प्रतिनिधिसभा पुनर्स्थपानाकाे कुनै संभावना छैनः अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना नरहेको बताउनुभएको छ । मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेकाले प्रतिनिधिसभा पुनस्र्थापनाको संभावना नरहेको उहाँले बताउनुभयो । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा प्रेस संगठन नेपालले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउन ुभएको हो । कतिपयलाई अझै पनि संसद पुनस्र्थापना हुन्छ कि भन्ने भ्रम रहेको भन्दै अर्थमन्त्री पौडेलले संविधान बमोजिम नै संसद विघटन भएकाले पुनस्र्थापना नहुने दावी गर्नुभयो । “मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेको छ, सबै दलहरु अव कुनै भ्रम नपाली निर्वाचनमा जानुको विकल्प छैन”–उहाँले भन्नुभयो ।