धन्यवाद संग्रौलाजी, स्वनाम साथी अब जिउँदाहरुको सम्झनामा फक्रनेछन्

स्वनामको थोरै संगत पाउन पाएको म जस्ता मानिसलाई संग्रौलाको यो संस्मरणले अभिभूत गर्छन् । मानौं उनी लेखिरहेका छैनन् ।

सम्बन्धित सामग्री

गुरु साथी ‘स्वनाम साथी’

असाध्यै प्रिय मान्छे बारेको परिचर्चा साँच्चै आग्रह मिसिएको हुन्छ। उमेरमा दोब्बरभन्दा धेरै फरक तर व्यवहार र सङ्गतले आफ्नै प्यारो दौंतरी जस्तै लाग्ने यौटा चेतना, व्यवहार र जीवनमा नै साँच्चै क्रान्तिकारी बनेर बाँचेको प्रिय स्वनाम साथीका सम्झनाहरु गहिरो रुपमा मनमा गढेर बसेका छन्। आजको दिनमा स्वनाम साथीबारे द्वन्द्वात्मक/आलोचनात्मक दृष्टि राख्ने जिम्मा इतिहासलाई नै छोडेर उहाँसँगका केही […]

स्वनाम साथीबारे प्रगतिशील लेखक संघको चालिसौँ परिसंवाद

काठमाडौँ । प्रगतिशील लेखक सङ्घले वामपन्थी व्यक्तित्व स्वनाम साथी (शशि शेरचन) को बारेमा चालिसौँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ । “प्रगतिशील आन्दोलनमा स्वनाम साथीको भूमिका” विषयक सो परिसंवाद कार्यक्रम २०७७ माघ १६ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा वामपन्थी नेता घनश्याम शर्माले स्वनाम साथीको बारेमा मन्तव्य राख्नुभएको थियो । सो अवसरमा उहाँले स्वनाम साथी जनताको मन जित्न सक्ने व्यक्तित्व भएको बताउनुभयो । ‘कसैको घरमा जानुपर्यो भने म तपाईंकहाँ आएँ, तपाईंहरूलाई अप्ठेरो त पर्दैन भनेर उहाँले सोध्नुहुन्थ्यो’ पौडेलले भन्नुभयो– ‘कसैको घर गइसकेपछि सर्वप्रथम वृद्ध तथा बालबालिकाले खाना खाए÷खाएनन् भनेर सोच्ने, खाना थप्न खोज्दा पनि मलाई पुग्यो, तपाईंहरूलाई पुग्यो कि पुगेन भनेर सोध्ने बानी उहाँको थियो ।’ आफू मात्र बोल्नेभन्दा पनि अरूको धेरै कुरा सुन्ने बानी उहाँको भएको पनि पौडेलले बताउनुभयो । ‘स्वनाम साथी कम्युुनिस्ट पार्टीको झण्डालाई कुनै पार्टीविशेषको भन्दा पनि श्रमजीवी वर्गको सम्पत्ति भएको उहाँको भनाइ थियो’ पौडेलले भन्नुभयो– ‘कम्युनिस्ट पार्टीको झण्डा कुनै दलले छाप लगाएर दिने चिज होइन ।’ मन्तव्यको क्रममा पौडेलले स्वनाम साथीले साम्यवाद सुदूर भविष्यको विषय नभएको धारणा राख्ने व्यक्ति बताउनुभयो । ‘भित्रै मनदेखि समानताको अवधारणा आउने हो भने साम्यवाद कुनै पनि बेला जहाँ पनि उपभोग गर्न सकिन्छ’ पौडेलले स्वनाम साथीको विचार कार्यक्रममा राख्नुभयो । कम्युनिस्ट आन्दोलनमा लाग्दा स्वनाम साथी शारीरिक रूपमा धेरै नै कमजोर रहेको जानकारी दिँदै त्यसको विकल्पमा उहाँले योग र ध्यानलाई विशेष महत्त्व दिएको पौडेलले बताउनुभयो । योग र ध्यानबारे स्वनाम साथीको अवधारणाको सारसङ्क्षेप खिच्दै पौडेलले भन्नुभयो– ‘योग र ध्यान पूर्वीय दर्शनको विशिष्ट योगदान हो ।’ मन्तव्यको क्रममा पौडेलले स्वनाम साथीलाई नेपाली कम्युनिस्ट आन्दोलनको महान् पात्र भएको दावी गर्नुभयो । स्वनाम साथी अथाह ज्ञानभण्डारको खानी भएको बताउँदै पौडेलले उहाँको योगदानबाट नेपाली वामपन्थी आन्दोलनले धेरै कुरा सिक्न सक्ने पनि बताउनुभयो । कार्यक्रममा डा. सावित्री श्रेष्ठ, गोपीरमण उपाध्याय र बलदेव भट्टले समेत पूरक विचार राख्नुभएको थियो ।

