पूर्वमा प्रहरीले चलायो सार्वजनिक बस

२१ वैशाख, विराटनगर । सिण्डिकेट पक्षधर यातायात व्यवसायीले गरेको हड्तालका बेला पूर्वी नेपालमा प्रहरीले बस चलाएको छ । प्रहरीले भखरै मात्र कम्पनीमा दर्ता भएको एरिना सार्वजनिक यातायातको बस सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिएको हो । प्रहरीको सहयोगमा सुनसरीको इटहरीदेखि झापासम्मको रुटमा सो कम्पनीका १० वटा गाडी गुडाइएको हो । एरिना यातायातका सञ्चालक समीर …

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा सार्वजनिक बस व्यवस्थापनमा सकस, वर्षेनी चुनौती थपिंदै

काठमाडौं । मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौं आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन ।            काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस सञ्चालनमा सकस भएको हो ।            विशेषगरी अहिले काठमाडौंबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारी साधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन् । गोङ्गबु चोकदेखि बालाजु चोकसम्मको दुई किलोमिटर दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश माइक्रोबस तथा ठूला बस सडक छेउबाटै सञ्चालन हुँदै आएका छन् । ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन् ।  जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायतका क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् । चितवन, नवलपरासी क्षेत्रमा चल्ने माईक्रोबस कलङ्की र हेटौंडा चल्ने सुमोबस बल्खुबाट चल्दै आएका छन् ।            सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि काठमाडौँ महानगरपालिकाले वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका छन् ।            काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ सबै सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने गरी काठमाडौं महानगरपालिकाले गृहकार्य थालिरहेको बताउँछन् ।   हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलङ्कीदेखि बालाजु–चाबहिल हुँदै कोटेश्वरसम्म दोस्रो चरणको काम भइरहेकाले सडकबाट बस सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायी बताउँछन् । लमजुङ माईक्रोबस कम्पनीका कर्मचारी विष्णु खत्री नयाँ बसपार्कभित्र माइक्रोबस लैजाँदा माइक्रोबसले बोक्ने यात्रु ठूला बसले बोक्दा माइक्रोबसले यात्रु नपाउने डरले आफूहरुलाई बसपार्कभित्र जान समस्या परेको बताउँछन्।  काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ ।            कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउँछन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने १ हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । रासस

ललितपुरमा बस पल्टिँदा ८ जना घाइते

काठमाडौँ – ललितपुरमा यात्रुबाहक सार्वजनिक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। सोमबार दिउँसो ललितपुर महानगरपालिका–४ बागडोलमा बस पल्टिएको ललितपुर प्रहरीले जानकारी दिएको छ। एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको मध्य उपत्यका यातायातको बस पल्टिएको थियो। दुर्घटनामा नवलपरासी कावासोती नगरपालिका २ घर भइ हाल काठमाडौँ कलंकी बस्ने २५ वर्षीया सुगम थापा, काठमाडौँ […]

आरक्षण सीट लागु नगर्ने सार्वजनिक बस कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सीट कार्यान्वयन नगर्ने बसलाई कारबाही गरेको छ । आरक्षण सीटमा अन्य यात्रु बोक्ने १९ वटा सार्वजनिक यात्रु बाहक बसलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागु भएर नभएको अनुगमन गरेको थियो […]

ट्राफिकको भाइरल भिडिओ : घुस नदिएको सह-चालकको बयान (भिडिओ)

काठमाडौं । अहिले टिकटकमा एउटा भिडिओ निकै भाइरल भइरहेको छ । काठमाडौंको व्यस्त सडकमा ट्राफिक प्रहरीले सार्वजनिक बस रोकेर सहचालकबाट घुस रकम लिइरहेको भन्दै भिडिओ सार्वजनिक भएपछि भाइरल बनेको हो । रोकिराखेको बागमती प्रदेश ०१-००६ – ख ०५८० नम्बरको बसका सहचालकबाट घुस रकम लिइरहेको जस्तो देखिने भिडिओका बारेमा ट्राफिक प्रहरीले स्पष्ट पारेको छ । एक […]

झापास्थित खोलाको पुलमा बस दुर्घटनाग्रस्त, एक जनाको मृत्यु

मोरङ – झापामा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार झापाको कनकाई नगरपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्गको विरिंग पुलमा सार्वजनिक बस दुर्घटना हुँदा उत्सव पौडेलको मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक १६ वर्षीय पौडेल सोही नगरपालिकाका बासिन्दा हुन्। घाइते भएका पौडेलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले […]

पाकेटमारको सांकेतिक भाषा : पैसालाई द, मोवाइललाई कान

काठमाडौं : राजधानीमा सार्वजनिक बस र सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले एक सय ६१ जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार चोरीमा संलग्न उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता दुई सय सात जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जाकारी दिए।पक्राउ गरिएकामध्ये १६१ जनाले जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन्। प्रहरीले पाकेटमारव

काठमाडौंबाट २०७ जना पाकेटमार पक्राउ, ४६ जना जेल चलान

काठमाडौंमा सार्वजनिक बस र  सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले ठुलो संख्यामा ‘पाकेटमार’हरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार त्यस्तो गतिविधिमा संलग्न १ सय ६१ जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता २०७ जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जाकारी दिए । पक्राउ गरिएका २०७ मध्ये १६१ जनालाई कारागारमा थुनामा पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले मागेको

झापामा यात्रुवाहक बसमा तोडफोड

झापाको शिवसताक्षी स्थित किराँत चोकमा सार्वजनिक बस  तोडफोड भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने किराँत चोकमा अपरिचित युवाहरुले तोडफोड गरेको झापा प्रहरीले जनाएको छ ।

देशभरिबाट ७० बढी यातायात व्यवसायी पक्राउ

सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गर्दै सार्वजनिक बस नचलाउले ७० बढी यातायात व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासहित देशभरिबाट ७० जनाभन्दा बढी व्यवसायीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई अत्यावश्यक सेवा अवरोध गरेकोमा मुद्दा चलाउने तयारी भइरहेको छ। ‘अत्यावश्यक सेवा अवरोध गरेकामा उनीहरूलाई कारबाही गर्नू भन्ने निर्देशन छ, सोहीअनुसार…