बाँदरझुलाका सुकुम्बासी काठमाडौंमा, लालपुर्जा माग्दै प्रदर्शन

४ पुस, काठमाडौं । लालपूर्जा पाउनु पर्ने माग राखेर चितवनको बाँदरझुलाका स्थानीयहरु काठमाडौं आएर प्रदर्शन गरेका छन् । लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै आएर प्रदर्शन गर्नु परेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले अनलाइनखबरलाई जानकारी दिए । बाँदरझुला सुकुम्बासी बस्तीको व्यवस्थापन गर, हामीलाई हाम्रो जमिनको लालपूर्जा दे, धर्ती आकाश साझा […]

सम्बन्धित सामग्री

सडकबाट न्याय माग्दै सुकुम्बासी (फोटो)

काठमाडौ : संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आज न्यायका लागि सडकमा प्रदर्शन गरेको छ। शुक्रबार माइतीघरमा भेला भएर  सुकुम्बासी अभियान्ताहरुले र्‍यालीसहित बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरुले आफ्ना विभिन्न माग सरकारसमक्ष राख्दै नारा लगाएका थिए। उनीहरुको मुख्य माग भूमि अभियान्ता माथिको झुठो जाहेरी निसर्त फिर्ता हुनुपर्ने,  भु-स्वामित्व सहितको स्थायी विकल्प बिनाको उठिबास बन्द गरिनुपर्ने र भूमि ऐनबमोजिम सुकुम्बासीलाई लालपुर्जा वितरण गरिनुपर्ने जस्ता छन्। काठमाडौ महानगरपालिकाले केही महिना अघि थापाथलीम...

सुकुम्बासीहरुले मागे लालपुर्जा : माइतीघरमा विरोध सभा, बानेश्वरसम्म र्‍याली

काठमाडौं : वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदीको किनारमा रहेको सुकुम्बासी बस्ती  हटाउने निर्णय गरेको विरोधमा राजधानीमा आज विरोध प्रदर्शन भएको छ। सुकुम्बासी बस्तीमा बस्दै आइरहेकाहरुले आज माइतीघरमा विरोध सभा आयोजना गर्दै बानेश्वरसम्म र्‍याली निकालेका थिए। उनीहरुले सरकारसँग बस्दै आएको क्षेत्रमै लालपूर्जा दिन र उठिबास नलगाउन पनि आग्रह गरेका…

‘नो लालपूर्जा, नो भोट’ भन्दै धरानमा प्रदर्शन

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले ‘नो लालपुर्जा, नो भोट’ भन्दै धरानमा जुलुस प्रदर्शन गरेका छन् । हरेक निर्वाचनको समयमा राजनीतिक दलहरूले सुकुम्वासीलाई लालपुर्जाको आश्वासन देखाएर भोट माग्ने गरेकोभन्दै भूमिहिनहरु प्रदर्शन गरेको बताएका छन् ।

लालपुर्जा माग्दै काठमाडौंमा सुकुम्बासीहरुको प्रदर्शन

२७ फागुन, काठमाडौं । बसोवासको लालपूर्जा पाउनु पर्ने माग राखेर सुकुम्बासीहरुले काठमाडौं प्रदर्शन गरेका छन् । लामो समयदेखि लालपूर्जा नपाएपछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा उनीहरु शुक्रबार माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्‍न नारासहित प्रदर्शन गरेको हुन् र कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिबास सदाका लागि बन्द गर्न […]

एउटा सरकारबाट लालपुर्जाको आस, अर्कोबाट उठीबास ! [फोटोफिचर]

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सोमबार वृहद् प्रदर्शन गरेको छ। काठमाडौंको माइतीघरमण्डलादेखि बिजुलीबजारसम्म मोर्चामा आबद्ध अभियन्ताहरूले ध्यानाकर्षण र्‍याली गरेका हुन् ।

बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सुकुम्बासीहरुले काठमाडौं प्रदर्शन गरेका छन् ।

छुटाउन नहुने आजका मुख्य ११ खबर

काठमाडौं। आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन उधौली, धान्य र योमरी पूर्णिमा मनाइएको छ। एमाले अनुपस्थित भएपछि सर्वदलीय बैठक एमसीसी सम्झौताबारे बिना निष्कर्ष सकिएको छ। कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ। चितवन बाँदरझुलाका सुकुम्बासी लालपुर्जा माग्दै काठमाडौंमा आइ प्रदर्शन गरेका छन्। थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ।

