मुख्यमन्त्री भीम आचार्यलाई ओली समूहबाटै असहयोग, सुनसरीमा लागु भएन ‘जेठ २’

माधव नेपाल समूह परित्याग गरेर केपी शर्मा ओलीको पक्षमा लागेका प्रदेश १ का मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव भीम आचार्य अन्ततः ओली समूहबाटै कोपभाजनको शिकार बनेका छन् । माधव नेपालको साथ छाडेर प्रदेश १ को मुख्यमन्त्री बनेका आचार्यलाई एमाले नेताहरुले नै ‘बहिस्करण’ मा पारेपछि उनको राजनीतिक भविश्यसमेत अन्योलमा परेको छ ।ओली समूहका नेता शेरधन राईलाई राजीनामा गराएर प्रदेश १ को मुख्यमन्त्री बनेका आचार्य यसअघि माधव नेपाल समूहमा आवद्ध थिए । बालकोटमा केपी ओलीसँग भएको छलफलमा आचार्यले आफूलाई शेरधन

सम्बन्धित सामग्री

प्रदेश १ मा सरकार फेरबदल पेचिलो बन्दै

प्रमुख विपक्षी नेपाली कांग्रेसभित्रको किचलोले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार थप एक साता लम्बिएको छ । कांग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल–शेखर कोइराला समूहबीचको टकरावले ढल्नै लागेको आचार्य...

१४ जिल्लामा ५६ कार्यालय खोल्ने प्रदेश १ सरकारको निर्णय

२५ भदौ, विराटनगर । प्रदेश १ सरकारले प्रदेशका १४ जिल्लामा ५६ वटा कार्यालय खोल्ने निर्णय गरेको छ । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले तीन मन्त्रालय मातहत जिल्लामा ५६ वटा कार्यालय खोल्ने निर्णय गरेको हो । भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्य अल्पमतमा छन् । एमालेका ५१ सांसदमध्ये १० जनाले […]

शाक्य र आचार्यको कुर्सी धरापमा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य स्पष्ट अल्पमतमा परेका छन् । सरकार बचाउन प्रदेश १ मा शेरधन राई र बागमतीमा डोरमणि पौडेलले माधवनिकट मानिएका नेताहरूलाई सत्ता...

एकीकृत समाजवादी रोजे शाक्य र आचार्यको मुख्यमन्त्री पद जोगिन्छ : नेतृ झाँक्री

१९ भदौ, विराटनगर । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूहरुको दल रोजे उनीहरुलाई नै विश्वासको मत दिने बताएकी छन् । शनिबार विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुबै मुख्यमन्त्रीले एकीकृत समाजवादी दल रोजेमा मुख्यमन्त्री पद सुरक्षित गरिदिने बताएकी हुन् । ‘दल छान्ने […]

राजीनामा दिन्नँ, विश्वासको मत लिन्छु : मुख्यमन्त्री भीम आचार्य (भिडियोसहित)

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको सन्दर्भमा उनले तत्काल राजीनामा नदिने प्रस्ट पारे ।मुख्यमन्त्री आचार्यले आफू अल्पमतमा परे पनि संवैधानिक प्रावधान अनुसार अघि बढ्ने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘संविधान अनुसार म मुख्यमन्त्री भएको हो, संविधानमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार म विश्वासको मत

प्रदेश १ः एकीकृत समाजवादीका १० सांसदले दुई दिनका लागि विराटनगर छाडे

मोरङ – प्रदेश १ मा नेकपा एमालेको सरकारले स्थायित्व पाउने भन्ने सन्दर्भ एकीकृत समाजवादीका सांसदमा निर्भर देखिएको छ। मुख्यमन्त्री भीम आचार्य नेतृत्वलाई विश्वासको मत पुर्‍याउन र सरकारको सहज अवतरणका लागि गर्मागर्मी चलिरहँदा समाजवादीका १० जना सांसद दुई दिनको बसाइका लागि पहाडी क्षेत्रतर्फ लागेका छन्। विराटनगरको एक होटलमा पछिल्लो केही दिनबाट बस्दै आएका सांसद बुधबार एकैपटक […]

सत्ताको ‘मधुमास’ नसकिँदै संकटमा मुख्यमन्त्री आचार्य

झापा – प्रदेश १ सरकारको बागडोर सम्हाल्न पुगेका मुख्यमन्त्री भीम आचार्य सत्ताको ‘मधुमास’ नसकिँदै संकटमा परेका छन्। नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि एमालेका १० जना प्रदेशसभा सदस्य एकीकृत समाजवादीमा गएका कारण आचार्यको सत्ता संकटमा पुगेको हो। विश्वासको मत लिन नपाइ आचार्य अल्पमतमा परेका हुन्। प्रदेश सरकारमा एमालेको विभाजन जोगाउन भन्दै पूर्व मुख्यमन्त्री शेरधन […]