लालपुर्जा माग्दै काठमाडौंमा सुकुम्बासीहरुको प्रदर्शन

२७ फागुन, काठमाडौं । बसोवासको लालपूर्जा पाउनु पर्ने माग राखेर सुकुम्बासीहरुले काठमाडौं प्रदर्शन गरेका छन् । लामो समयदेखि लालपूर्जा नपाएपछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा उनीहरु शुक्रबार माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्‍न नारासहित प्रदर्शन गरेको हुन् र कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिबास सदाका लागि बन्द गर्न […]

सम्बन्धित सामग्री

जनकपुरधाममा चुरे तथा वन जङ्गल संरक्षण अभियानीको प्रदर्शन

काठमाडौँ– चुरे तथा वन जङ्गल संरक्षण अभियानीहरूले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सोमबार अभियानीहरूले विगतका सहमति कार्यान्वयनका साथै दलित भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा दिन माग गर्दै प्रदर्शन गरेका हुन् । मधेश भवन अगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई निषेधित क्षेत्रमा प्रवेश गर्न नदिइएपछि केहीबेर प्रहरीसँग झडपसमेत भएको थियो । त्यसक्रममा प्रहरीले […]

बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सुकुम्बासीहरुले काठमाडौं प्रदर्शन गरेका छन् ।

चितवनमा सुकुम्बासीको अभियान : नो लालपुर्जा, नो भोट

चितवनका सुकुम्बासीहरुले  ‘नो लालपुर्जा, नो भोट’ अभियान थालेका छन् । सुकुम्बासीहरूको  संगठन नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले सोमबार भरतपुरमा र्‍यालीसहित प्रदर्शन गरेको छ ।

बाँदरझुलाका भूमिहीनले लालपुर्जा माग्दै माइतीघरमा गरे प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ – बाँदरझुलाका भूमिहीनहरुले सोमबार पनि प्रदर्शन गरेका छन्। चितवनको बाँदरझुलाका बासिन्दाले काठमाडौँको माइतीघर मण्डलामा लालपुर्जाको माग गर्दै प्रदर्शन गरेका हुन्। आफूहरु लामो समयदेखि बसोबास गर्दै आएकै क्षेत्रमा भूमिहीन रहेको र राज्यले बेवास्ता गरेको भन्दै उनीहरुले काठमाडौँमा प्रदर्शन गरेका हुन्। बाँदरझुला संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा बाँदरझुलाबाट आएका आन्दोलनकारीहरु बच्चासहित सहभागी भएका छन्। उनीहरुले आफूहरुले […]

बाँदरझुलाका सुकुम्बासी काठमाडौंमा, लालपुर्जा माग्दै प्रदर्शन

४ पुस, काठमाडौं । लालपूर्जा पाउनु पर्ने माग राखेर चितवनको बाँदरझुलाका स्थानीयहरु काठमाडौं आएर प्रदर्शन गरेका छन् । लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै आएर प्रदर्शन गर्नु परेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले अनलाइनखबरलाई जानकारी दिए । बाँदरझुला सुकुम्बासी बस्तीको व्यवस्थापन गर, हामीलाई हाम्रो जमिनको लालपूर्जा दे, धर्ती आकाश साझा […]

लालपुर्जा माग्दै चितवनमा सुकुमबासीको प्रदर्शन

चितवनका सुकुमबासीले ‘नो लालपुर्जा, नो भोट’ अभियान सुरु गरेका छन् । नेपाल बसोवास बस्ती संरक्षण समाजको आह्वानमा ¥यालीसहित चितवनबाट यस्तो अभियान सुरु गरिएको हो ।  मंगलबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिकामा पर्ने टाँडी...

'नाे लालपुर्जा, नाे भाेट' भन्दै चितवनका सुकुम्बासीकाे र्याली !