लालपुर्जा वितरणमा ढिलाई भएको भन्दै चितवनका सुकुम्बासीद्वारा प्रदर्शन

मंसिर २१, चितवन । लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै पूर्वी चितवनका सुकुम्बासीहरूले मंगलवार प्रदर्शन गरेका छन् ।  नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले रत्ननगरमा भूमि आयोग विघटन गरेको सुकुम्बासीलाई तेस्रो नागरिकको रुपमा राखेर गुमराहमा राखेर हालसम्म पनि अन्यौलमा राखेको भन्दै प्रर्दशन गरेका हुन् । उनीहरु ‘नो लालपुर्जा, नो भोट’ भन्दै प्लेकार्ड सहित र्‍याली र प्रदर्शन गरेका हुन् । आगामी निर्वाचन अघि नै लालपुर्जा नपाए निर्वाचन बहिस्कार गर्ने उनीहरुले चेतावनी दिएका छन् । केपी ओलीको सरकारले गठन गरेको सुकुम्बासी आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरिदिएपछि लालपुर्जा वितरण अन्योल बनेको हो । लालपुर्जा वितरणको काम अनिश्चित बनेपछि चितवनका सुकुम्बासी समुदाय आन्दोलित बनेको नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटाले बताए । ‘नेताहरूले सुकुम्बासीलाई भोट बैंकको रूपमा प्रयोग गर्दै आएका छन्, उनले भने, ‘त्यसैले हामीले आजको प्रदर्शनको मुख्य नारा नै ‘नो लालपुर्जा, नो भोट’ बनाएका छौँ ।’ चितवनको रत्ननगरबाट आन्दोलनको शुरुवात गरिएपनि माग सम्बोधन नभए जिल्लाभर प्रर्दशनलाई निरन्तरता दिने देवकोटाको भनाइ छ ।  र्‍यालीमा रत्ननगरसहित चितवनका सयौँ सुकुम्बासीको सहभागी थियो । सहभागीहरूले ‘बसोवासका आधारमा लालपुर्जा देऊ’, ‘झुटको राजनीति बन्द गर’, ‘उधारोमा भोट माग्ने प्रथा अन्त्य गर’ लगायतका नारा लगाएका  थिए । रत्ननगरको निपनी चोकबाट शुरु भएको ¥याली टाँडीचोक हुँदै बकुलहरस्थित रत्ननगर नगरपालिकाको गेटमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले लालपुर्जा प्राप्तिका लागि अन्तिम मिसनका रूपमा देशव्यापी अभियान शुरु गरेको बताए । लालपुर्जा नपाए आगामी तीनै तहको निर्वाचनमा सुकुम्बासी समुदायले भोट नहाल्ने प्रतिबद्धता गरेको उनको भनाइ छ । नेपालमा ७० लाख सुकुम्बासी र ४० लाख सुकुम्बासी मतदाता रहेको उनले जानकारी दिए ।

भूमि आयोग खारेजीको विरोधमा महेश बस्नेतको नेतृत्वमा काठमाडौंमा प्रदर्शन*

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघले बिहीबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । एमाले नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा काठमाडौंको जटिबुटी क्षेत्रमा सुकुम्बासी बस्तीका सर्वसाधारणसहितको सहभागितामा प्रदर्शन गर्न लागिएको हो । देउवा नेतृत्वको सरकारले लाखौँ भूमिहीन, सुकुम्बासीलगायतका नागरिकलाई लालपुर्जा दिनुपर्ने अवस्थामा भूमि सम्बन्धी समस्या समाधान आयोगलाई नै विघटन गरेर समस्यालाई थप जटिल बनाएकाले सरकारविरुद्ध दवा

भूमि आयोग खारेजीको विरोधमा महेश बस्नेतको नेतृत्वमा काठमाडौंमा प्रदर्शन हुँदै

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघले बिहीबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । एमाले नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा काठमाडौंको जटिबुटी क्षेत्रमा सुकुम्बासी बस्तीका सर्वसाधारणसहितको सहभागितामा प्रदर्शन गर्न लागिएको हो । देउवा नेतृत्वको सरकारले लाखौँ भूमिहीन, सुकुम्बासीलगायतका नागरिकलाई लालपुर्जा दिनुपर्ने अवस्थामा भूमि सम्बन्धी समस्या समाधान आयोगलाई नै विघटन गरेर समस्यालाई थप जटिल बनाएकाले सरकारविरुद्