विश्वासको मतको लागि अझै प्रशस्त समय थियो । अरू विकल्प पनि हुन सक्थे तर, अहिल्यै विश्वासको मत लिन खोज्नु भनेको पार्टी फुटाउने एउटै उद्देश्य हो,’ उनले भने ।  कोटेश्वरमा ...

माधव नेपाल फकाउन कोटेश्वर पुगे घनश्याम भुसाल

काठमाडौं : नेकपा एमाले पार्टी एकतालाई जोगाउन दोस्रो तहका नेताहरु सकिए बनेका बेला माधव कुमार नेपाललाई मनाउन घनश्याम भुसाल कोटेश्वर पुगेका छन्।दोस्रो तहका नेताहरुको होटल समिटमा छलफल चलिरहेकै बेला नेता भुसाल नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। समिटको छलफलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट कार्यदलका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट छन्।छलफलकै बीचमा भुसाल नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्। पार्टी

एमालेको एकता भाँडिएको बालुवाटारको निष्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने भन्दै आइतबार बालुवाटारमा माधव नेपाल पक्षका केही नेताहरुलाई बोलाए । प्रधानमन्त्रीको निम्तोलाई स्वीकार्दै सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्टलगायतका नेताहरु बालुवाटार गए ।प्रधानमन्त्री ओलीले आफू जेठ २ मा फर्कन तयार रहेको भन्दै पार्टी एकताको प्रस्ताव राखे । तर, उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी गरिएको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्व शर्तसमेत राखे ।प्रधानमन्त्रीसँग छलफलमा सहभागी माधव पक्षका नेताहरुले आफ्नो