लगानी सम्मेलनबारे परामर्श,१४८ आयोजना प्रस्तुतिको तयारी

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच समसामयिक सन्दर्भमा छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच बुधबार राजनीतिक, आर्थिकसहित देशको समसामयिक विषयमा परामर्श भएको हो । उहाँहरूबिच सरकारले वैशाख १६ र १७ गते आयोजना गर्ने लगानी सम्मेलनका सन्दर्भमा पनि छलफल भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो, “राष्ट्रपति र प्रधानमन्त्रीबिच देशका समग्र विषयवस्तुमाथि विमर्श भएको छ ।”

सम्बन्धित सामग्री

लगानी सम्मेलनमा चीनसँग दुई आयोजना बनाउन अन्तिम सम्झौता हुने

काठमाडौँ – आउँदो वैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा चीनले दुई ठूला आयोजना निर्माणको जिम्मा लिने भएको हो। झापाको दमकमा प्रस्ताव गरिएको ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ र ३२७ मेगावाटको अपर मर्स्याङदी–२ आयोजना निर्माणका लागि अन्तिम सम्झौता हुने भएको हो। लगानी बोर्ड स्रोतका अनुसार चिनियाँ पक्षसँग लगानी सम्मेलनका क्रममा ती दुई आयोजना कार्यान्वयन […]

जगदुल्ला जलविद्युत आयोजना निर्माण गर्न लगानी जुट्दै

आयोजना सम्पन्न गर्न कुल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ । जाजरकोट– जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि विभिन्न क्षेत्रबाट लगानी जुट्न थालेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा बाध र मुड्केचुला गाउँपालिकाको इलमा विद्युत उत्पादनगृह रहने प्रस्ताव गरिएको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजना १०६ मेगावाटको निर्माण […]

जगदुल्ला जलविद्युत आयोजना : बैंक तथा वित्तीय संस्था लगानी गर्न तयार

डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटमा चार बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाइमा चार बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने तय भएको आयोजनाका प्रमुख सञ्जय सापकोटाले बताए । जगदुल्ला हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनामा बैंक तथा […]

पाँचखाल नगरपालिकाले लगानी सम्मेलनको आयोजना गर्ने

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाले यो वर्ष लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । कोरोना सङ्क्रमणका कारण सम्मेलन लगातार तीन वर्ष अनिश्चित भएको थियो । कोरोना सङ्क्रमणको तेस्रो लहरमा मानवीय क्षति न्यूनीकरण हुँदै नगन्य मात्रामा झरेपछि यसवर्ष लगानी सम्मेलन गर्न सकिने नगरले जनाएको हो । तीन वर्षदेखिको लगानी सम्मेलन गर्ने चाहनालाई यो वर्ष मूर्तरूप दिइने नगरप्रमुख महेश […]

लगानी बोर्डले पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने

लगानी बोर्डले ७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ ।  सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले यो परियोजना सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीले चासो राखेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटी सहितको प्रतिवेदन बनाउन सुझाव समितिले प्रतिवेदन बुझाएको पनि बताए । प्रमुख कार्यकारी अधिकृत भट्टले उक्त आयोजना प्र

लगानी साक्षरता ‘बुटक्याम्प’ आयोजना

सेन्टर फर फाइनान्स बैंकिङ एण्ड इन्स्योरेन्सले लगानी साक्षरता सम्बन्धि बुटक्याम्प आयोजना गरेको छ । मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्सले यो कार्यक्रम फागुन २२ सम्म गर्ने भएको हो । कार्यक्रममा बैंक, स्टक ब्रोकर कम्पनी, शेयर विश्लेषणात्मक सफ्टवेयर कम्पनी र सेयर बजारका खेलाडीहरूको सहकार्य रहेको छ । ६ दिनसम्म चल्ने बुटक्याम्पले नेपाल स्टक एक्सचेन्जमा लगानीलाई कसरी सुरुवात गर्ने आधारभूत कुराहरू सिकाउँछ । शेयर बजारमा लगानी गर्न इच्छुक तर कहाँबाट सुरु गर्ने अनिश्चित भएकाहरुका लागि यो क्याम्प

लगानी जुटाउन नसक्दा रोकियो विद्युत आयोजना

दैलेखमा निर्माण भइरहेको २.१५ मेगावाटको अपर पराजुली जलविद्युत आयोजना लगानी अभावमा अलपत्र परेको छ।...

लगानी बोर्डद्वारा ४२४ मेगावाटका दुई आयोजना स्वीकृत

काठमाडौं। लगानी बोर्डको ४७ औं बैठकले ४२४ मेगावाटका दुई वटा जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको छ। आज बालुवाटारमा बसेको बोर्ड बैठकले ८२० मिलियन अमेरिकी डलरका दुई आयोजनालाई स्वीकृत गरेको हो। जसमा अप्पर तमोर (२८५ मेगावाट) र तल्लो मनाङ मर्स्याङ्दी (१३९ मेगावाट) जलविद्युत आयोजना छन्।