सुनसरी, झापा, सिरहा र धनुषामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सुनसरी, इटहरी उपमहानगरपालिका-१२ रिलायन्सस्थित सडकमा प्रदेश-१-०२- ००१ क ३९७८ नम्बरको ट्रकले प्रदेश -१-०२-०४१ प ७६१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका-८ बस्ने ३० …