चितवन – चितवनका सुकुम्बासीहरूले लालपुर्जाको माग गर्दै र्‍याली निकालेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीको आयोजनामा आज मङ्गलवार चितवनको रत्ननगरमा सुकुम्बासीहरूले र्‍याली निकालेर 'नो लालपुर्जा, नो भोट' भन्दै प्रदर्शन गरेका हुन् । आउँदाे चुनावअघि नै लालपुर्जा वितरणको काम थाल्न दबाब दिने उद्देश्यले जनजागरण तथा खबरदारी कार्यक्रम गरिएको नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीका उपाध्यक्ष रवि भट्टले जानकारी दिनुभयो ।  उनीहरूकाे र्‍याली निपनी चोकबाट सुरु भए...

लालपुर्जा वितरणमा ढिलाई भएको भन्दै चितवनका सुकुम्बासीद्वारा प्रदर्शन

मंसिर २१, चितवन । लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै पूर्वी चितवनका सुकुम्बासीहरूले मंगलवार प्रदर्शन गरेका छन् ।  नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले रत्ननगरमा भूमि आयोग विघटन गरेको सुकुम्बासीलाई तेस्रो नागरिकको रुपमा राखेर गुमराहमा राखेर हालसम्म पनि अन्यौलमा राखेको भन्दै प्रर्दशन गरेका हुन् । उनीहरु ‘नो लालपुर्जा, नो भोट’ भन्दै प्लेकार्ड सहित र्‍याली र प्रदर्शन गरेका हुन् । आगामी निर्वाचन अघि नै लालपुर्जा नपाए निर्वाचन बहिस्कार गर्ने उनीहरुले चेतावनी दिएका छन् । केपी ओलीको सरकारले गठन गरेको सुकुम्बासी आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरिदिएपछि लालपुर्जा वितरण अन्योल बनेको हो । लालपुर्जा वितरणको काम अनिश्चित बनेपछि चितवनका सुकुम्बासी समुदाय आन्दोलित बनेको नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटाले बताए । ‘नेताहरूले सुकुम्बासीलाई भोट बैंकको रूपमा प्रयोग गर्दै आएका छन्, उनले भने, ‘त्यसैले हामीले आजको प्रदर्शनको मुख्य नारा नै ‘नो लालपुर्जा, नो भोट’ बनाएका छौँ ।’ चितवनको रत्ननगरबाट आन्दोलनको शुरुवात गरिएपनि माग सम्बोधन नभए जिल्लाभर प्रर्दशनलाई निरन्तरता दिने देवकोटाको भनाइ छ ।  र्‍यालीमा रत्ननगरसहित चितवनका सयौँ सुकुम्बासीको सहभागी थियो । सहभागीहरूले ‘बसोवासका आधारमा लालपुर्जा देऊ’, ‘झुटको राजनीति बन्द गर’, ‘उधारोमा भोट माग्ने प्रथा अन्त्य गर’ लगायतका नारा लगाएका  थिए । रत्ननगरको निपनी चोकबाट शुरु भएको ¥याली टाँडीचोक हुँदै बकुलहरस्थित रत्ननगर नगरपालिकाको गेटमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले लालपुर्जा प्राप्तिका लागि अन्तिम मिसनका रूपमा देशव्यापी अभियान शुरु गरेको बताए । लालपुर्जा नपाए आगामी तीनै तहको निर्वाचनमा सुकुम्बासी समुदायले भोट नहाल्ने प्रतिबद्धता गरेको उनको भनाइ छ । नेपालमा ७० लाख सुकुम्बासी र ४० लाख सुकुम्बासी मतदाता रहेको उनले जानकारी दिए ।

भूमि आयोग खारेजीको विरोधमा महेश बस्नेतको नेतृत्वमा काठमाडौंमा प्रदर्शन*

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघले बिहीबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । एमाले नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा काठमाडौंको जटिबुटी क्षेत्रमा सुकुम्बासी बस्तीका सर्वसाधारणसहितको सहभागितामा प्रदर्शन गर्न लागिएको हो । देउवा नेतृत्वको सरकारले लाखौँ भूमिहीन, सुकुम्बासीलगायतका नागरिकलाई लालपुर्जा दिनुपर्ने अवस्थामा भूमि सम्बन्धी समस्या समाधान आयोगलाई नै विघटन गरेर समस्यालाई थप जटिल बनाएकाले सरकारविरुद्ध दवा