स्वनाम साथी : सर्वहाराका लागि महापाठ

चिनियाँ सांस्कृतिक क्रान्तिले नेपाली युवामा कुन स्तरको आवेग पैदा गर्ने गरेको थियो भनेर जान्न स्वनाम साथी (शशी शेरचन) को जीवन बुझ्नपर्ने हुन्छ । चिनियाँ सांस्कृतिक क्रान्तिबाट प्रभावित भएर कम्युनिस्ट पार्टीमा लाग्नेहरू धेरै थिए, कति अहिले पनि जीवित छन् । त्यसमध्येका स्वनाम साथी एकमात्र पात्र भेट्छु जो जीवनको अन्त्यसम्म सक्रिय रह्यो । श्रमिक, भुइँमान्छेको लागि लड्ने […]

बिदा स्वनाम साथी- पहराको एक सुनाखरी

वास्तविक जीवनमा स्वनाम साथी आफू करिबन त्यस्तै थिए । थुप्रा साहु कम्निस्टहरूमाझका एक गरिब कम्निस्ट स्वनाम साथी ! अनिकालको एक बिउ, औँसीको एक जुनकिरी, जीवनको विकट पहराको एक सुनाखरी !

स्वनामको निधनप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

११ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सल्लाकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन)को निधनप्रति दु:ख व्यक्त गरेका छन् । शनिबार शोक वक्तव्य जारी गरी प्रचण्डले स्वनामको …

रहेनन् वामपन्थी नेता स्वनाम साथी

लामो समयदेखि निमोनियाबाट पीडित वामपन्थी नेता स्वनाम साथीको ७० वर्षको उमेरमा शुक्रबार राति ९ बजे निधन भएको छ ।

वामपन्थी नेता स्वनाम साथी फेरि आईसीयूमा

२२ मंसिर, काठमाडौं । कोरोना (कोभिड-१९) संक्रमित भएर गत २८ असोजमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितर पुर्‍याइएका स्वनाम साथीलाई फेरि कोठमाडौं मोडल हस्पिटलको आईसीयूमा ल्याइएको छ । स्वनाम साथी मार्क्सवादी चिन्तक तथा पुराना वामपन्थी नेता हुन् …

‘रुपचन्द्रले एउटा म्यासेज दिन खोजेका थिए’

भुइँमान्छे ब्युँताउने अभियानमा जीवन अर्पिएका कम्युनिस्ट नेता स्वनाम साथी साम्यवादी समाजको आकांक्षी हुन्। शासन र शोषणरहित समाजको वकालतमात्रै गर्दैनन्, आफूले विश्वास गरिआएको दर्शनअनुरुपको जीवन बाँच्ने कोसिस उनको रहिआएको छ। मिर्गौलासम्बन्धी समस्याका कारण लामो समयदेखि थलिएका स्वनाम हाल नयाँ बसपार्क, गोंगबुस्थित निवासमा स्व...