मुलुक ताजा जनादेशतर्फ अगाडि बढिसक्योः अर्थमन्त्री पौडेल

अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले मुलुक ताजा जनादेशतर्फ अगाडि बढिसकेको बताएका छन् ।  अनुशासित र मुलुकलाई स्थायित्व दिनको लागि आउँदो वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मुलुक लागिसकेको पौडेलले बताए ।  सिद्धार्थ राजमार्गको बुटवल चिडियाखोला गोलपार्क सडक बिस्तारको बुधवार शुरू गर्दै अर्थमन्त्री पौडेलले भने, ‘आफ्नै पार्टीबाट सरकारलाई छापामार शैलीमा नेताहरुले अविश्वासको प्रस्ताव बोकेर हिँडे । जसले कारण मुलुकमा अस्वभाविक परिस्थिति सृजना हुँदा सरकारलाई व्यवधान भयो । त्यसैले सरकारल...

सम्बन्धित सामग्री

आर्थिक हिसाबले मुलुक सहज अवस्थामा छैनः अर्थमन्त्री पौडेल

धनगढी – अर्थमन्त्री विष्णु पौडेलले आर्थिक हिसाबले मुलुक सहज अवस्थामा नरहेको बताएका छन्। शुक्रबारदेखि सुरु भएको नेकपा एमालेको मिसन ग्रासरुटका लागि धनगढी पुगेका अर्थमन्त्री पौडेलले ब्यबसायी संगको छलफलमा मुलुक आर्थिक समस्यामा रहेको तर संगै बसी छलफल गरि समस्या समाधान गर्नुपर्ने बताए। कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा ब्यबसायीलाई परेको आर्थिक संकट लगायतका समस्या सहितको ज्ञापन पत्र […]

जनताको जीवन रक्षा नै सरकारको सर्वाधिक प्राथिमकता : अर्थमन्त्री पौडेल

वैशाख १९, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा यतिबेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड-१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गरेका छन् । कोभिड-१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । कोभिड-१९ का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा छन् । विषम परिस्थितमा अघिल्लो पटक कोभिड १९ का बेलाका सिकाईहरुलाई समेत आधार मान्दै अघि बढेका छौं, नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८/७९ बजेट सम्बन्धी दिएको सुझावपछि अर्थमन्त्री पौडेलले भने ‘सबैको साथ र सहयोगले कोभिड-१९ विरुद्धको लडाई जित्नुको विकल्प हामीसँग छैन ।’  उनले वातावरण सहज पार्न र पूर्वाधारहरु बढाउन प्रदेश सरकार र स्थानीयतहसँग पनि थप समन्वय भइरहेको जानकारी दिँदै जनशक्ति परिचालनमा पनि ध्यान दिएको बताए ।  जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यसअघि छिमेकी मुलुक भारत र चीनबाट कोभिड-१९ विरुद्धको खोप ल्याइ नागरिकहरुलाई लगाइएको भन्दै अर्थमन्त्री पौडेलले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको जानकारी दिए ।  कोभिड-१९ को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुनर्उत्थानकै क्रममा रहेका बेला दोस्रो लहरले अर्थतन्त्रमा पुनस् असर पार्ने बताउँदै अर्थमन्त्री पौडेलले पहिले जनताको जीवन रक्षा र त्यसपछि अन्य विषयमा ध्यान केन्द्रित हुने बताए ।  जनताको जीवन रक्षाका लागि नै ठाउँ ठाउँमा निशेधाज्ञा जारी गर्नु परेको बताउँदै अर्थमन्त्री पौडेलले सावधानी अपनाउन, स्वास्थ्य मापदण्ड र निर्णयहरुलाई पालना गर्न सबैलाई आग्रह गरे ।  सेजनले व्यक्तिगत आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, सार्वजनिक संस्थानहरु, उद्योग, कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार, बैंक तथा सहकारी,  लगानी, श्रम तथा रोजगार, प्रदेश, स्थानीय तह, बिमा, आर्थिक सुशासन, आर्थिक स्रोतको व्यवस्थापन  गर्न सुझाव दिएको छ ।  सेजनका अध्यक्ष भीम गौतमले पत्रकारलाई सहुलियत ऋणको व्यवस्था गर्न, खोजमुलक समाचारका लागि प्रोत्साहन स्वरुप फेलोसीपको व्यवस्था गर्न, पत्रकारको पेशागत सुरक्षा तथा क्षमता वृद्धिका ठोस कार्यक्रम ल्याउन, आर्थिकसँग सम्बन्धित बीटको विकासका लागि प्रोत्साहन गर्ने लागयतका  कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।

मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन् । पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज  सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका हुन् । “निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्”, उनले भने,...

मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन् । पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका हुन् ।

प्रतिनिधिसभा पुनर्स्थपानाकाे कुनै संभावना छैनः अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना नरहेको बताउनुभएको छ । मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेकाले प्रतिनिधिसभा पुनस्र्थापनाको संभावना नरहेको उहाँले बताउनुभयो । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा प्रेस संगठन नेपालले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउन ुभएको हो । कतिपयलाई अझै पनि संसद पुनस्र्थापना हुन्छ कि भन्ने भ्रम रहेको भन्दै अर्थमन्त्री पौडेलले संविधान बमोजिम नै संसद विघटन भएकाले पुनस्र्थापना नहुने दावी गर्नुभयो । “मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेको छ, सबै दलहरु अव कुनै भ्रम नपाली निर्वाचनमा जानुको विकल्प छैन”–उहाँले भन्नुभयो ।

मुलुक प्रतिनिधिसभाको निर्वाचनमा जान्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले मुलुक प्रतिनिधिसभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका हुन् ।

निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका हुन् । देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा निर्णयकर्ता जनता हुने भन्दै उनले जनता सार्वभौमसत्ता सम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए । नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्र